Thursday, May 28, 2020

दोषीमाथि कारवाहीको माँग गर्दै दलित सरोकारवालाहरुद्वारा जिप्रका धनुषा मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र’

जनकपुरधाम, १५ जेठ । धनुषाका करीब एक दर्जन दलित क्षेत्रमा कार्य गर्दै आएका संघ संस्थाहरुले रुकुम र रुपन्देही घटनाका दोषीमाथि कारवाहीको माँग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापन पत्र बुझाएका छन् ।
धनुषाका नेपाल राष्ट्रिय दलित समाज कल्याण सघका अध्यक्ष रघुनाथ दास, महिला अधिकारकर्मी सुनिता राउत, महिला अधिकार मञ्चकी अध्यक्ष मुन्नी देवी दास, दलित महिला संघकी अध्यक्ष शर्मिला देवी महरा, दलित अधिकार परिषदका अध्यक्ष चन्देश्वर दास, नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सादा, तराई मानव अधिकार रक्षक संजालका विनोद महरा, राष्ट्रिय दलित पत्रकार संघमन प्रदेश अध्यक्ष कैलास दास, जिल्ला अध्यक्ष कुलदीप दास प्रेम लगायतका व्यक्तिहरुले सामूहिक रुपमा दोषीमाथि कारवाहीको माँग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ निवासी वीर बहादुर मल्ल र प्रकाशी मल्लकी छोरी सुष्मा मल्ल र जाजरकोट जिल्ला भेरी नगरपालिका ४ का नवराज विकबीचको प्रेम सम्बन्ध केटाकेटीको सहमतिमा विवाहमा परिणत हुने क्रममा जेठ १० गते सामूहिक हत्या गरिएको जनाइएको छ ।
जाजरकोट भेरी–४, रानागाउँका २० वर्षीय नवराज विक, टीकाराम सुनार र गणेश बुढामगरको पनि हत्या हुनुका साथैसँगै गएका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही बेपत्ता छन् । कथित जातीय उचनीचका नाममा प्रेम विछोड गराउन त्यहाँ मच्चाइएको रक्तपात हाम्रो सामाजिक चेतनामाथिकै नमेटिने कलंक हो । यस नरसंहारपूर्ण अत्यन्तै अमानवीय र बर्बरतापूर्ण मानवता विरोधी यस हत्याकाण्डको विज्ञप्तिमा निन्दा तथा भन्र्सना पनि गरेको छ  ।
त्यस्तै रुपन्देही जिल्लाको देवदहमा १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासीलाई २५ वर्षीय हत्या भएको जनाइएको छ ।
वर्तमानमा रुकुमपश्चिम चौरजहारीको घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा एक समिति गठन गरेको छ । उक्त टोलीले रुपेन्देहीको घटना समेत छानविन गर्न दलित अगुवाहरुले माँग गरेका छन् ।
हत्याकाण्डमा संलग्न भएका सबैलाई पक्राउ गर्न, वेपत्ताहरुको यथाशिघ्र खोजीकार्यलाई तिब्रता दिन, घट्नाको सत्यतथ्य छनवीन गर्न, पीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन र हत्यारालाई हदैसम्मको कानूनी कार्वाही गर्न, अब उप्रान्त यस्ता घट्ना नघटाउन र दलित समुदायमाथिको सामाजिक न्याय प्रदान गर्न संघीय संसदबाट संसदीय अनुगमन समिति गठन गर्न विज्ञप्तिमा मार्फत माग गरेको छ ।
विज्ञप्तिमा पासविक अमानवीय हत्याकाण्डको छानवीनका लागि सम्पूर्ण राजनीतिक दल, मानवअधिकार आन्दोलन, नागरिक आन्दोलन, संचारकर्मी र न्यायप्रेमी सबैमा आग्रह समेत गरेको हो ।
यता ज्ञापनपत्र बुझ्दै धनुषा सहायक जिल्ला अधिकारी प्रमुख शरद पोखरेलले भोलिसम्म गृहमन्त्रालय, सिंहदरबार काठमाडौंमा पठाउने प्रतिबद्धता जनाएका छन् ।



No comments:

Post a Comment