Tuesday, May 26, 2020

तीन महिनाका लागि तीनवटा शुल्क मिन्हा गर्न नगरसभापति साहको माँग

 जनकपुरधाम,  १४ जेठ । नेपाली काँग्रेसका जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति मनोज साहले तीन महिनाका लागि तीनवटा संस्थाको शुल्क मिन्हा गर्न माँग गरेको छ ।
नेपाल प्रेस युनियन धनुषाले नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवसको अवसरमा गरिएको ‘वृक्षारोपण’ कार्यक्रमको सम्बोधन गर्दै नगर सभापति साहले लकडाउनको कारण सर्वसाधारण जनता निक्कै प्रभावित भएकोले बिजली बिल, खानेपाने तथा टेलिफोनको शुल्क मिन्हा गर्न नेपाल सरकारसँग माँग गरेका हुन ।
नगरसभापति साहले भने, ‘विपदको बेलामा जनतालाई राहत दिन सरकारको मुख्य दायित्व हो । नेपाली जनता कोरोना भाइरसबाट निक्कै त्राहिमाम छन् । यस्तो अवस्थामा तत्काल तीन महिनाका लागि बिजली, टेलिफोन र खानेपानीको शुल्क माफ हुनुपर्छ ।’
लकडाउनको बेलामा संघीय सरकार र प्रदेश सरकारलाई जनतालाई राहतदिन थप जिम्मेवार हुनुपर्छ । तर अहिले तीनतहकै सरकार अनियमितामा लिप्त रहेको आरोप लगाएका छन । जनतालाई सत्यतथ्य समाचार पुर्याई दिनका लागि उनले पत्रकारहरुसँग आग्रह समेत गरेका छन् ।  उनले भने ‘वर्तमान अवस्थामा राहतको आवश्यकता छ । तर सरकार राहतमा पनि अनियमितता गरिरहेका छन् । स्थानीय सरकारले त कमाई खाने भाँडो नई बनाई सकेको हो ।’
प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहको अध्यक्षतामा भएको वृक्षा रोपण कार्यक्रममा वरिष्ठ पत्रकार रामभरत साह, युनियनका केन्द्रिय सदस्य शैलेन्द्र झा सहितको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment