Thursday, March 12, 2020

जनकपुरधामको पेठिया बजारमा भव्य मटकोफोड


जनकपुरधाम, २९ फागुन । होलीको अवसरमा जनकपुरधाम उपमहानगरपालिका वडा नंं ६ स्थित पेठिया बजारमा युवाहरु भव्य समारोहबीच मटकोफोड कार्यक्रम गरेको छ ।
मटकाफोडका विजेता अमर पासमानलाई मायाको चिन्हो र सम्मानपत्रबाट सम्मानित गरेको छ ।
स्थानीय युवा समाजसेवी धर्मेन्द्र कुमार साहको अध्यक्षतामा भएको मटकाफोड कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा साँसद प्रमोद साहले होलीको शुभकामना दिंदै भने,‘मोटकाफोड कार्यक्रमबाट युवाहरुमा शारीरिक स्वस्थ्यता तथा प्रतिभा उजागर हुनेछ । खेलकुदमा युवाहरु अगाडि आएमा मात्र समृद्ध प्रदेशको परिकल्पना गर्न सकिन्छ ।’
प्रतिनिधि सभा साँसद साहले पर्व त्योेहारको बेला मात्र होइन, युवाहरुलाई खेलमा ल्याउनका लागि बेलाबेलामा खेलकुद सम्बन्धी कार्यक्रम गरी राख्न युवाहरुलाई आग्रह समेत गरेका छन् ।
पेठिया बजारमा विगत २०वर्षदेखि मटकाफोड कार्यक्रम हुँदै आएको समाजसेवी धर्मेन्द्र साहले बताएका छन् । उनले पेठिया बजार तथा जानकी नगरका युवाहरुले संयुक्त रुपमा यो आयोजना गरेको जानकारी समेत गराएका छन् । मटकोफोड कार्यक्रममा प्रदेश सभा सदस्य तथा राजपा सचेतक परमेश्वर साह, वैद्यनाथ साह, जगदीश महासेठ, प्रमोद यादव,जीवछ साह, सरोज साह, पवन साह, पत्रकार ओम प्रकाश साह नेपाली सहितले आफ्ना विचार राखेका थिए ।

No comments:

Post a Comment