जनकपुरधाम, २ असोज । असोज ३ गते संविधान दिवस हो । २०७२ साल असोज ३ गते संविधान जारी भएको छ । यस दिनलाई नेपाल सरकारले हर्षोल्लास पूर्वक मनाउन निर्देशन दिएका छन् भने अर्कोतिर प्रदेश २ का मन्त्रीहरुले अलग अलग किसिमले मनाउने बताएका छन् ।
असोज ३, ४ र ५ गते सरकारी कार्यालय, नगरपालिका तथ मन्त्रालय लगायतमा दीपावली मनाउन सरकारले निर्देशन दिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिएका छन् । तर अर्कोतिर प्रदेशकै मन्त्रीहरु संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने बताएका छन् ।
‘हामी असोज ३ लाई कालो दिनको रुपमा मनाउँछौं । जबसम्म संविधान संशोधन हुँदैन तबसम्म हामी यो संविधानलाई पूर्णता दिदैनौं’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री जितेन्द्र सोनलले भने । यो संविधान एउटा समुदायको अधिकार वन्चित गरेको छ । मान्छेलाई जेलमा राखेर, नेतालाई थुनेर, झुठा मुद्दा लगाएर निर्माण गरिएको संविधान हो । त्यसैले जबसम्म संविधान संशोधन हुँदैन हामी यो संविधानलाई मान्दैनौं । संविधान निर्माणको बेलामा पनि हामी यस दिनलाई कालो दिनको रुपमा लिएका थियौं आज पनि मनाउने छौं मन्त्री सोनलले दोहोर्याए ।
‘म आफै जेलमा थिए, बाहिर के हुँदैछ सञ्चारमार्फत मात्र थाहा हुन्थ्यो । त्यस्तो बेलामा बनेको संविधानलाई स्वीकार गर्दैनौ । मधेशी जनताको भावना अनुसार संविधान संशोधन हुन्छ हामी यो संविधानलाई स्वीकार गर्छौ ’मन्त्री सोनलको भनाई छ ।
त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले यो संविधानबाट हामीलाई हर्षपनि छैन र उन्माद पनि छैन । किन भने केही उपलब्धी यही संविधानको मार्फत हामी पाएकाछौं । संघीयता, समावेसी समानुपातिक लगायत धेरै उपलब्धी पनि रहेको छ त्यसैले संविधान दिवसका दिन हामी कालो दिवस पनि नमनाउने र दीपावली पनि नगर्ने हाम्रो धारणा हो ।
आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले मन्त्री यादवकै कुरालाई समर्थन गर्दै भने, ‘यो संविधान पूर्ण संविधान छैन । मधेशी जनताको अधिकार सुििनश्चित भएपनि मात्र मधेशी जनता संविधान दिवसको अवसरमा दीपावली मनाउने बताएका छन् ।
त्यस्तै समाजवादी पार्टीकै प्रदेश साँसद तथा तत्कालिन समाजवादी पार्टीका उपनेता रामअशिष यादवले असोज ३ गते हामी कालो दिनको रुपमा मनाउने ठोकुवा गरेका छन् । वर्तमान संविधान पूर्ण संविधान नरहेको र यो संविधानले मधेशी जनताको अधिकार पनि सुनिश्चित गर्ने देखिएकोले असोज ३ गते कालो दिनको रुपमा मनाउने दोहोर्याएका छन् ।
यता जनता समावादी पार्टीले संविधान दिवसलाई विरोध गरेको छ । पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै जनकपुरधामको जनक चौकमा संविधानको विरुद्ध प्रदर्शन लगायतको कार्यक्रम गर्ने निर्णय गरेको जनाएको छ । अधिकांश जपसमा नेता तथा कार्यकर्ताहरुले दैनिक जनकपुरसँग कुराकानी गर्दा असोज ३ कालो दिनको रुपमा मनाउने बताएका छन् ।
Saturday, September 19, 2020
असोज ३ काला दिन ः मन्त्री सोनल, हर्ष न उन्माद ः मन्त्री यादव
Wednesday, September 16, 2020
विश्वकर्मा पूजाको अवसरमा यातायात प्रा.लि.द्वारा रक्तदान
जनकपुरधाम, ३१ भदौ । विश्वकर्मा पूजाको पूर्व सन्ध्यामा माँ जानकी जनकपुरधाम यातायात प्रा.लि.ले बुधवार रक्तदान कार्यक्रम गरिएको छ ।
यातायातका अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा भएको सो रक्तदान कार्यक्रममा एकजना महिला तथा ४० जना पुरुषले रक्तदान गरेका छन् । कोरोना रोगबाट बच्न र बचाउनका लागि सरकारले लगाएको लकडाउन अवधिमा रक्तदान लगायतका कार्यक्रम स्थगित भएपछि नेपाल रेडक्रस लगायतको संस्थामा रक्त अभाव देखिएको पीडितको गुनासो आउन थालेको छ ।
रक्तको अभावमा कसैको ज्यान नजाओस् मध्यनजर गरी रक्तदान कार्यक्रम राखिएको यातायात प्रा.लि.का अध्यक्ष चौधरी बताएका छन् ।
रक्तदान कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले कोरोना जस्ता महामारीको बेलामा रक्तदान भन्दा ठूलो कुनै पनि पुण्य नहुने जिकिर गरेका छन् । उनले भने, ‘बाबा विश्वकर्माको पूजा पश्चात् कोरोना जस्ता महामारी रोगबाट नेपाल लगायतका देश मुक्त हुने प्रार्थना गर्दछौं ।’
कोरोनाको कारण आर्थिक रुपमा सबै क्षेत्र प्रभावित भएको छ । तर प्रभावित हुनु र रक्तको अभावमा ज्यान गुमाउनु अलग विषय हो । रक्तदान गरेर हामी मानवलाई मावनता सिखाउनुका साथै जीवन दान पनि गर्दछौं मेयर साहले भने ।
रक्तदान कार्यक्रममा उपमेयर रिता कुमारी मिश्र, जनकपुरधाम उपमहानगरपालिका ७ का वडा अध्यक्ष जानकी राम साह, रामजानकी युवा क्लवका अध्यक्ष संजय कुमार साह, जसपका नेता प्रमोद कुमार यादव, गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ, ट्राफिक इन्स्पेक्टर परर्शुराम घिमिरे सहितका व्यक्तिहरुले आफ्ना विचार राखेका थिए ।
त्यस्तै रक्तदान गर्नेहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
Sunday, September 13, 2020
माँग पुरा नभएसम्म परिषद हुन दिन्न ः कमला नपा उपमेयर मण्डल्
दैनिक समाचारदाता
जनकपुरधाम, २८ भदौ । धनुषाका कमला नगरपालिकाकी उपमेयर शिला मण्डलले हाम्रो माँग पुरा नहुन्जेलसम्म नगरपरिषद हुन नदिने चेतावनी दिएकी छन् ।
आईतवार आफ्नै नगरपालिकामा पत्रकार सम्मेलन गरी उनले भनिन, ‘मेयर रामउदगार गोइत आफू मनगरी कार्य गर्दै आएको छ । पटकपटक आफू लगायत वडा अध्यक्ष, सदस्य तथा कार्यपालिका सदस्यहरु मेयरलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउँदा पनि वास्ता गरेको छैन । आफूहरुको ३७ बुँदे माँग पुरा नभएसम्म परिषद हुने दिने छैनौं ।’
‘आफू नगरपरिषदको विरोधी होइन । हामी यस पालिकाको विकास चाहन्छौं । तर मेयर गोइतले हामीलाई वेवस्ता गरी अनियमितता लगायको कार्य गरिहेको छ । बिना कार्यपालिकाको बैठक बसाएर आफू अनुकूल बजेट विनियोजना गरी रकम परिचालन गर्दै आएको हो’ उनले अगाडि थपिन, —सूचना माँग गर्दा पनि दिदैन ।’
उपमेयर मण्डलले विकासप्रति सबै प्रतिनिधि प्रतिबद्ध छन् । ५० जना सदस्य, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य मध्ये ३७ उहाँको विरोधमा छन् । के कारणले विरोध भई रहेको आफै अनुमान लगाउन सकिन्छ बताएकी छन् ।
त्यस्तै पत्रकार सम्मेलनमा नै कार्यपालिका सदस्य विनोद रामले हामी सबै नगरपालिकाको विकास चाहन्छौं । तर कार्यको सूचना माँग गर्दा सूचना लुकाउने, विकास निर्माणको कार्यमा उपभोक्ता समितिहरुले राखेको धरौटी फिर्ता गरेको छैन । विकासको निर्माणको कति रकम फिर्ता भयो कति बाँकी वडा अनुसारको विवरण समेत नदिने गरेको गुनासो पोखेका छन् ।
कार्यपालिका सदस्य रामले भने, ‘कोभिड १९मा प्रदेश सरकारले दिएको र नगरपालिकाद्वारा खर्चिको रकम पादर्शिता हुनुपर्छ ।’
उनले नगरभित्र एम्बुलेन्स र वारुण यन्त्र नहुँदा स्थानीयवासीको स्वास्थ्य खराब हुँदा निक्कै समस्या आउने गरेको छ । बोर्डमिटिङ्गबाट एम्बुलेन्स र बारुण यन्त्र खरीदका लागि निर्णय पास भएपनि अहिलेसम्म नगरेको प्रति आक्रोश समेत पोखेका छन् ।
नगरपालिकाको कार्यको प्रगति, रकम विनियोजन, उपभोक्ताको बाँकी बक्यौता रकम, नियमित रुपमा बैसार बस्नु पर्ने लगायत ३७ बुँदे माँग राखी उनीहरु आन्दोलनमा उत्रेका छन् ।
पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य सहित अधिकांश वडा अध्यक्ष र वडा सदस्यहरु मेयरको विरुद्धमा गुनासो पोखेका छन् ।
Thursday, September 10, 2020
चलु जनकपुर, भरु जनकपुरको क्रममा शहादत दिएको सम्झनामा श्रद्धाञ्जली सभा
जनकपुरधाम, २५ भदौ । जनकपुरधामको जनकचौकमा मधेश आन्दोलनको क्रममा शहादत दिएकाहरुप्रति विहिवार मधेशवादी दलका नेता तथा कार्यक्रमहरुले श्रद्धाञ्जली तथा दीप प्रज्वलन गरेका छन् ।
२०७२ भदौ २५ गते संविधानको मस्यौदा विरुद्ध मधेशवादी दलले ‘चलु जनकपुर, भरु जनकपुर’ कार्यक्रम राखेको थियो । सोही क्रममा प्रहरीको गोली लागेर संजय चौधरी, निकु यादव र दिलिप यादवको मृत्यु भएको थियो ।
संविधानको मस्यौदा विरुद्धमा असन्तुष्ट मधेशवादी दल मधेशमा आन्दोलन गरी रहेको थियो । मधेश आन्दोलनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय धनुषाले भदौ २५ गते जनकपुरधाममा कफ्र्यु लगाइएको थियो । यता मधेशवादी दलले चलु जनकपुर, भरु जनकपुर नाराका साथ जनकपुरधाममा प्रवेश गर्न खोज्दा मिल्स एरियामा प्रहरीको गोली लागेर संजय चौधरी र निकु यादवको घटना स्थलमै मृत्यु भएको थियो भने पिडारी चौकमा सशस्त्र प्रहरीले गोली चलाउँदा दिलिप यादवको घटना स्थलमा मृत्यु भएको थियो ।
भदौ २५ गते मधेश आन्दोलनमा शहादत दिएका सम्झनामा आज मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुले उनीहरुको तस्वीरमाथि फुलमाला अर्पण तथा दीप प्रज्वलन गरेका छन् ।
उक्त कार्यक्रममा प्रदेश सभा सदस्य परमेश्वर साह, रामअशिष यादवका साथै उमेश साह, संजय साह, संजय चौधरी, पशुपति यादव, उमेश मण्डल, मनोज चौधरी, जानकी राम साह लगायत सयौको संख्यामा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
वडा नं. ७ मा दीप प्रज्वलन
मधेश आन्दोलनको क्रममा शहादत दिएको सम्झनामा वडा नं. ७ मा दीप प्रज्वलन गरेका छन् ।
सोही वडाका वडा अध्यक्ष जानकी राम साहको नेतृत्वमा भदौ २५ गते चलु जनकपुर, भरु जनकपुर कार्यक्रममा प्रहरीले गोली चलाउँदा निकु यादव, संजय चौधरी तथा दिलिप यादवको घटना स्थलमै मृत्यु भएको थियो ।
वडा नं. ७ को तपसी चौकमा अध्यक्ष साहले मधेश आन्दोलनमा शहादत दिएका तीनजनामाथि फुलमाला तथा दीप प्रज्वलन गरी सम्भ्mेका थिए ।
Wednesday, September 9, 2020
जनकपुरधाममा विपी कोइरालाको १०६ जन्म जयन्ति मनाइयो
जनकपुरधाम, २४ भदौ । जनकपुरधाममा वि.पी. कोइरालाको भव्यता पूर्वक बुधवार १०६ औं जन्मजयन्ति मनाइएको छ ।
वि.पी. प्रतिष्ठान धनुषाका अध्यक्ष सुरेश कोइरालाद्वारा आयोजित ‘जन्म जयन्ति समारोह’मा पूर्व साँसद चन्द्रमोहन यादव, जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर बजरंग प्रसाद साह सहितले वीपी कोइरालाको तस्वीरमा मल्याअर्पण गरेका छन् ।
कार्यक्रममा सहभागीहरुले विपी कोइरालाको त्याग र बलिदानको चर्चा गर्दै वीपी जस्ता महामानवको पथमा हिड्नुपर्ने आवश्यकता रहेको धारणा राखेका छन् । उनीहरुले वीपी परिवर्तनकारी पुरुष रहेको भन्दै उहाँको पथलाई मनन गर्नुपर्ने बताएका छन् ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका बीपी १९७१ साल भदौ २४ गते जन्मिएका हुन् । राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि २००३ सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भएको थियो ।
२०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाई बहुमत पाएपछि पहिलो जननिर्वा्चिचत प्रधानमन्त्री बनेका बीपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे। तर उनी नेतृत्वको सरकारले २ वर्ष पनि काम गर्न नपाउँदै राजा महेन्द्रले पञ्चायती ब्यवस्था लागु गरेका थिए ।
बीपीको अगुवाइमाब २००७ सालको क्रान्ति सफल भएको थियो। राणा शासनको विरोध गर्दै गरिब किसानले लगाएका लुगा राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पठाएपछि बुवा कृष्णप्रसाद कोइराला भारत निर्वासनमा जानुपरेका थिए।
भारतमै रहँदा उनले भारतीय स्वतन्त्रता संग्राममा पनि भाग लिए। तर, भारतमा रहेर प्रजातन्त्र पुनःस्थापनाका लागि संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको निष्कर्षसहित उनी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका थिए ्र
उनले अपनाएको राष्ट्रिय मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ। क्यान्सर रोगले बीपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् ।
त्यसैगरी दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ। वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ।
Tuesday, September 8, 2020
राज्यमन्त्री कुशवाहाको आतिथ्यमा महोत्तरीमा नेकपाका सयबढी युवाहरु जसपामा प्रवेश
जनकपुरधाम, २३ भदौ । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाको प्रमुख आतिथ्यमा महोत्तरीमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सयभन्दा बढी नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
सोही नगरपालिकाका नगर संयोजक रामबाबु मण्डलको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपाका नेता हवलदार भनिने मो. ऐनुल नद्दाफको नेतृत्वमा सयौं नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन । उनीहरुलाई राज्यमन्त्री कुशवाहाले पार्टीमा भित्र्याए । नव प्रवेशीहरुलाई राज्यमन्त्री कुशवाहाले फुलमाला तथा अविर लगाएर स्वागत गरेका थिए ।
जसपामा प्रवेश गरेका नेता हवलदारले नेपाल कम्युनिष्ट पार्टीमा रहँदा कैयौं नेताले ठगेको गुनासो सुनाए । उनले भने, ‘एउटा मस्जिद निर्माणका लागि नेताले पटक पटक प्रतिवद्धता जनाए । यही बहानामा भोट पनि तान्यो । तर मस्जिद बनाइदिएन । यस्ता कैयौं समस्याको समाधान गर्ने बताएका नेता केहि नगरेपछि बाध्य भएर पार्टी परित्याग गरेका छौं ।’
राज्यमन्त्री कुशवाहाले जनता समाजवादी पार्टी सबै जातजातीलाई समान व्यवहार गर्ने गरेको बताए । उनले भने, ‘कम्युनिष्ट कमाउनिष्ट भयो । काँग्रेस मधेसीको अपमान गर्यो । त्यसैले बैकल्पिक पार्टीको रुपमा जसपाको जन्म भएको छ ।’ उनले संघीय सरकारले प्रदेश २ का जनतालाई अझै हेप्ने गरेको गुनासो गरे ।
पार्टी प्रवेश कार्यक्रममा क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष गंगनदेव यादव, सम्सी नगरपालिकाका संयोजक कैलास यादव, रामगोपालपुरका प्रवक्ता शिवजी महतो, वडा नं. ४ का वडा संयोजक रामबाबु सिंह सहितले विचार राखेका थिए ।
महस्जिद शिलान्यास
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले महोत्तरीको रामगोपालपुर नगरपालिका ३ मा मस्जिदको शिलान्यास गरेका छन् ।
मंगलवार एक समारोहबीच राज्यमन्त्री कुशवाहाले मस्जिदको शिलान्यास गरेका हुन् । त्यहाँ मस्जिद निर्माणका लागि आधार निर्माण भइसकेको छ । यद्दपी आर्थिक अभावमा त्यहाँका मुस्लिम समुदायले मस्जिद निर्माण गर्न सकेका थिएनन् । उनीहरुले राज्यमन्त्री कुशवाहासँग आग्रह गरेपछि उनले मस्जिद निर्माण गरिदिने प्रतिवद्धता जनाए ।
मस्जिद निर्माणमा करिब २० लाख रुपैया लाग्ने अनुमान गरिएको छ । उक्त रकम राज्यमन्त्री कुशवाहाले आफ्नो संसदीय विकास कोषबाट दिने बताएका छन् । राज्यमन्त्री कुशवाहाले भने, ‘मस्जिद निर्माणमा जति रकम लाग्छ । दिन्छु ।’ अन्य नेता जस्तो प्रतिवद्धता जनाएर पछि नहट्ने उनको भनाई थियो ।
प्रदेश २ मा भर्जुअलद्वारा आवधिक समीक्षा कार्यक्रम
जनकपुरधाम, २१ भदौ । मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को तेस्रो चक्रका लागि नेपाल सरकारले तयार पारेको मस्यौदा प्रतिवेदनमाथि भदौ २१ गते प्रदेश २ स्तरिय भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयोजनमा प्रदेश २ का मानव अधिकारको क्षेत्रमा कार्यरत अधिकारकर्मी, नागरिक समाज, संचारकर्मी र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
मस्यौैदा प्रतिवेदनको तयारी सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्री परिषद्का सहसचिव कौशलचन्द्र सुवेदीले नेपाल सरकारले यसअघि सन् २०११ र सन् २०१५ मा पेश गरेको प्रतिवेदनमा संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्ले दिएको १ सय ९५ ओटा सुझावमध्ये नेपाल सरकारले स्वीकार गरेका १ सय ५२ ओटा सुझावको प्रगतिलाई पनि प्रतिवेदनमा समावेश गरिएको बताउनु भयो ।
यूपीआर प्रतिवेदनका लागि नेपाल सरकारले पेश गर्ने प्रतिवेदनको प्रारूपका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी उपसचिव श्रद्धा रिजालले प्रस्तुतीकरण गर्नु भएको थियो ।
कार्यक्रममा इन्सेक की अध्यक्ष डा. इन्दिरा श्रेष्ठले मानव अधिकारको रक्षाका लागि राज्य र नागरिक समाजले अझै भूमिका बढाउनुमा जोड दिदै नागरिक समाज, मानवअधिकारकर्मीहरुको अथक प्रयासले घटना न्युनिकरण हुनेमा आफु आशावादी रहेको बताउनु भयो ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले यूपीआरका लागि नेपालको गैरसरकारी संस्थाले, राष्ट्रिय मानव अधिकार संस्था र राज्यले प्रतिवेदन पेश गर्ने प्रावधान रहेकोमा नेपाल सरकार प्रधानमन्त्रिको कार्यालयले विश्वास गरि इन्सेक मस्यौदामाथि राय संकलनका लागि अवसर दिएकोमा धन्यवाद दिनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का निमित्त निर्देशक विरबहादुर बुढा मगरले प्रदेश २ मा मानवअधिकारको अवस्था सन्तोषजनक नरहेकाले गर्दा यहाँ व्याप्त गरिवि, अशिक्षा तथा पछिल्लो समय कोरोना कालमा दलितहरुमाथि घटेका घटनाहरुलाई समेत समावेश गर्न हुन अनुरोध गर्नु भयो ।
नागरिक समाजका अगुवा डा.सुरेन्द्र लाभले प्रदेश २ का जनताहरु अझै विभेदमा पर्दैै आएकाले यसप्रति राज्य गम्भिर हुनुपर्ने र प्रतिवेदनमा सो कुरा उल्लेख हुनुपर्नेमा जोड दिनु भयो ।
निल हिरा समाज प्रदेश २ का अध्यक्ष प्रदिप यादवले नेपालको तर्फबाट प्रस्तुत हुने प्रतिवेदनमा नेपालका तेस्रो लिङ्गिहरुले आफ्नो पहिचानसहितको नेपाली नागरिक हुन नसकेको र तेस्रो लिङ्गिहरुलाई विभिन्न ठाउँमा अपहेलना भोग्नुपर्ने बाध्यता रहेकोले राज्यले गम्भिरताका साथ तेस्रो लिङ्गिहरुको समस्या समाधानतर्फ उन्मुख नभएको बताउनु भयो ।
इन्सेक प्रदेश २ संयोजक राजु पासवानले प्रदेश २ मा मानवअधिकार उल्लङ्घनका घटनाहरु दिनानुदिन बढ्दै गएको देखिन्छ । मानवअधिकारको क्षेत्रमा भएका घटनाहरु न्युनिकरणका लागि राज्य पक्षसमेत जागरुक्क भई मानवअधिकारको क्षेत्रमा भइरहेका घटनाहरुको न्युनिकरणको सवालमा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
Friday, September 4, 2020
असहाय मञ्चद्वारा असहायहरुलाई जनकचौकमा राहत वितरण
जनकपुरधाम, २० भदौ । सामाजिक क्षेत्रमा निक्कै नाम कमाउन सफल भएका असहाय संरक्षण मञ्चले लगातार ७५ औं दिनमा असहाय, विपन्न तथा गरीबहरुलाई शनिवार जनकचोकमा राहत वितरण गरेको छ ।
मञ्चका अध्यक्ष वैद्यनाथ साहले जनक चौकमा खाद्यन्नका ७ वटा प्रकार एकसय एकजना असहाय तथा गरीब परिवारलाई वितरण गरेका हुन । खाद्य सामाग्रीहरुमा चावल, दाल, मुरही, पिठो, नून सहितका सामाग्रीहरु रहेको बताइएको छ ।
करौना जस्ता महामारी रोगबाट बच्न र बचाउनका लागि सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरिएको थियो । असारमा केही दिनका लागि लकडाउन खुकुलो पारेपनि साउनको पहिलो सत्तादेखि नै पुनः लकडाउनमा कडाई गरिएको छ ।
लगायतार लकडाउनको कारण विपन्न, गरीब तथा असहायहरुको जीवनयापानमा निक्कै समस्या हुन थालेपछि असहाय संरक्षण मञ्चले धनुषाको ग्रामीण क्षेत्रदेखि लिएर उपमहानगरपालिकाको विभिन्न वडाहरुमा राहत लगायतका सामाग्रीहरु वितरण गर्दै आएकोछ ।
यो भन्दा अघि वर्षाको कारण आएको बाढीबाट जनकपुरधामकै केही वडाहरु डुबानमा परेपछि गरीब, तथा असहायहरुलाई असहाय संरक्षण मञ्चले त्रिपाल तथा खाद्यन्न वितरण गरेका थिए ।
सामाजकै सहयोगमा असहाय संरक्षण मञ्चले सामाजिक क्षेत्रमा लकडाउन अवधिमा लगातार राहत लगायतका सामाग्रीहरु वितरण गर्दै आएका मञ्चका अध्यक्ष साहले बताएका छन् ।
‘चैत्र ११ गते सरकारले लकडाउन लगाइयो, त्यसको केही दिनमा गरीब तथा असहायहरुको अवस्था दयनिय हुन थालेपछि हामीले राहतवितरण शुरु गर्यो’ मञ्चका अध्यक्ष साहले भने, ‘प्रहरीलाई खाजा र पानीका साथै वडा वडामा गएर असहाय र तथा गरीबहरुलाई खाद्यन्न वितरण गर्दै आएका छौं ।’
राहत वितरण कार्यक्रममा सुरक्षा दूरीको समेत ख्याल गरिएको थियो ।
Tuesday, August 11, 2020
गिरीको निधनले अपुरणीय क्षति भयो ः नेता निधि
जनकपुरधाम, २८ साउन । नेपाली काँग्रेसका नेता तथा होटेल रामाका संचालक समेत रहेका कृष्ण गिरीको कोरोना रोगबाट मृत्यु भएको छ । उहाँको निधनले नेपाली काँग्रेस तथा सामाजमा अपुरणीय क्षति भएको नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् ।
गिरीप्रति शोक व्यक्त गर्दै निधिले भनेका छन ‘उहाँको निधनबाट नेपाली काँग्रेस, समाजले र मैले व्यक्तिगत रुपमा अपुरणीय क्षति बेहोरेको महसुस गरेका छौं ।’
गिरीलाई कोरोना संक्रमण देखिएपछि करिब २० दिनदेखि काठमाडौँमा उपचाररत उनको गएरति १२ बजे मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । गिरि लामो समय देखि मुटु लगायत अन्य दिर्घ रोगहरुबाट थिए ।
गिरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि श्री एयरलायन्सको विमान चार्टर गरेर काठमाडौं लगिएको थियो । ‘कोरोना भाइरस संक्रमणसँगै उहाँमा अन्य जटिल समस्या पनि थियो,’ पूर्वमेयर गिरीका भतिज अनुराग गिरीले इकान्तिपुरसँग भने, ‘उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो ।’
नेपाल परिवार नियोजन संघ धनुषाको २५ वर्षसम्म अध्यक्ष रहेका मृतक गिरी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका गिरीको दुई छोरा र श्रीमती छन् । उनका दुवै छोरा डाक्टर हुन् । ब्रुनाईमा रहेका गिरीका जेठो छोरा काठमाडौं फर्किसकेका छन् । कान्छो छोरा भने अस्ट्रेलियाको सिड्नीमा बस्छन् ।
गिरी क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय सखुवा महेन्द्रनगरको अध्यक्ष तथा संस्थापक समेत रहेका थिए ।
Wednesday, August 5, 2020
जनकपुरवासीद्वारा अयोध्यावासीलाई सञ्जाल मार्फत शुभकामना
जनकपुरधाम, २१ साउन । भारतको आयोध्यामा राममन्दिरको शिलान्यस हुनुअघिदेखि नै जनकपुरधामबाट अयोध्यावासीहरुलाई फेसबुक सञ्जाल आर्फत जनकपुरवासीहरुले शुभकामना तथा बधाई दिने गरेको छ ।
वर्षौदेखि आयोध्यामा राममन्दिर निर्माण विवादित देखिएको थियो । तर बुधवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन गरी राममन्दिरको निर्माणका लागि बाटो खेलेपछि जनकपुरवासी खुशी व्यक्त गरेका छन ।
राममन्दिरको निर्माणको बाटो खुलेकोले रामको ससुराली जनकपुरधामबाट युवाहरुले विभिन्न सञ्जालहरु अपनाउने शुभकामना तथा बधाई दिन थालेको छन् ।
यसैक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सञ्जय चौधरी शुभकामना व्यक्त गर्दै लेखेका छन ‘आदरणीय एवं अश्ववी भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी ज्यू भारतको अयोध्यामा ऐतिहासिक भगवान रामललाको मन्दिर निर्माणकाृे लागि हुने भूमिपूजनको अवसरको उपलक्ष्यमा माता सीताको नगरी जनकपुरधमबाट धेरै धेरै बधाई तथा शुभकामना ।’
त्यस्तै युवा अभियन्ता शुशील कर्णले पनि राममन्दिरको शिलान्यासप्रति खुशी व्यक्त गर्दै जनकपुरधाममा दीपावली मनाउनका लागि सबैमा आग्रह गरेका छन् ।
अधिकांश व्यक्तिले फेसबुक सञ्जालमा नवनिर्मित राममन्दिरको नक्सा राखेर खुशी व्यक्त गर्दै मोदीलाई बधाई तथा शुभकामना दिएका छन् । सोही क्रममा फेसबुक सञ्जालमा धर्मेन्द्र साह, अमर साह, महावीर युवा कमिटी, नित्यानन्द मण्डल, मनोज कुमार साह, यदुवंश झा, राजेश कर्ण, नविण साह लगायत सयौं जनाले शुभकामनाका साथै दीपावली मनाउन जनकपुरवासीमा आग्रह गरेका छन् ।
Thursday, July 30, 2020
जातीय प्रभुत्ववाद र दलित उत्पीडन
पदम विश्वकर्मा
राज्यसत्ताको निश्चित नियम र योजनामा एउटा निश्चित जाति, वर्ग वा समूहको विचार र प्रवृत्तिले अर्को जाति, वर्ग वा समूहको विचार र प्रवृत्तिमाथि वैधानिकरुपमा लाद्ने दमन नै प्रभुत्ववाद हो । प्रभुत्ववाद आजभोलि निकै चलन चल्तीमा आएको शब्द हो । राज्यसत्ताको आडमा निश्चित विचार र प्रवृत्तिद्वारा कसरी बहुसंख्यक पात्र, समूह, वर्ग वा राज्यमाथि प्रभुत्ववादी सोंच हावी र विस्तार भइराखेको छ भन्ने विषयमा गहन अध्ययन हुँदै आएको छ । ग्रीक शब्द ‘हेजमोनिया’बाट आएको हेजेमोनी अर्थात् प्रभुत्ववादी अवधारणालाई सर्वप्रथम तत्कालीन ग्रीक राज्य र नगरबीचको सम्बन्धलाई उजागर गर्न प्रयोग गरिएको थियो । इटालियन राजनीतिज्ञ तथा माक्र्सवादी दार्शनिक एन्टोनियो ग्राम्स्कीले यो शब्दलाई प्रचारमा ल्याएका थिए । उनले पश्चिमा पुँजीवादी राज्यहरुले आफ्नो पुँजीवादी शोषण र लुटलाई कायम राख्न प्रगतिशील विचारमाथि कसरी दमनको हतियार चलाइराखेका छन् भन्ने कुरालाई उजागर गरेका थिए । उनका अनुसार पुजीवादी विचार र योजनामा आधारित प्रभुत्ववाद विभिन्न रुप र आयममा कायम रहेकाले सारा विश्वका उत्पीडित वर्ग र समुदायलाई स्वीकार गर्न बाध्य पारिएको छ । उनले आफ्नो वर्गस्वार्थको रक्षाको लागि पुँजीवादी बुद्धिजीवीहरु राज्यसत्ताको सम्पूर्ण शोषण, दमन र प्रभुत्ववादका अगाडि लाचार बन्ने गरेको निश्कर्ष समेत निकालेका छन् ।
दुई वर्ष अगाडि प्रकाशित पुस्तक ‘जाति, संस्कृति र प्रभुत्ववाद’ पुस्तकमा भारतीय लेखक डा. शेखर बान्द्योपाध्यायले हिन्दु जातीय समाजले भारतीय उपमहाद्दीपमा आफ्नो सांस्कृतिक प्रभुत्व र संरचनात्मक संलग्नता गहिरो गरी कायम गरेकाले यस क्षेत्रमा उच्च व्राह्मणवादी परम्परा हावी भइरहेको चर्चा गरेका छन् । उनले हिन्दु प्रभुत्ववादले अन्य सीमान्तीकृत जाति भनिएका जाति, वर्ग वा समुदायको स्वतन्त्रता, परम्परा, धर्म र संस्कृतिहरु दमन गर्न निर्वस्त्र रुपमा उत्रिएकोे चर्चा गरेका छन् । उनका अनुसार हिन्दु प्रभुत्ववादले समानता, भातृत्व र सास्कृतिक स्वतन्त्रताहरु अपहरण गरिरहेको छ । भारतीय संस्थापनले चलाएको हिन्दु राष्ट्रिय अभियानले त दलित, महिला, आदिवासी–जनजाति, धार्मिक अल्संख्यक एवम् उत्पीडितहरुको स्वतन्त्रतामाथि धावा बोलिरहेको छ । उनले हिन्दु उच्च जातीय अहम्कारवादलाई चिरस्थायी बनाउन अहिलेको भारतीय संस्थापनपक्ष दृढतापूर्वक लागिरहेकोले सांस्कृतिक र राजनीतिकरुपमा सबै उत्पीडित वर्ग र समुदाय गम्भीर बन्नुपर्ने निश्कर्ष निकालेका छन् ।
अब नेपालका दलितहरुको कुरा गरौं । नेपालका दलित समुदाय विगत लामो समयदेखि जातीय प्रभुत्ववाद, हिन्दु अतिवाद, सामाजिक कुरिती, नश्लीय परम्परा, विभेदकारी मानसिकता र संस्कृति तथा सामन्ती संरचनाविरुद्ध बलिदानीपूर्ण सङघर्ष गर्दै आएका छन् । उनीहरु यस अर्थमा सबैप्रकारका प्रगतिशील क्रान्तिकारी आन्दोलनका पर्याय नै हुन् । जसको परिणामस्वरुप नेपालको राजनीतिक परिदृश्यमा सङघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समानुपातिक समावेशीजस्ता अग्रगामी मुद्दा स्थापित हुन सम्भव भएको हो । सबैप्रकारको न्यायपूर्ण आन्दोलनका प्रतिक र अन्यायपूर्ण हर्कतहरुको प्रतिरोधी चेतना बोकेका दलितहरु नेपालका असली सर्वहारा श्रमजीवी वर्ग हुन् । तर शासनसत्तामा रहेको हिन्दू जातीय प्रभुत्वशाली विचार र चिन्तनले यस आयामलाई अहिलेसम्म पहिचान गर्न सकेको देखिंदैन । उनीहरुका नजरमा अहिले पनि दलितहरु दया, माया, निगाहा र कृपाका पात्रभन्दा माथि छैनन् । उनीहरुका दृष्टिमा दलितहरु भनेका असक्षम, विवेक–बुद्धि नभएका, अनपढ, फोहोरी, शक्ति र सामाथ्र्यहीन वर्ग र समुदाय हुन् । यही चिन्तन र प्रवृत्तिका कारण दलितहरुको बलिदानको अवमूल्यन भैरहेको छ । उनीहरुको श्रमजीवी सुन्दर संस्कृति तिरस्कृत भइरहेको छ ।
गत जेष्ठ १० गते रुकुमको चौरजहारीमा अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्नका लागि गएका नवराज वि.क. र उनका ५ जना साथीहरुलाई लखेटिएर मारिएको घटना हिन्दु जातीय प्रभुत्ववादी चिन्तनको ज्वलन्त उदाहरण हो । यो घटना सेलाउन नपाउँदै गत जेठ २७ गते मध्यरातमा धनुषाका दलित समुदायका युवा शम्भु सदा इलाका प्रहरी कार्यालय, सबैलाभित्र झुण्डिएको अवस्थामा फेला परे । त्यसैगरी असार ७ गते राती प्रादेशिक अस्पतालको इमरजेन्सी कक्षमा सामान्य उपचारसमेत नपाइ छटपटिएर दलित समुदायका राजु सदा मारिए । यस्ता कहालीलाग्दा घटनाहरुको सामना यो समुदायले गरिरहेको छ । अहिले दैनिक रुपमा देशव्यापी रुपमा दलित समुदायले छुवाछूत, विभेद, उत्पीडन, दमन, वहिष्कार र नाकाबन्दीको सामना खेपिरहेको छ । दलित समुदायका महिला र बालिकाहरु वलात्कार हुँदासमेत प्रहरी र प्रशासनमा जिवित रहेको जातीय प्रभुत्ववादले न्याय दिन अनदेखा गरिरहेको छ । सामान्य अपमान, हेलाहोचो, कुटपिट र लाञ्छनाको सामना नगर्ने दलित कमै होलान् । तर यस्ता घटनालाई स्वभाविक र आकस्मिक घटना ठान्नेहरुको जातिवादी चिन्तन यत्रतत्र सर्वत्र विद्यमान छ । यथार्थमा नेपाली समाजमा व्यप्त सामन्तवादी–व्राह्मणवादी प्रभुत्ववादी चिन्तनले अन्य जाति, समुदाय वा वर्गको अधिकारलाई मानवीय दृष्टिले देख्न नै सकिरहेको छैन । हजारौं वर्षदेखिको व्राह्मणवादी मनुवादी चिन्तन र संस्कृतिको जगमा निर्माण भएको जङ्गबहादुरको ऐनबाट निर्देशित र प्रशिक्षित भएको राज्यसत्ताको बागडोर सम्हाल्नेहरुले यस्ता घटनालाई सामान्यीकरण गर्नमै केन्द्रित छन् भनें अर्कोतर्फ दलित समुदायमाथि भएका दमन र हत्याविरुद्ध भएका संगठित तथा स्वतस्फूर्त आन्दोलनलाई समेत नजरअन्दाज गरिरहेका छन् ।
त्यसो भए अब दलित समुदायले गर्ने के त ? समानता, मुक्ति र परिवर्तनका लागि भएका सबैप्रकारका न्यायपूर्ण आन्दोलन र युद्धको उपज यही नियति भोग्न हो त ? दलितहरुको भागमा अन्याय, अपमान, दमन र तिरस्कार नै हो त ? कदापी त्यस्तो होइन । के यो समस्याले सिङ्गो मानव समाजलाई गिज्याइरहेको छैन त ? यो समस्या दलितहरुको मात्रै समस्या हो त ? कदापी होइन र हुनुहुँदैन ।
यसका लागि सर्वप्रथमत, दलितहरुले आफूलाई अग्रगामी राजनीतिक–वैचारिक रुपमा सुशिक्षित र परिस्कृत गर्नुपर्दछ । दोश्रो काम भनेको जो जुन पेशा, व्यवसाय वा काममा छौं, त्यहीबाट नै समाजमा व्यप्त अन्याय, विभेद र वहिष्कारविरुद्ध उभिन, बोल्न वा लेख्न सक्नुपर्दछ । तेश्रो काम भनेको आफूलाई प्रगतिशील विचार, चिन्तन र चरित्र भएको समूह वा संगठनमा आबद्ध गर्ने प्रयत्न गर्नुपर्दछ । चौथो काम भनेको निरन्तर रुपमा सङ्घर्षको विधिबाट नै समाज रुपान्तरण हुन्छ भन्ने मर्मलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्दछ । पाँचौ काम भनेको लामो समयदेखि सञ्चालित भएका दलितलगायत सबैप्रकारका न्यायपूर्ण आन्दोलनले प्राप्त गरेका उपलब्धीहरुको रक्षा, प्रयोग र विकास गर्दै सचेतरुपमा आफ्नो व्यक्तिगत तथा सामाजिक–राजनीतिक जीवनलाई अगाडि बढाउन कोशिस गर्नुपर्दछ । छैटौ काम भनेको राज्यसत्ताको प्रगतिशील रुपान्तरणका लागि आफूलाई सचेत रुपमा उभ्याउन प्रयत्न गर्नुपर्दछ ।
प्रदेश २ मा चार महिना ३१७ जनाले गरे आत्महत्या
जनकपुरधाम, १५ साउन । नेपाल सरकारले लगाएको लकडाउनको ४ महिनामा ३१७ जनाले आत्महत्या गरेको तथ्यांक बाहिर आएको छ ।
