Tuesday, May 26, 2020

पौडेश्वर विद्यालयको अध्यक्षमा साह

जनकपुरधाम,१४ जेठ । धनुषाको औरही गाउँपालिका वडा नं. १ पौडेश्वर स्थित सर्वोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मतिबाट परमेश्वर साहलाई चयन गरिएको छ ।
गाउँपालिका अन्तरगत रहेको गाउँपालिका शिक्षा समितिले साहलाई चैत्र ४ गते नै अध्यक्षका लागि घोषणा गरेपनि कोरोना भाइरसको रोकथामका लागि सरकारले लगाएको लकडाउको कारण उनीहरुको सपथ ग्रहरण तथा पद हस्तान्तरण हुन नसकेको थिएन ।विद्यालयकै प्राङ्गणमा मंगलवार ७ सदस्यीय विव्य समितिका पदाधिकारीलाई सोही गाउँपालिकाका अध्यक्ष ब्रम्हदेव यादवको प्रमुख अतिथ्यमा सपथ ग्रहण तथा पद हस्तान्तरण गराइएको छ ।
समितिको सदस्यहरुमा दीप रोशन यादव उर्फ दीपक, मकेश्वर प्रसाद साह, संजीता सहनीरहेका छन् । त्यस्तै पदनीय सदस्यमा सोही वडाका वडा अध्यक्ष अशेश्वर यादव, पदनीय सचिवमा विद्यालयका प्राध्यापक गणेश साह र शिक्षक सोभन साह रहेको जनाइएको छ । सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा लकडाउनलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम राखेका थिए । कार्यक्रममा रामजानकी माध्यमिक विद्यालयका विव्य समिति अध्यक्ष सुजित कुमार यादव, स्थानीय भलभलादमी, राजनीतिक दलका प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment