Saturday, March 21, 2020

जनकपुरधाममा ५० बेडको क्वारेन्टाइन स्थापना, शंकास्पद व्यक्तिलाई १४ दिने राख्ने व्यवस्था



जनकपुरधाम, ८ चैत । विश्वभरिमा फैलिरहेको कोरोना भाइसलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकाको पहलमा ५० बेडको क्वारेन्टाइनको स्थापना हुने भएको छ ।
उपमहानगरपालिका वडा नं. १३ स्थित मणिपाल टिचिङ्ग हाँस्पिटलका लागि निर्माण गरिएको भवनमा तत्काल ५० वेडको आइसुलेसन सेन्टर निर्माण गर्न लागिएको बताएका छन् । सोको लागि पूर्वाधार निर्माणमा उपमहानगरपालिका, उपकरण तथा चिकित्सकलाई तालिममा प्रदेशका स्वस्थ्य निर्देशनालयले सहयोग पुर्याउने भएको छ ।
जनकपुरधाम उमपहानगरपालिकाका मेयर लालकिशोर साह, उपमेयर रिता कुमारी मिश्र, प्रमुख जिल्ला अधिकारी, प्रदेश सरकारका स्वास्थ्य निर्देशनालयका विजय झा, सोही वडाका वडा अध्यक्ष शुभनारायाण मण्डल सहित नागरिक समाजले शनिवार सो स्थललाई अनुगमन गरेका छन् ।
कोरोनाको शंका लागेका विरामीहरुलाई पहिला त्यहाँ चेकजाँच गर्ने शंकाष्पद विरामीलाई १४ दिनसम्म राख्ने व्यवस्था मिलाइने छ । संक्रमण पाइएमा जानकी मेडिकल कलेज, प्रादेशिक अस्पताल र सिटी अस्पतालको आइसोलेशनमा राखिने उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बताएका छन् ।
यता जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत कोरोना परिक्षणमा खटेको डा.संतोष कुमार साहले सुरक्षाकर्मीहरुलाई कोरोना बारे प्रशिक्षण दिइरहेका छन् । अहिलेसम्म नेपालमा कोरोना भाईरसको संक्रमण नदेखिएपनि सुरक्षा र भाईरसबाट बच्ने उपाय सम्वन्धी तालिम प्रदान गरिदै छ । तालिममा मास्क लगाउने, हात धुने, सेनेटाइजरको प्रयोग रोगको देखापर्ने लक्ष्ण र उपचारको विषयमा जानकारी दिइदै छ । दम फुल्ने, रुघाखोकी लाग्ने, एक्कासी ज्वारो लाग्ने, दिशा पातलो आउने जस्ता लक्ष्णहरु देखिएपछि उपचारमा ध्यान दिनुपर्ने तालिममा सहभागि चिकित्सको भनाई छ । यो रोगबाट सुरक्षित रहन र अरुलाई कसरी बचाउने लक्ष्ण देखिए नजिकको अस्पतालमा पु¥याउने, भेला नगर्ने, भिडभाड क्षेत्र जस्तै बजारहरुमा अनावयश्क नजाने सर्तकताका विषय हुन । सकभर बजारको खानेकुरा पनि बढि नखाने बानी बसाउन आवयश्क छ ।
त्यस्तै उपमहानगरपालिकाले विभिन्न ठाउँमा स्वस्थ्य खानेपानी तथा साबुन राख्ने व्यवस्था गर्न लागेको बताइएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाको पहलमा प्रदेश सरकारको स्वस्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय सहितका निकायले ती ठाउँमा क्वाइरेन्टान स्थापना गर्ने सुझाएका छन् । तीनदेखि ५ पाँचभित्रमा सो क्वाइरेन्टानन सञ्चालनमा आउन लागेको हो ।
अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) विश्वका १ सय ८६ देशमा फैलिसकेको छ । नेपाल र प्रदेशमा अहिले सम्म संक्रमणको पुष्टी नभए पनि विश्वभर ११ हजार ४१७ जनाको मृत्यु भई सकेको तथ्यांक बाहिर आएको छ ।
जनकपुरधाममा शंका लागेको व्यतmीलाई छिटटै उपचार गराउन उपमहागनरपालिकाले आइतवार देखि टोल फ्रि नम्बर शुरु गर्न लागेको हो ।


No comments:

Post a Comment