Thursday, September 10, 2020

चलु जनकपुर, भरु जनकपुरको क्रममा शहादत दिएको सम्झनामा श्रद्धाञ्जली सभा


जनकपुरधाम, २५ भदौ । जनकपुरधामको जनकचौकमा मधेश आन्दोलनको क्रममा शहादत दिएकाहरुप्रति विहिवार मधेशवादी दलका नेता तथा कार्यक्रमहरुले श्रद्धाञ्जली तथा दीप प्रज्वलन गरेका छन् ।
२०७२ भदौ २५ गते संविधानको मस्यौदा विरुद्ध मधेशवादी दलले ‘चलु जनकपुर, भरु जनकपुर’ कार्यक्रम राखेको थियो । सोही क्रममा प्रहरीको गोली लागेर संजय चौधरी, निकु यादव र दिलिप यादवको मृत्यु भएको थियो ।
संविधानको मस्यौदा विरुद्धमा असन्तुष्ट मधेशवादी दल मधेशमा आन्दोलन गरी रहेको थियो । मधेश आन्दोलनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय धनुषाले भदौ २५ गते जनकपुरधाममा कफ्र्यु लगाइएको थियो । यता मधेशवादी दलले चलु जनकपुर, भरु जनकपुर नाराका साथ जनकपुरधाममा प्रवेश गर्न खोज्दा मिल्स एरियामा प्रहरीको गोली लागेर संजय चौधरी र  निकु यादवको घटना स्थलमै मृत्यु भएको थियो भने पिडारी चौकमा सशस्त्र प्रहरीले गोली चलाउँदा दिलिप यादवको घटना स्थलमा मृत्यु भएको थियो ।


भदौ २५ गते मधेश आन्दोलनमा शहादत दिएका सम्झनामा आज मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुले उनीहरुको तस्वीरमाथि फुलमाला अर्पण तथा दीप प्रज्वलन गरेका छन् ।
उक्त कार्यक्रममा प्रदेश सभा सदस्य परमेश्वर साह, रामअशिष यादवका साथै उमेश साह, संजय साह, संजय चौधरी, पशुपति यादव, उमेश मण्डल, मनोज चौधरी, जानकी राम साह लगायत सयौको संख्यामा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
वडा नं. ७ मा दीप प्रज्वलन
मधेश आन्दोलनको क्रममा शहादत दिएको सम्झनामा वडा नं. ७ मा दीप प्रज्वलन गरेका छन् ।
सोही वडाका वडा अध्यक्ष जानकी राम साहको नेतृत्वमा भदौ २५ गते चलु जनकपुर, भरु जनकपुर कार्यक्रममा प्रहरीले गोली चलाउँदा निकु यादव, संजय चौधरी तथा दिलिप यादवको घटना स्थलमै मृत्यु भएको थियो ।
वडा नं. ७ को तपसी चौकमा अध्यक्ष साहले मधेश आन्दोलनमा शहादत दिएका तीनजनामाथि फुलमाला तथा दीप प्रज्वलन गरी सम्भ्mेका थिए ।





No comments:

Post a Comment