Sunday, September 13, 2020

माँग पुरा नभएसम्म परिषद हुन दिन्न ः कमला नपा उपमेयर मण्डल्

दैनिक समाचारदाता
जनकपुरधाम, २८ भदौ । धनुषाका कमला नगरपालिकाकी उपमेयर शिला मण्डलले हाम्रो माँग पुरा नहुन्जेलसम्म नगरपरिषद हुन नदिने चेतावनी दिएकी छन् ।
आईतवार आफ्नै नगरपालिकामा पत्रकार सम्मेलन गरी उनले भनिन, ‘मेयर रामउदगार गोइत आफू मनगरी कार्य गर्दै आएको छ । पटकपटक आफू लगायत वडा अध्यक्ष, सदस्य तथा कार्यपालिका सदस्यहरु मेयरलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउँदा पनि वास्ता गरेको छैन । आफूहरुको ३७ बुँदे माँग पुरा नभएसम्म परिषद हुने दिने छैनौं ।’
‘आफू नगरपरिषदको विरोधी होइन । हामी यस पालिकाको विकास चाहन्छौं । तर मेयर गोइतले हामीलाई वेवस्ता गरी अनियमितता लगायको कार्य गरिहेको छ । बिना कार्यपालिकाको बैठक बसाएर आफू अनुकूल बजेट विनियोजना गरी रकम परिचालन गर्दै आएको हो’ उनले अगाडि थपिन, —सूचना माँग गर्दा पनि दिदैन ।’
उपमेयर मण्डलले विकासप्रति सबै प्रतिनिधि प्रतिबद्ध छन् । ५० जना सदस्य, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य मध्ये ३७ उहाँको विरोधमा छन् । के कारणले विरोध भई रहेको आफै अनुमान लगाउन सकिन्छ बताएकी छन् ।
त्यस्तै पत्रकार सम्मेलनमा नै कार्यपालिका सदस्य विनोद रामले हामी सबै नगरपालिकाको विकास चाहन्छौं । तर कार्यको सूचना माँग गर्दा सूचना लुकाउने, विकास निर्माणको कार्यमा उपभोक्ता समितिहरुले राखेको धरौटी फिर्ता गरेको छैन । विकासको निर्माणको कति रकम फिर्ता भयो कति बाँकी वडा अनुसारको विवरण समेत नदिने गरेको गुनासो पोखेका छन् ।
कार्यपालिका सदस्य रामले भने, ‘कोभिड १९मा प्रदेश सरकारले दिएको र नगरपालिकाद्वारा खर्चिको रकम पादर्शिता हुनुपर्छ ।’
उनले नगरभित्र एम्बुलेन्स र वारुण यन्त्र नहुँदा स्थानीयवासीको स्वास्थ्य खराब हुँदा निक्कै समस्या आउने गरेको छ । बोर्डमिटिङ्गबाट एम्बुलेन्स र बारुण यन्त्र खरीदका लागि निर्णय पास भएपनि अहिलेसम्म नगरेको प्रति आक्रोश समेत पोखेका छन् ।
नगरपालिकाको कार्यको प्रगति, रकम विनियोजन, उपभोक्ताको बाँकी बक्यौता रकम, नियमित रुपमा बैसार बस्नु पर्ने लगायत ३७ बुँदे माँग राखी उनीहरु आन्दोलनमा उत्रेका छन् ।
पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य सहित अधिकांश वडा अध्यक्ष र वडा सदस्यहरु मेयरको विरुद्धमा गुनासो पोखेका छन् ।

No comments:

Post a Comment