प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार २०७६ चैत्र ११गतेदेखि २०७७ असार २४ गतेसम्मको यो तथ्यांक हो । उपलब्ध तथ्यांक अनुसार विष खाएर १८ जना पुरुष २६ महिला, एकजना बालक र ६ जना बालिका गरी ५१ले आत्महत्या गरेको छ । त्यस्तै आगो लगाएर महिला २ जनाले आत्महत्या गरेकी छन ।
त्यस्तै झुण्डिएर ८८ जना पुरुष ११२ जना महिला, १४ जना बालक र ३७ जना बालिका गरी २६२ जना, औजार हातहतियारबाट महिला १ जना, डुबेर एकजना आत्महत्या गरेको तथ्यांक छ ।
यसरी हेर्दा पुरुष १०६ जना, महिला १४२ जना, बालक १५ जना, बालिका ४३ जना आत्महत्या गरेका छन् ।
धनुषामा ५४जना, महोत्तरीमा २४ जना, सिरहामा ५४ जना, बारामा ३३ जना, पर्सामा ३४ जना, रौतहटमा २७ जना, सर्लाहीमा ४८ जना, सप्तरीमा ४३ जना आत्महत्या गरेको प्रदेश प्रहरीको तथ्यांक रहेको छ ।
सत्ता बदलियो– दलितको दसा बदलेन
श्यामसुन्दर शशि ,
राजनीतिक विश्लेषक चन्द्रकिशोर झाको शब्दबाट सुरु गरौं । मुलुकमा मधेसी दलितको अवस्थाबारे उनले लेखेका छन् – ‘मधेसमा भएको हरेक रूपरंगको संघर्षमा मधेसी दलितहरूको सहभागिता रहदै आएको छ । विद्रोेहात्मक चेतनाले ओतप्रोत भएर, अन्यायको प्रतिरोधमा इतिहासदेखि नै तम्तयार रहेको समुदाय कुनै छ भने त्यो दलित समुदाय नै हो । यस्ता प्रतिरोधहरू मुखर र मत्थर , मूर्त र अमूर्त रूपमा इतिहासदेखि नै भइरहे । मधेसी दलितहरूको संघर्षगाथाको जुन गौरवगान हुनुपथ्र्यो , त्यसलाई नियोजित रूपमा ओझेल पारियो । ’
झाको यो अभिव्यक्ति सार्वजनिक भई रहदा चितवन राष्ट्रिय निकुञ्जमा घुंघी टिप्न गएका राजकुमार चेपांगको मृत्यु हुन्छ । विभिन्न श्रोतहरुले दावी गरे अनुसार निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चेपांगलाई कुटी कुटी हत्या गरे । राजकुमारको शव अझैपनि काठमाण्डौमै छन् । उनका आफन्तहरुले दोषीमाथि कार्यवाही नभएसम्म शव नबुझने अड्डी कसेका छन् । पश्चिम रुकुममा पनि आफू भन्दा कथित उपल्ला जातिकी केटी मनपराएकै कारण आधा दर्जन दलितलाई निर्ममतापूर्वक हत्या गरिएको घटना पनि ताजै छ । यो त भए पहाडी दलितहरुको कथा । मधेसी दलितको कथा त झन कहाली लाग्दो छ । कोभिड १९ को कारण सुरु भएको बन्दाबन्दी , कोरोना नियन्त्रण गर्न स्थापना गरिएको क्वारेन्टाईन , आइसोलेशन ,अस्पताल तथा प्रहरी नियन्त्रणसमेतमा दलितहरुको मृत्यु सृंखला रोकिएको छैन ।
विश्वका संविधानहरुले दलित शब्दको परिभाषा गरेको हुन्छ । हाम्रो संविधानमा पनि गरिएको छ तर वर्गीय आधारमा विश्लेषण गर्दा बिरेन्द्र यादवहरु पनि दलित नै हुन् । कारण बहुसंख्यक तथा सामाजिक रुपले अगुवा जातिमा गनिने भएर पनि बिरेन्द्र यादव जिउदो अवस्थामा नेपाल छिर्न सकेनन् । उनले सीमा नाकामै प्राण त्याग गर्नु पर्यो । बीरेन्द्र यादव अथवा राजू सदा आर्थिक , सामाजिक अथवा राजनीतिक रुपले सक्षम परिवारका भएको भए बिरेन्द्र सीमा नाकामा रोकिने थिएनन् । राजू सदालाई टिपरमा अस्पताल ल्याइने थिएनन् ।
दलित समुदाय अचेल आन्दोलनमा छन् । आन्दोलनको कारण राजू सदा र शंभु सदाको शंकास्पद मृत्युलाई बताइए पनि वास्तवमा यो आन्दोलन पहिचानको हो । दलित मानिस होईन । अन्य जातिका विरामीको लागी नगर पालिकाको जीप उपलब्ध हुने , एम्बुलेंस उपलब्ध हुने अनि विमार दलितलाई टिपरमा लादेर अस्पताल पुर्याउनु पर्ने ? कोरोना पुष्टि हुदै नभई उनको शरीरमा कोही भिड्न नहुने । झाडा पखालाका विरामी राजु सदालाई जीवन जलसम्म खुवाउन नसक्ने ? असार ८ गते मृत्युवरण गरेका १६ वर्षिय राजू सदाको ‘ मृत्युकाण्ड ’ छानबीन गर्न समिति गठन भयो । जसको प्रतिवेदन सार्वजनिक भएको कमसेकम मलाई थाहा छैन ।
कोरोना त्रासदी , सरकारी दण्डहीनता, सामाजिक विभेद तथा गरिबीका कारण मृत्युवरण गर्ने पहिलो युवक भने थिएनन् राजू सदा अथवा राजकुमार चेपांग । तीन महिने बन्दाबन्दीको यस दारुण दिनहरुमा मुलुकमा झण्डै दुई दर्जन दलित तथा बैदेशिक रोजगारीमा गएका धरतीपूत्रहरु मृत्युवरण गरी सकेका छन् । सयौं जनाले आत्महत्या गरेका छन् । पूर्वी धनुषाको सहिदनगर नगरपालिका ९ गोठ–कोइलपुरका बिरेन्द्र यादव आफ्नो मातृभूमिसम्म टेक्न नपाई जेठ १४ गते नेपाल–भारतको जटही नाकामा रोग र भोकले छटपटिएर मृत्युवरण गरेका थिए भन्ने पूर्वी धनुषाकै सबैला नगरपालिका स्थित इलाका प्रहरी कार्यालयमा जेठ २८ गते शंकास्पद अवस्थामा झुण्डिई रहेको शम्भु सदाको शव फेला परेको थियो । कोरोना त्रासदीका कारण रोजगारी गुमाए पछि भोकले ज्यान गुमाएका सप्तरीका मलर सदा हो कि आफूभन्दा कथित ठुला जातिकी युवतीसंग प्रेम गरेकै कारण पश्चिम रुकुममा हत्या गरिएका नवराज विक र उनका साथीहरु । छोरीले भागी विवाह गरेको कारण सामाजिक रुपमा दण्डित हुनु पर्दा आत्म हत्या गरेका लाहानका श्यामलाल राम होस सबका सब कोरोनाकालीन शहिदहरु हुन् । कोरोनाकालमा मृत्युवरण गर्ने अधिकांश दलित तथा गरिव समुदायका व्यक्तिहरु छन् । आफूलाई सर्वहारा वर्गको प्रतिनिधी भन्न रुचाउने राजनीतिक दलको नेतृत्वमा रहेको वर्तमान सरकार यिनै सर्वहरा वर्गका राजूहरुका उपचारको व्यवस्था गर्न सकेको छैन । बिरेन्द्र यादवहरुका लागी आफ्नै जन्मधरतीमा पाईला टेक्ने वातावरण बनाउन सकिरहेको छैन । श्यामलालहरुले भोगी रहेको सामाजिक विभेद अन्त्य गर्न सकिरहेको छैन । आफूभन्दा कथित ठुला जातिकी युवतीसंग प्रेम गरेकै कारण सामुहिक हत्या गरिएका विक र उनका साथीहरुको हत्यारालाई जोगाउन यिनै सर्वहारा पार्टीका ठुला नेता तथा मन्त्रीहरुले प्रदर्शन गरेको चरित्र सबैले देखेकै हौं ।
नेपालको संविधान २०७२ को भाग ३ ले मौलिक हक तथा दायित्वको व्यवस्था गरेको छ । जसमा शिक्षा, खाद्य सुरक्षा, स्वास्थ्य, समानतापूर्वक बाच्न पाउ“ने , छुवाछूत तथा भेदभावविरुद्धको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । स्वास्थ्य , खाद्य सुरक्षा तथा भेदभाव र छुवाछूत विरुद्धको मौलिक हक प्राप्त नागरिक यदि भोक भोकै मर्छन , उपचारको आभावमा मर्छन अथवा जातीय भेदभावको कारण जीवन त्याग गर्छन भन्ने यो मृत्यु होईन , हत्या मानिनु पर्ने हो । यस्ता मृत्युका कारण पहिल्याई दोषीउपर कार्यवाही गर्नु राज्यको दायित्व हो । राज्य अथवा वर्गीय भेदभावका कारण आत्महत्या गर्छ भन्ने उनिहरुलाई शहिद भन्नु अत्युक्ति होला जस्तो लाग्दैन ।
वैश्विक कोरोना त्रासदि सरकारको लागी चुनौती र अवसर दुबै रुपमा आएको छ । तर दुर्भाग्य तीनै तहका सरकार यस चुनौतीलाई अवसरको रुपमा परिणत गर्न सकेनन् । विश्वका अनेकौ मुलुकमा चुनौतीहरुका बीच असल नेतृत्व विकास भएको उदाहरणहरु छन् तर कोरोना त्रासदी अधिकांश सरोकारवालाहरुका लागी शुभलाभको विषय बनेर आयो । स्वास्थ्य समाग्री खरीद , क्वारेन्टाइन र आइशोलेशन व्यवस्थापनमा भएको अनियमीतता यसका उदाहरणहरु हुन् । यद्यपि अहिलेको समय सरकार वा अन्य कुनै निकायले गरेका राम्रा नराम्रा काम कार्यवाहीको हिसाव किताव गर्ने वेला होइन । पछि जनताले यसको हिसाव किताव अवश्य पनि गर्ने छन् ।
आधुनिकताले सरावोर नेपाली समाजमा अझै पनि दलित भएकै कारण राजूहरुलाई एम्बुलेंस लान मान्दैन । अछोप भन्दै क्वारेन्टाईनमा संगै बस्न दिदैन । अस्पतालका चिकित्सक उपचार गर्न आनाकानी गर्छन । जो राजनीतिक दलका लागी भोटर वाहेक केही बन्न सकेन , यी दलित , सिमान्तिकृत मनुवाहरुको लागी मुलुकमा लोकतन्त्र आउनु नआउनुको अर्थ छैन । आफ्नो आवाज बुलन्द गर्न सदरमुकाममा प्रर्दशन गर्छन– प्रहरी दमन हुन्छ । आफ्नो हक अधिकारका लागी सडकमा उत्रिन्छन – घर फर्केर के खाने ? भन्ने चिन्ता हुन्छ । कथंकदाचित आन्दोलन सफल भयो भने पनि नेता अर्कै वर्ग र जातिको हुने खतरा छ । जाति, वर्ग वा समुदायका नाममा आउने सुविधा र फन्डमाथि जातिकै अगुवाहरुको रजाई हुन्छ । राजनितीक ‘मल्लिदा’ अरुहरुले नै खाने संभावना छ । दीनाभद्री र सलहेसका सन्तानहरु आफ्नै मुलुकमा कहिले सम्म अभिशप्त रहने ??? एक शब्दमा भनौ भने – सत्ता बदले पनि दलितको दसा भने बदलेको छैन ।
Saturday, July 25, 2020
प्रदेश २ मा २५ को मृत्यु ९ घाइते, करोडौको क्षति
मृत्यु हुने जिल्लाहरुमा धनुषा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, पर्साको रहेको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामले उपलब्ध गराएको तथ्यांक अनुसार सिरहामा पानीमा डुबेर १ जनाको र बगाएर दुई जनाको मृत्यु भएको छ । धनुषामा चारजनाको पानीमा डुबेर मृत्यु भएको छ भन्ने एकजना घाइते भएका छन् । महोत्तरीमा चारजनाको डुबेर मृत्यु भएको छ भने एकजनालाई बगाएर मृत्यु भएको छ । सर्लाहीमा चारजनाको डुबेर मृत्यु भएको छ भने दुईजनालाई बाढीले बगाएर मृत्यु भएको छ । सप्तरीमा घर भत्किएर एकजना घाइते भएका छन् ।
त्यस्तै रौतहटमा पानीमा डुबेर ४ जनाको मृत्यु एकजना घाइते र दुईजनालाई खोलाले बगाएर बेपता । पर्सामा तीनजनाको डुबेर मृत्यु भएको छ । त्यस्तै आठवटै जिल्लामा ५९५ वटा घरका २९९९जना बाढी प्रभावित भएको छ । त्यसैगरी २५२ घरका १०५१ विस्थापित भएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांमा बाढी पहिरोलाई लक्षित गरी प्रदेशमा २८१० प्रहरी परिचालन गरिएको जनाइएको छ ।
वर्षाको कारण आएको बाढीबाट धानबालीको यकिन गर्न नसकिने भएपनि घर टहरा लगायतमा करोडौंको क्षति भएको छ ।
दलितका वस्ती बचाउन गएका साह कुटिए, प्रहरीले उजुरी दर्ता गर्न मानेन
सडक विस्तारको क्रममा दलित र सुकुम्बासीहरुको घर टहरा हटाउन नगरपालिकाले नोटिस गरेका छन् । तर त्यहाँ पचासौ वर्षदेखि बस्दै आएका सकुम्बासीहरुले आफूहरुलाई जबसम्म सरकारले जग्गा उपलब्ध गराउँदैन घर टहरा भत्काउन नदिने अडानको समर्थन मैले गरेका थिए । तर उनीहरुको समर्थन किन गरेको भन्दै केही व्यक्तिले गुण्डागर्दी शैलीमा कुटटिप गरेको जनकपुरधाममा शनिवार पत्रकार सम्मेलन गरी साहले गुनासो गरेका छन् ।
घटना क्रममको भिडियो देखाउँदैन भने ‘केही उत्श्रृखल व्यक्तिहरु कृष्णा युवा कमिटी सञ्चालन गरेको छ । मैले भने घर नै भत्काउने हो भने एकसाइडबाट भत्काउनुस्, दलित र सुकुम्बासीहरुको भत्काउनु भन्दा अघि म भत्काउँछु । त्यतिकै भन्दैमा मलाई कुटपिट गर्न थाल्यो । कुटपिट गर्नेमा कमिटीका अध्यक्ष लभ यादव, ओम यादव, लक्ष्मेश्वर यादव, शंकर यादव सहितका रहेका छन् । उनीहरुमाथि जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न जाँदा सामान्य घटना हो भनेर फर्काउने गरेको छ ।’
सडक छेउमै बस्दै आएका दलित, गरिव विपन्नहरुलाई बिना कुनै भरपर्दो व्यवस्थापन हटाउन खोजेपछि लकडाउनमा उनीहरुलाई खाना खुवाएका साहले के आधारमा हटाउने भनेर प्रश्न गरेको मात्र के थिए स्थानिय लव अधिकारी, लक्षमेश्वर यादव, ओम यादव, शंकर सिंह सहितका व्यक्तीहरु साहलाई तथानाम गाली, बेज्जती र कुटपिट गर्न थाले । पत्रकार सम्मेलनमा उपस्थित कलशिया देवी सहनीले पिडित साह आफुहरुको सुख दुःखमा साथ दिने व्यक्ति रहेको र समाजसेवी रहेकाले बोलेकै भरमा कुटपिट गरिएको भिडियो समेत आफुहरुले खिचेको बताए ।
Thursday, July 23, 2020
‘प्रदेश भरिकै दलितहरु आन्दोलनको तयारीमा’
संयुक्त दलित संघर्ष समितिको विहिवार बसेको बैठकबाट सो निर्णय गरिएको हो ।
महिना नवित्दै आधा दर्जन बढी दलित समुदायका युवाहरुमाथि हत्या र हिंसा गरिएको छ । धनुषाकै हँसपुर नगरपालिकाका बस्ने शम्भु सदालाई कोरोनटाइन्समा उपचार सम्भव नभएपछि जनकपुर स्थित प्रादेशिक अस्पतालमा उपचारको अभावमा मृत्यु भएको छ । त्यस्तै सिरहामा दलित युवा १८ वर्षिय रोशन रामको अपहरणपछि हत्या भएको छ । सप्तरीमा त्रिलोकचन्द महरालाई अपहरणपछि हत्या गरिएको थियोे ।
प्रदेशका जिल्लाहरुमा क्रमिक रुपमा दलित समुदायमाथि हिंसा र हत्या दिन्हु बढ्दै गएपनि राज्यपक्ष मौन रहेको अवस्थामा बाध्य भएर प्रदेशभर आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको समितिका अध्यक्ष चन्देश्वर दासले बताएका छन् ।
जनकपुरधाममा विहिवार आयोजित बैठकमा विभिन्न जिल्लाबाट आएका दलित अगुवा नेताहरुले सो निर्णय गरेको छ । उनीहरुले दलितमाथि क्रमिक रुपमा हत्या, हिंसा बढेपनि नागरिक समाज, प्रदेश सरकार र सुरक्षाकर्मी मौन भएर बस्नु, दोषीमाथि कारवाही नहुनु दलितमाथि विभेद कायमै राखेको गुनासो पोखेका छन् ।
