Tuesday, August 11, 2020

गिरीको निधनले अपुरणीय क्षति भयो ः नेता निधि

जनकपुरधाम, २८ साउन । नेपाली काँग्रेसका नेता तथा होटेल रामाका संचालक समेत रहेका कृष्ण गिरीको कोरोना रोगबाट मृत्यु भएको छ । उहाँको निधनले नेपाली काँग्रेस तथा सामाजमा अपुरणीय क्षति भएको नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् ।
गिरीप्रति शोक व्यक्त गर्दै निधिले भनेका छन ‘उहाँको निधनबाट नेपाली काँग्रेस, समाजले र मैले व्यक्तिगत रुपमा अपुरणीय क्षति बेहोरेको महसुस गरेका छौं ।’
गिरीलाई कोरोना संक्रमण देखिएपछि करिब २० दिनदेखि काठमाडौँमा उपचाररत उनको गएरति १२ बजे मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । गिरि लामो समय देखि मुटु लगायत अन्य दिर्घ रोगहरुबाट  थिए ।
गिरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि श्री एयरलायन्सको विमान चार्टर गरेर काठमाडौं लगिएको थियो । ‘कोरोना भाइरस संक्रमणसँगै उहाँमा अन्य जटिल समस्या पनि थियो,’ पूर्वमेयर गिरीका भतिज अनुराग गिरीले इकान्तिपुरसँग भने, ‘उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो ।’
नेपाल परिवार नियोजन संघ धनुषाको २५ वर्षसम्म अध्यक्ष रहेका मृतक गिरी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका गिरीको दुई छोरा र श्रीमती छन् । उनका दुवै छोरा डाक्टर हुन् । ब्रुनाईमा रहेका गिरीका जेठो छोरा काठमाडौं फर्किसकेका छन् । कान्छो छोरा भने अस्ट्रेलियाको सिड्नीमा बस्छन् ।
गिरी क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय सखुवा महेन्द्रनगरको अध्यक्ष तथा संस्थापक समेत रहेका थिए ।

No comments:

Post a Comment