Friday, September 4, 2020

असहाय मञ्चद्वारा असहायहरुलाई जनकचौकमा राहत वितरण

जनकपुरधाम, २० भदौ । सामाजिक क्षेत्रमा निक्कै नाम कमाउन सफल भएका असहाय संरक्षण मञ्चले लगातार ७५ औं दिनमा असहाय, विपन्न तथा गरीबहरुलाई शनिवार जनकचोकमा राहत वितरण गरेको छ ।
मञ्चका अध्यक्ष वैद्यनाथ साहले जनक चौकमा खाद्यन्नका ७ वटा प्रकार एकसय एकजना असहाय तथा गरीब परिवारलाई वितरण गरेका हुन । खाद्य सामाग्रीहरुमा चावल, दाल, मुरही, पिठो, नून सहितका सामाग्रीहरु रहेको बताइएको छ ।
करौना जस्ता महामारी रोगबाट बच्न र बचाउनका लागि सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरिएको थियो । असारमा केही दिनका लागि लकडाउन खुकुलो पारेपनि साउनको पहिलो सत्तादेखि नै पुनः लकडाउनमा कडाई गरिएको छ । 

लगायतार लकडाउनको कारण विपन्न, गरीब तथा असहायहरुको जीवनयापानमा निक्कै समस्या हुन थालेपछि असहाय संरक्षण मञ्चले धनुषाको ग्रामीण क्षेत्रदेखि लिएर उपमहानगरपालिकाको विभिन्न वडाहरुमा राहत लगायतका सामाग्रीहरु वितरण गर्दै आएकोछ ।
यो भन्दा अघि वर्षाको कारण आएको बाढीबाट जनकपुरधामकै केही वडाहरु डुबानमा परेपछि गरीब, तथा असहायहरुलाई असहाय संरक्षण मञ्चले त्रिपाल तथा खाद्यन्न वितरण गरेका थिए ।
सामाजकै सहयोगमा असहाय संरक्षण मञ्चले सामाजिक क्षेत्रमा लकडाउन अवधिमा लगातार राहत लगायतका सामाग्रीहरु वितरण गर्दै आएका मञ्चका अध्यक्ष साहले बताएका छन् ।
‘चैत्र ११ गते सरकारले लकडाउन लगाइयो, त्यसको केही दिनमा गरीब तथा असहायहरुको अवस्था दयनिय हुन थालेपछि हामीले राहतवितरण शुरु गर्यो’ मञ्चका अध्यक्ष साहले भने, ‘प्रहरीलाई खाजा र पानीका साथै वडा वडामा गएर असहाय र तथा गरीबहरुलाई खाद्यन्न वितरण गर्दै आएका छौं ।’



राहत वितरण कार्यक्रममा सुरक्षा दूरीको समेत ख्याल गरिएको थियो ।




No comments:

Post a Comment