दलितहरु जुनसुकै पार्टीमा भएपनि दलितमाथि भई रहेको क्रमिक रुपमा आक्रमणको विरुद्धमा एकजुट भएर अगाडि बढनु बाहेक कुनै विकल्प नरहेको बैठकबाट निष्कर्ष निस्केको छ । सयौंको संख्यामा रहेका दलित अगुवाहरुले पहिलो चरणमा सडक आन्दोलन गर्ने र अर्को चरणमा दलित साँसदहरुसँग अन्तरक्रिया गरी संसदमाथि दवाव सृजना गराउने छलफल गरेका छन् ।
सदियौंदेखि शोषित, पीडित र अपहेलित छन दलितहरु । तर अब संगठित र शिक्षित भएको छ, हुँदैछ । अब दलितहरु संगठित भएर आन्दोलन गर्ने तयारी भई रहेको दलित अगुवा नेता चन्देश्वर दासले बताएका छन् । उनले भने ‘पहिलो चरणमा जनकपुरधाममा साउन ११ गते जनकपुुरधाममा अर्धनग्न जुलुस, साउन १३ गते सिटी जुलुस र साउन १५ गते मिर्दगन र पोस्टरचित्रलाई धर्ना कार्यक्रम राखिएका छौं ।’ उनले त्यसले पनि दोषीमाथि कारवाही र हामीहरुले न्याय नपाएमा जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनसन गर्ने बताएका छन् ।
प्रदेशका अन्य जिल्लामा पनि आन्दोलनका लागि संघर्ष समिति गठन भई सकेको छ । जनकपुरधामलाई केन्द्र बनाएर अर्को चरणमा आन्दोलन गर्ने दलितकै अगुवा नेता चन्देश्वर दासले बताएका छन् ।
छलफल कार्यक्रममा कम्युनिष्टका नेता देवसागर दास, पँचु माझी, वैद्यनाथ पासमान सहितका अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।
Wednesday, July 22, 2020
मन्त्रीहरुद्वारा महोत्तरीको बाढी क्षेत्र अनुगमन
जनकपुरधाम, ८ साउन । निरन्तर वर्षाको कारण आएको बाढी क्षेत्रलाई प्रदेश सरकारका मन्त्रीहरुले दुई दिनदेखि अनुगमन गर्दै आएको छ ।
विपद् व्यवस्थापन अनुगमन समितिका संयोजक भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा मन्त्रीहरुको टोलीले मंगलवार धनुषाको कमला नदी वरिपरि तथा डुबान क्षेत्रमा अनुगमन गरेको थियो ।
त्यस्तै बुधवार महोत्तरीको बाढी डुबान क्षेत्रमा अनुगमन गर्दै बाढी पीडितहरुलाई समयमा राहत उपलब्ध गराउन स्थानीय तहका सरकारसँग मन्त्री सोनलले आग्रह गरेका छन् ।
अनुगमनकै क्रममा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले बाढी पीडितसँग भेटर भने, ‘प्रदेश २ को बाढी क्षेत्रमा करीब १० बढी सुरक्षाकर्मीलाई प्रदेश सरकार खटाइएको छ । सुरक्षाकर्मीलाई बागमती नदीमा तालिम दिइने हो । बाढी पहिरोको कारण प्रदेश सरकार चिन्तित रहेको छ । प्रदेशका जनतासँग काँधमा काँध मिलाएर प्रदेश सरकार हिड्ने छ ।’
राज्यमन्त्री कुशवाहाले स्थानीय तह अन्तरगत रहेको ‘पालिका’लाई बाढी पीडितलाई तत्कालको आवश्यकता पुरा गर्नका लागि प्रदेश सरकारसँग समन्वय गर्न आग्रह समेत गरेको छ । उनले भने, ‘प्रदेश २ सधैं जोखिममा छ । वषार्याममा बाढी पहिरो, चिसोमा कठ्यङ्गएर मृत्यु हुने, घामको बोलामा ‘लू’ लाग्ने जस्ता समस्याबाट ग्रस्ति छ । प्राकृतिक विपद्का लागि संघीय सरकारसँग समन्वय गरेर प्रदेश सरकार विपद् सहायता योजना ल्याउन लागेको हो ।’
बाढी क्षेत्र अनुगमानमा राज्यमन्त्री अभिराम शर्मा, सुरक्षाकर्मी, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका मेयर, उपमेयर लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Menstruation - Still Taken As Taboo In Educated Family
Monday, July 20, 2020
सर्लाहीका ५ हजार बढी किसानलाई ऋण मिन्हा भुक्तानी, आधुनिक कृषि योजना प्रदेशको प्राथमिकतामा ः मन्त्रीद्वय
सर्लाहीका ५ हजार ८ सय ५३ जना किसानले विभिन्न बैंकबाट लिएको ऋणको ऋण ब्याज वापत करीब तीन करोड रुपैया मन्त्रालयले बैंकहरुलाई चेक मार्फत भुक्तानी गरेको छ । यि किसानहरुले १०९ वटा बैंकलाई भुक्तानी गरेको छ ।
जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष मिथुर चौधरीको अध्यक्षतामा भएको चेक हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह र आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले किसानहरुको कोभिड—१९ लकडाउन प्रभावकारी न्यूनिकरणका लागि प्रदेश सरकारको यो प्रयास रहेको बताएका छन् । मन्त्रीद्वयले प्रदेश सरकारको कृषि मन्त्रालयमा रहेको बजेट मध्ये अधिकांश बजेट कृषि क्षेत्रकै लागि छु्ट्याइएको बताएका छन् ।
पहिलो चरणमा किसानहरुले ३ लाखसम्म ऋण लिएकाहरुको ऋण ब्याज भुक्तानी भईरहेको छ । प्रदेश सरकार दीर्घकालिन, माध्यमकालिन र अल्पकालिन कृषि योजना ल्याउन लागेको मन्त्रीद्वयले दावी गरेका छन् । प्रदेश २ मो ‘२७ प्रतिशत किसानलाई मात्र सिंचाई योजना पाई रहेका छन् । यसो हेर्दा किसानहरु समस्यै समस्यामा छन् मन्त्रीद्वयले भने ‘ किसानको सम्मानबाट नै समृद्ध प्रदेश बनाउन सकिन्छ । यस प्रदेशकै उन्नति कृषिमा रहेकोले प्रदेश सरकार कृषिमा अनुदान कार्यक्रम ल्याउन लागेको हो ।’ नेपाल कृषि प्रधान देश भएपनि सरकारको कृषिमा लगानी न्यून रहेको थियो । तर अब प्रदेश सरकारले देशलाई नै पाल्न सकिने कृषि योजना यस प्रदेशमा ल्याउन लागेको जिकिर पनि गरे ।
‘राजनीति परिवर्तनको नाउँमा सत्ता परिवर्तन मात्र भएको हो । मुलुकलाई चाहिने लगानीमा राज्यले अहिलेसम्म लगानी गरेको छैन । किसानहरुको अगाडि बढाउनमा अहिलेपनि तीनै तहको सरकार असमर्थन छन् । अब आधुनिकीकरण खेतीको आवश्यकता छ । किसानहरुका लागि भूमि, कृषि सडक, सिंचाई, विउ, मलखाद र बजारीकरणका लागि प्रदेश सरकार दीर्घयामी योजना निर्माणमा हो’ भने
मन्त्रीद्वयले ‘प्रदेश सरकारका किसानहरुको ऋण तथ्यांक संकलन गर्दा विभिन्न बैंकबाट ८० अर्ब बढी ऋण लिएको छ । किसानहरुको लगानी अनुसार उत्पादन छैन । किन भने सरकारले समयमा उनीहरुलाई मल, खाद्य र सिंचाई व्यवस्था गरिदैन ।’ किसानहरु कृषिमा आत्म निर्भर छैन उनले थपे ‘नेपाल कृषि प्रधान देश भएपनि सरकारको लगानी कृषिमा ४ प्रतिशत रहेको छ ।’
कार्यक्रममा प्रदेश साँसद अशोक यादव, विरेन्द्र कुमार सिंह, गौरी साह, सन्चमाया मुस्तांग तथा मेयर निरसन साह सहितका वक्ताहरुले किसानहरुको दुःख पीडाको बारेमा चर्चा गरेका छन् ।