Saturday, March 7, 2020

भुक्तानीमा पनि कोरोना भाइरस लाग्योः मन्त्री सोनल

जनकपुरधाम, २३ फागुन । भौतिक पूर्वाधार तथा योजना विकास मन्त्री जितेन्द्र सोनलले व्यग्य कस्दै भने, ‘विश्वसलाई जसरी कोरोना भाइरसले भयभित बनाएको छ, त्यस्तै नै यस प्रदेशको नामाकरण तथा तथा स्थायी राजधानी घोषणामा उपभोक्ता समितिको भुक्तानीमा कोरोना भाइरस लागेको जस्तै हो ।’
जनकपुर उद्योग वाणिज्य संघद्वारा शुक्रवार आयोजित ‘होली मिलन’ समारोहमा मन्त्री सोनलले हुनतः प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम नै हुन्छ, तर प्रक्रियामा होलीपछि जाने बताएका छन् ।
उनले होली कृषिमा आधारित पर्व रहेको भन्दै यस पर्वमा कुनै पनि जातजाति, समुदाय साना र ठूलो हुँदैन । रंग अबिरले सबैलाई एकनास बनाउनको मतलव नै हो भाईचारा र पुराना कुराहरु विर्सेर नयाँ किसिमबाट जीवनयात्राको शुरुवात गर्नु । सामानताको प्रतिको रुपमा होली रहेको जिकिर गरेका छन् ।
संघका अध्यक्ष ललित साहको अध्यक्षतामा भएको सो कार्यक्रमका विशिष्ट अतिथि जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लालकिशोर साहले कोरोना भाइरस वर्तमान अवस्थामा मानिसलाई भयभित बनाएकोले जनकपुरधाममा तीनवटा ठाउँमा स्वस्थ्य हेल्थ पोष्ट राख्न लागेको बताएका छन् । उनले भने, ‘स्वस्थ्य परीक्षणका लागि जानकी मन्दिर, बस पार्क तथा जनकपुर एयरपोर्टमा हेल्थ पोस्टको व्यवस्था हुनेछ ।’
मेयर साहले कोरोना भाइरसबाट सर्तक रहन आग्रह गर्दै  सरसफाईमा जुट्न बताएका छन् । उनले हाथदेखि लिएर नगरसम्मको सफाई भएमा  रोग आफै भाग्ने जिकिर गरेका छन् ।
कार्यक्रममा प्रदेश साँसद परमेश्वर साह, जानकी मन्दिरका महन्थ रामरोशन दास, पूर्व मेयर बजरंग प्रसाद साह, जिल्ला समन्वय समितिका अध्यक्ष रामदेब बनरैत, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कर्णेल, शिवशंकर साह हिरा, इ. प्रकाशचन्द्र, रमेश साह, निर्मल चौधरी, मनोज साह सहितका व्यक्तिहरुले शुभकामना आदान प्रदान गरेका छन् ।

No comments:

Post a Comment