Monday, March 2, 2020

‘असहायलाई असहाय मञ्चले गराए विहे’


जनकपुरधाम, १९ फागनु । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. १० मा बस्ने एकजना असहायको छोरीको विहेमा असहाय संरक्षण मञ्चले नगद तथा विहेमा दिइने सामानहरुबाट सहयोग गरेको छ । असहाय संरक्षण मञ्च नेपालका अध्यक्ष वैद्यनाथ साहले रामपृत मण्डलकी छोरी चाँदनी कुमारी मण्डलको विहेमा एकथान टेबुल, रेक, कपडा, कुर्सी चारथान, दराज एकथान, टंूक एकथान, साडी, खानेतेल, अलमाली, नास्ता तथा खानाका सम्पूर्ण समाग्रीहरु प्रदान गरेको बताएका छन् ।
सर्लाहीको लालबन्दी हिरापुर बस्ने भिखारी मण्डलको छोरा संजु कुमार मण्डलसँग सोमवार राति उनको विहे भएको छ । रामपृत मण्डललाई ६ वटा छोरी रहेको छ भन्ने उनीसँग घडाडी बाहेक केही नरहेको बताइएको छ । परिवारमा एकजना कमाउने गरेकोले छोरी विहेमा निक्कै समस्या परेपछि मञ्चका अध्यक्ष साहले सामाजबाट आर्थिक तथा समाग्रीहरु संकलगन गरी सहयोग गरेको बताएका छन् ।
समाजिक अभियन्ता धर्मेन्द्र साहले आफ्नो फर्निचरबाट पलंग, कुर्सी लगायतका समाग्रहिरु सहयोग गरेकोछ भन्ने बद्री साह लगायतका व्यक्तिहरुले रामपृतको छोरीको विहेमा सहयोग गरेको अध्यक्ष साहले बताएका छन् । यो भन्दा अघि असहाय संरक्षण मञ्चले तीनवटा असहायलाई विहे गराउनमा सफल भएको छ ।


No comments:

Post a Comment