Wednesday, September 9, 2020

जनकपुरधाममा विपी कोइरालाको १०६ जन्म जयन्ति मनाइयो


जनकपुरधाम, २४ भदौ । जनकपुरधाममा वि.पी. कोइरालाको भव्यता पूर्वक बुधवार १०६ औं जन्मजयन्ति मनाइएको छ ।
वि.पी. प्रतिष्ठान धनुषाका अध्यक्ष सुरेश कोइरालाद्वारा आयोजित ‘जन्म जयन्ति समारोह’मा पूर्व साँसद चन्द्रमोहन यादव, जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर बजरंग प्रसाद साह सहितले वीपी कोइरालाको तस्वीरमा मल्याअर्पण गरेका छन् ।
कार्यक्रममा सहभागीहरुले विपी कोइरालाको त्याग र बलिदानको चर्चा गर्दै वीपी जस्ता महामानवको पथमा हिड्नुपर्ने आवश्यकता रहेको धारणा राखेका छन् । उनीहरुले वीपी परिवर्तनकारी पुरुष रहेको भन्दै उहाँको पथलाई मनन गर्नुपर्ने बताएका छन् ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका बीपी १९७१ साल भदौ २४ गते जन्मिएका हुन् । राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि २००३ सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भएको थियो ।
२०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाई बहुमत पाएपछि पहिलो जननिर्वा्चिचत प्रधानमन्त्री बनेका बीपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे। तर उनी नेतृत्वको सरकारले २ वर्ष पनि काम गर्न नपाउँदै राजा महेन्द्रले पञ्चायती ब्यवस्था लागु गरेका थिए ।
बीपीको अगुवाइमाब २००७ सालको क्रान्ति सफल भएको थियो। राणा शासनको विरोध गर्दै गरिब किसानले लगाएका लुगा राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पठाएपछि बुवा कृष्णप्रसाद कोइराला भारत निर्वासनमा जानुपरेका थिए।
भारतमै रहँदा उनले भारतीय स्वतन्त्रता संग्राममा पनि भाग लिए। तर, भारतमा रहेर प्रजातन्त्र पुनःस्थापनाका लागि संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको निष्कर्षसहित उनी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका थिए ्र
उनले अपनाएको राष्ट्रिय मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ। क्यान्सर रोगले बीपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् ।
त्यसैगरी दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ। वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ।


No comments:

Post a Comment