Wednesday, March 18, 2020

तीन ‘स’कै कारण दलित पछाडि’

जनकपुरधाम, ५ चैत । प्रदेश २ कम्युनिष्ट पार्टीका सचेतक एवं प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले तीन ‘स’कै कारण दलित समुदाय पछाडि परेको दावी गरेका छन् ।
साँसद विश्वकर्माले भने, ‘दलित समुदायमा शिक्षाको कमी, सम्पतिको अभाव र सत्ताबाट वन्चित छन् ।’
दलित गैरसरकारी संस्था महासंघद्वारा जनकपुरधाममा आयोजित प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटमा दलित समुदायको सरोकार विषयक ‘अन्तरक्रिया’ कार्यक्रममा प्रदेश साँसद विश्वकर्माले सामाज र राष्ट्रका निर्माता नै दलित हुन । किसान, ठुलठुल्ला घर निर्माण मजदुरको कार्य गर्ने दलित हुन, बाँस समाग्रीदेखि लिएर अन्य समाग्री बनाउने दलित हुन, तर त्यसमा सुख र आनन्द उच्च वर्गले लिने गरेको बताएका छन् ।
महासंघका कार्यकारी  अध्यक्ष भक्तबहादुर विश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साँसद विश्वकर्माले दलित मुक्तीको लागि संघर्ष र आरक्षण हुनुपर्ने र त्यसका लागि सबै दलितहरु संगठित भएर अगाडि बढ्नुपर्ने जोड दिएका छन् ।
त्यस्तै अर्का साँसद शोभा लामाले दलितको उत्थान र अधिकारका लागि पार्टीबाट माथि उठेर कार्य गरी देखाउनुपर्ने बताएका छन् । उनले भने, ‘दलित शसक्तीकरण पास भएर हुँदैन, दलितलाई आफ्नो कार्य आफै गर्न दिएमा मात्र आर्थिक सम्पन्नता र अधिकार सुनिश्चित हुन्छ ।’ दलितलाई बचत गर्ने बाणी र शिक्षा आर्जनतर्फ पनि आफै अगाडि बढ्नुपर्छ उनले भने ।
कार्यक्रममा सीता गुरुंग, रविन्द्र बैठा, शर्मिला महरा, सुनिता राउत सहितका व्यक्तिहरुले आफ्ना विचार राखेका थिए । कार्यक्रममा प्रदेश २ कै दलित समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।


No comments:

Post a Comment