Sunday, May 24, 2020

अब ड्रोन कैमराबाट आधुनिक कृषि खेती

जनकपुरधाम, ११ जेठ । धनुषामा आधुनिक कृषि खेतीका लागि ड्रोन कैमराको प्रयोग हुन थालेको छ । ड्रोन कैमराको प्रयोगले जनशक्ति कम लाग्ने र समयको बचत हुनेछ । समय र जनशक्ति कम लागेमा लागत पनि म लाग्ने विश्वास रहेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले अब ड्रोन कैमराबाट कृषि खेती उत्पान्न भएमा कृषिको मूल्यभाव कम हुने विश्वास जताएका छन् ।
आरएटी कृषि उत्पादन तथा प्रशोधन केन्द्र द्वारा धनुषामा आयोजित ‘आधुनिक एकीकृत कृषि व्यवस्थापनमा युवा रोजगार कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले भने, ‘यो प्रदेश ८० प्रतिशत कृषिमा आधारित रहेको छ। आधुनिक कृषिमा ड्रोन कैमराको प्रयोग गरेमा आउने दिनमा कम लागतमा बढी कृषि उत्पादन गर्न सकिने छ ।’
डोन कैमरा मार्फत १० कट्ठा बालीनालीदेखि एकविघासम्म विषदी औषधी छर्किन सकिने वातावरण सृजना भई सकेको छ ।’ उनले भने, ‘कृषिमा जनशक्ति कम गर्नका लागि डोन कैमराको प्रयोगमा ल्याउन लागेको हो ।’ उनले तत्काल यो कैमराको मूल्य बढी भएपनि किसानहरुसँग सहकार्य गरेर प्रयोग गर्न सकिने जिकिर पनि गरे ।
अब युवाहरुलाई वैदेशिक रोजगारीमा जानु पर्दैन, युवाहरुलाई कृषिमा आत्म निर्भर बनाउनु पर्छ मन्त्री साहले भने, ‘युवाहरु कृषिमा आत्म निर्भर भएमा वैदेशिक रोजगारी स्वतः कम हुनेछ ।’ कृषि यस्ता व्यवसाय हो जन कम समयमा बढी आम्दानी कमाउन सकिन्छ उनले अगाडि थपे ‘यस पटकको नीति कार्यक्रममा बालीनालीको बीमा योजना ल्याउँदैछ ।’
आरएटी कृषि उत्पादन तथा प्रशोधन केन्दका अध्यक्ष रजेश महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्री साहले वैज्ञानिक किसिमबाट कृषि गरेमा यस प्रदेशका कृषिले नै देशलाई पाल्न सकिने सम्भवना रहेको जिकिर समेत गरेका छन ।
कृषिमा लागत कम गर्नका लागि सुपर जाँन मार्फत कृषि उत्पादन गर्नुपर्छ, लागत कम भएमा उत्पादन बढी र मूल्य पनि कम हुने मन्त्री साहले दोहोर्याएका छन् ।
उनले भने ‘युवालाई कृषिमा लगाउनका लागि प्र्रदेश सरकारले छिट्टै कृषि विमा ल्याउन लागेको हो । कृषि बिमा भएमा प्राकृतिक विपद परेपनि त्यसको जिम्मेवार राज्यले हुनेछ ।’
कृषिमा प्रयोग हुने ड्रोन कैमराको उद्घाटन गर्दै उनले भने ‘यो कैमराले बालीनालीमा लाग्ने किरा मकेरा देखाउने, विषादी औषधी छर्किने र बालीनालीको अवस्था बारेमा जानकारी दिइने छ ।’

No comments:

Post a Comment