Sunday, March 22, 2020

नगरभित्र हैण्डवासको व्यवस्था, मेयर साहद्वारा सतर्क रहन सबै नागरिकमा आग्रह


जनकपुरधाम, ९ चैत । विश्वभरि कोरोना भाइरस फैलिरहेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्रको विभिन्न ठाउँमा हैण्ड वास अर्थात हात धुने व्यवस्था गरिएको छ ।
कोरोनाको लक्षण मध्ये सरसफाई आवश्यक रहेकोले त्यसलाई मध्यनजर गरी उपमहानगरपालिकाले नगरभित्रको विभिन्न चौकहरुमा पानी र साबुनको व्यवस्था गरिएको छ । बजारमा सर्वसाधारण व्यक्तिले जथाभावी रुपमा चिया, नास्ता लगायतका सामाग्रीहरु खाने गरेकोले त्यसबाट कोरोना भाइरस सर्ने सम्भावना रहेको देखिन्छ । त्यसलाई मध्यनजर गरी जनकचौक, भानु चौक, जटह िबस स्टेण्ड, कदम चौक, बस स्टेण्ड, पिडारी चौक, विश्वकर्मा चौक लगायतमा पानी तथा हाथ धुने साबुनको व्यवस्था गरेको जनाएको छ ।
त्यस्तै उपमहानगरपालिकाले विभिन्न ठाउँमा मास्क समेत वितरण गरेको जनाइएको छ । अदृश्य रुपमा रहेको कोरोना भाइरस अहिलेसम्म नेपालमा फेला नपरेपनि सतर्क रहन उपमहानगरपालिकाका मेयर लालकिशोर साहले सबैसँग आग्रह गरेका छन् ।
मेयर साहले भने,‘अहिलेसम्म नेपालमै कोरोना भाइरस फेला परेको छैन । तर नेपाल अछुतो रहने छ भन्न पनि सकिने अवस्थामा छैन । त्यसैले सतर्कता अपनाउनु सबैको नागरिक समाजको दायित्व हो ।’
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ मा क्वारेण्टाइनको व्यवस्था गरिएको छ । शंका लागेमा कम्तिमा १४ दिनसम्म राख्ने सबै व्यवस्था छ मेयर साहले भने ‘नगरभित्र प्रवेश गर्नका लागि ठाउँ ठाउँमा हात धुने व्यवस्था समेत गरिएको छ ।’
उनले हल्लाको पछाडि नपर्न तथा सर्तकता अपनाउन सबैमा आग्रह समेत गरेका छन् ।


वीरगञ्जमा एकजनामा कोरोना भाइरस, पुष्टी  हुन बाँकी
वीरगञ्जका एकजनालाई कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ६७ वर्षीय शिवकुमार रुंगटालाई पटना मेडिकल कलेजमा चेकजाँच गराउने क्रममा कोरोना संक्रमणको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले आज पुष्टी भएको सार्वजनिक गरेका हुन् ।
भारतबाट सात दिनपहिले नेपाल फर्केका रुंगटा चारदिनअघि अस्वस्थ भएपछि वीरगञ्जको एक अस्पतालमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि पटना पुगेका थिए। उनको मिर्गौला प्रत्यारोपणा गरिएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखिएको छ । साथैउनको परिवारलाई पनि आइसोलेसनमा राखेको भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरे पनि स्थानीय स्तरमा यसको अधिकारीक पुष्टी भएको छैन् ।

भारत र चीनसंगको सबै सीमाना एक साताका लागि बन्द
नेपाल सरकारले भारत र चीनसँगको सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्री परिषद बैठकले सोमबार बिहान १० बजेदेखि दुवैदेशको नाका एकसाताका लागि बन्द गर्ने निर्णय गरेको हो ।
भारतमा कोरोना भाइरस संक्रमण विस्तार हुँदै जाँदा सरकाले यस्तो निर्णय गरेको हो । मन्त्री परिषद बैठकले कोरोना महामारी रोकथामका लागि ५० करोड रुपैयाँको कोष पनि स्थापना गर्ने निर्णय गरेको छ ।
कोषमा सबै मन्त्रीले एक महिनाको तलब सहयोग गर्ने जनाएको छ । सो कोषमा इच्छुक सबैले सहयोग गर्न सरकारले आह्वान गर्ने निर्णय पनि गरेको छ ।




No comments:

Post a Comment