Wednesday, May 6, 2020

आफन्त नेपालद्वारा १७ लाख बढी बराबरको राहत वितरण




जनकपुरधाम, २५ बैशाख । गैर सरकारी संस्था आफन्त नेपालले धनुषाको एउटा गाउँपालिकामा करीब १७ लाखबढी रकम बराबरको राहत वितरण गरेको छ ।
अदृश्य रोग कोरोना भाइरसबाट लड्नका लागि सरकारले लगाएको लकडाउनको कारण गरीब, असहाय र विपन्न परिवारलाई समस्या हुन थालेपछि आफन्त नेपालले राहत वितरण कार्य शुरु गरेको छ।
धनुषाको बटेश्वर गाउँपालिकाका २५ सय घरपरिवारलाई राहत वितरण गरिएको हो ।
फिडा इन्टरनेशनलमार्फत आफन्त नेपालले १७ लाख बटेश्वर गाउँपालिकाको लागि राहत सामाग्री खरिद गर्न गाउँपालिकालाई प्रदान गरेको छ । गाउँपालिकाले ५ लाख थप गरि २२ लाख बरावरको राहत सामाग्री वितरण गरिएको आफन्तका संयोजक जय प्रकाश मण्डलले जानकारी दिएका छन् ।
आफन्तका संयोजक मण्डलको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रमका प्रमुख अतिथि प्रदेश साँसद शत्रुधन महतोले विपदको बेलामा गैर सरकारी संस्थाद्वारा गरिएको कार्य सराहनीय रहेको भन्दै अगामी दिनमा पनि यस्तै दायित्व निर्वाह गर्नेछ विश्वास लिएका छन् ।
राहत सामाग्रीमा १० किलो चामल, दाल १ किलो, नुन १ किलो, आधा लिटर खाने तेल र एउटा साबुन वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत, उपाध्यक्ष प्रमिला देवी सिंह, वडा नम्बर ३ का अध्यक्ष हिरालाल महतो, आफन्त नेपालका उपाध्यक्ष प्रदिप यादव मोरबैता, आफन्त नेपालका कार्यक्रम संयोजक विष्णुकुमार यादव, मुकेश भगत लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment