कैलास दास
सधैं सरसफाई र प्रहरीको नजिक पुगेर चर्चा बटुल्ने अभियानीहरु अहिले हराई नै सकेको छ । सामाजिक अभियन्ता हुँ भनेर धाक देखाउनेहरुको चर्चा पनि सेलाई सकेका छन् । यो बुद्धिमानी हो कि आफूलाई जोगिने बाटो अहिले शब्दले ब्याख्या गर्ने समय छैन । हुनतः सामाजिक अभियन्ता कहिलेपनि थाक्दैन, थाकेपछि अभियान नै सफल हुँदैन विज्ञहरु मान्दछन् ।
कोरोना भाइरस महामारीबाट संसार नै त्राहिमान छन् । यस्तो बेलामा सजग र सचेत हुनु नै बुद्धिमान होला । सरकार र डब्लुएचओले गरेको निर्णय पालना गर्नु नै उचित होला । तर जनकपुरधाममा यस्ता पनि अभियानीहरु छन् जसले आफ्नो ज्यानको परवाह नगरिकन सामाजिक अभियानमा जुटेका छन् । संसार बाँचेमा आफूपनि बाँच्ने र संसार नै बाँचेन भने आफू कुन कामको सम्झेर विहानदेखि बेलुकासम्म गरीब दीनदुःखी र प्रहरी प्रशासनको सेवामा समर्पित रहिरहन्छ ।
सरकार लकडाउन अर्थात मानिसलाई घरबाट ननिस्कन आव्हान गरेका छन् । त्यसको पालनाका लागि सरकारले गाउँदेखि सहरको विभिन्न चौकहरुमा प्रहरी खटाइएको छ । मुखमा मास्क लगाए र लठी लिएर जनतालाई सम्झाउने गर्दछन् प्रहरी । यसो हेर्दा उनी पनि असुरक्षित छन् । खानको ठेकान छैन, डियुटीको बेलामा सुरक्षाका लागि हुने पिपीई लगायतको समाग्री छ्रैन । यस्तै अवस्थामा स्वस्थ्यकर्मीहरु पनि छन् । यो त राष्ट्रभक्तको कुरो भयो । केही समाजिक अभियन्ताहरु पनि यो भन्दा कम छैन ।
लकडाउन भएको पहिलो दिनदेखि नै सामाजिक अभियन्ता वैद्यनाथ साह र धर्मेन्द्र साहले गरेको कार्य निक्कै चर्चा बटुलेका छन् । सुनसान सडक । चौक चौकमा मास्क लगएका केही प्रहरी मात्र उभिएको । कहिलेकाही एक दुईजना बाटोमा हिड्दै देखा पर्दा प्रहरीले सोधपुछ र लठ्ठी भाज्दै सम्झाउने गरेको बेलामा यी दुबै अभियन्ताले प्रहरीलाई पानी खुवाउने पुगे । एउटै मोटरसाइकलमा दुबै जना पानी बोकेर प्रहरीलाई बाँड्दाको दृश्य विशेष गरी प्रहरीका लागि हृदयविदारक बनाएका छन् ।
जनकपुरधामको भानुचौक, शिवचौक, जनकचौक, कदमचौक, विद्यापति चौक, विश्वकर्मा चौक, जिरोमाइल, भ्रमरपुराचौक, रामानन्दचौक, पिडारी चौक, शुभचौक लगायतका ठाउँमा उभेका प्रहरीलाई दुबैजनाले चाउचाउ र पानी बाँडेका छन् । त्यति मात्र होइन, रंगभूमी मैदान, गरिबी टोलमा गएर खाद्यन्न समेत बाडेका छन् । संक्रमणको बेलामा आफू बच्नु र अरुलाई बचाउनु उचित होला । तर जहाँ स्थानीय, प्रादेशिक र संघीय सरकारले सक्रियता देखाउन सकेन त्यस्ता बेलामा यी अभियन्ताले गरेको कार्यलाई सलाम गर्नै पर्दछ ।
असहाय संरक्षण मञ्चका वैद्यनाथ साह अध्यक्ष हुन भने धर्मेन्द्र साह सचिव हुन । यी दुबै थाकेभने अभियान सफल हुन नसक्ने विश्वासका साथ आपतकालिनको बेलामा मात्र होइन, सधैं सामाजिक क्षेत्रमा कार्य गरिरहेका छन् । गरीब, दीनदुःखीलाई उपचार गराउने, असहायलाई सहयोग गर्ने, सरसफाई गर्ने आफ्नो दीनचर्या नै ठानेका छन् ।
जनकपुरधाममा धेरै यस्ता समाजिक अभिन्ताहरु छन् जसले आफ्नो अभियानलाई राजनीति सिढी बनाएर राम्रो ठाउँसम्म पुगेको छ । धेरै यस्ताहरु छन् जसको लक्ष्य अगामी यस्तो हुन सक्छ । ती मध्ये अहिलेसम्म यी दुबैको लक्ष्यको बारेमा भन्न नसकिने अवस्था हुँदाहुँदैन सामाजिक क्षेत्रमा जुन प्रकारले कार्य गरिरहेको त्यसको प्रशांस गर्नै पर्दछ ।
धनुषाबासीका लागि विपत्को बेलामा सधैं समाजिक अभियन्ता र समाजिक संगठनले नै सहयोग गर्दै आएको इतिहास हो । त्यो चाही भूकम्पको बेला होला वा बाढी, चिसोको बेला किन नहोला ? अन्य प्रदेशको अपेक्षा प्रदेश २ मा सबभन्दा बढी गरीबहरु छन् । यस प्रदेशमा यस्ता व्यक्तिहरु पनि छन जसले दैनिक ज्यालादारी गरी जिविको पार्जन गर्दै आएका छन् । चैत ११ गतेदेखि लकडाउन पश्चात् उनीहरुको भोकभोकै बस्ने अवस्था आई सकेको छ ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लकडाउनको अलावा कुनै उपाय पनि छैन । तर यस्तो पनि अवस्थाछ कि कोरोना भाइरसबाट जोगियो भने भोकभोकै मर्न सकिन्छ । त्यसका लागि वर्तमान अवस्थामा केही सामाजिक संगठनहरु राहत लगायतका सामाग्रीहरु वितरण गरिरहेका छन् । जनकपुर उद्योग वाणिज्य, धनुषा चेम्बर अफ कमर्स, मारवाडी सेवा समिति, वैश्वय समाज, असहाय संरक्षण मञ्च छन् जसले कोरोना भाइरसबाट बचोस् र अन्न बिना कुनै पनि व्यक्ति नमरोस अभियानमा जुटेका छन् । कोरोना भाइरसबाट विश्वमा करीब ३४ हजार मानिसको मृत्यु भई सकेको छ भने साढे पाँच लाख व्यक्तिमा संक्रमण देखिएको छ ।

No comments:
Post a Comment