Monday, March 30, 2020

कमर्सद्वारा विपन्नको घरघरमा खद्यान्न

जनकपुरधाम, १७ चैत । धनुषा चेम्बर एवं प्रदेश चेम्बरले गरिब, असहाय तथा दलित वस्तीमा गएर खद्यान्न लगायतका समाग्रीहरु वितरण गरेको छ । कारोना संक्रमितलाई न्यूनिकरण गर्नका लागि एक मानिसबाट अर्को मानिसमा नफैलियोस मध्यनजर गरी सरकारले लकडाउन गरेको छ । लकडाउनको कारण गरिब, असहाय तथा विपन्न परिवारलाई समस्या उत्पन्न भएको बेलामा कमर्सले घरघरमै पुगेर खाद्यन्न लगायतका समाग्रीहरु वितरण गरेको छ ।
सूचनाको आधारमा अति प्रभावित धनुषाको विभिन्न स्थानमा घरमै पुगेर ९६ परिवारलाई खाद्यान्न वितरण गरेको धनुषा चेम्बरका अध्यक्ष विजय साहले जानकारी दिएका छन ।
उनक अनुसार ५ किलो चामल, १ किलो दाल, २ किलो आलु, १ किलो नुन र स्वयाविन वितरण गरिएको हो । सरकारले कोरोना भाइरसको महामारीबाट बच्न गरेको लकडाउनको कारण समस्यामा परेका अतिविपन्न , ज्यालादारीमा काम गर्ने मजदुर, असहाय, एकल महिलाहरुलाई सूचनाको आधारमा वितरण गरिएको उपाध्यक्ष मिश्रको भनाइ छ । राहत वितरण गर्न चेम्बर धनुषाका अध्यक्ष विजय साहको नेतृत्वको टोली पुगेको थियो ।

No comments:

Post a Comment