Friday, March 27, 2020

विचल्लीमा रुघाखोकी र ज्वारोका बिरामी

जनकपुरधाम, १४ चैत । विश्वभरि फैलिएका कोरोनाको कारण अन्य रोगीहरुको उपचार पनि हुन नसक्दा पीडित बन्दै गएको छ ।
चैत मसान्तामा विशेष गरी तराईमधेशका जिल्लाहरुमा रुघाखोकी, ज्वरो, बच्चाहरुमा निमोनिया लाग्नु समान्य कुरा हो । तर उनीहरुको पनि वर्तमान अवस्थामा उपचारबाट वन्चित हुन थालेको छ । रुघाखोकी लागेका, ज्वरो लागेका व्यक्तिहरु उपचारको लागि सरकारी तथा निजी अस्पतालमा जाँदा पनि चिकित्सिकहरुले उपचार गर्न नमानिरहेको स्थानीयहरुको कथन छ ।
कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग रहेकोले त्यसबाट त्रसित चिकित्सकहरु पनि उनीहरुलाई उपचार गर्न मानिरहेको छैन । चिकित्सकहरुलाई विशेष गरी कोरोना भाइरसबाट बाँच्नका लागि उपकरणको अभावको कारण असुरक्षित महसुस गर्दै आएका छन् ।
करोनाको लक्षणसँग तराई मधेशका जिल्लाहरुमा मानिसहरुमा यस्ता रोग लाग्नु समान्य कुरा हो । तर अहिलेको अवस्थामा सचेत भएर बस्नुपर्ने चिकित्सक एसके सिंह सुझाउँछन् । उनले भने, ‘वातावरणमा बदलाव आईसकेको छ । विश्व अहिले कोरोनाभाइरसबाट त्राहिमाम छ । बिरामीलाई होइन, अहिलेसबैलाई सतर्कता अपनाउनु आवश्यक छ ।’
विश्वको तथ्यांक अनुसार अहिलेसम्म २२ हजार बढी व्यक्तिको कोरोनाभाइरसबाट मृत्यु भई सकेको र ४ लाखबढी संक्रमित छन् । तर नेपालमा चिकित्सकहरुका लागि चेकजाँचको क्रममा सुरक्षा उपकरणको अभाव रहेको छ । सुरक्षा उपकरणको अभावको कारण समान्य रुघाखोकी लागेमा निजी तथा सरकारी अस्पतालहरु पनि उपचार नगरिकन क्वारेन्टाइन पठाउन थालेको छ । यसले गर्दा बिरामीहरु अस्पताल जान्न मानिरहेको छैन । बिरामीहरु अस्पतालमा उपचारका लागि  गएपनि उपचार भई रहेको छैन ।
चिकित्सक सिंह भन्छन् ‘अहिले विश्वमै संकटकाल लागेको छ । यस्तो अवस्थामा तराई मधेशका जनतालाई खानपिन र सफाईमा बढी ध्यान दिनुपर्दछ । सक्दो चिसो वा तरल पदार्थ खानु हुँदैन । विदेशबाट आएका व्यक्तिहरुसँग टाढै बस्नुपर्छ ।’
काव्य अस्पतालका सञ्चालक समेत रहेका चिकित्सक सिंहले फिवरका रोगीहरुलाई प्रायः अस्पतालले छुट्ै कोठाको व्यवस्था गरिएको छ । हामीहरु पनि गरेको बताएका छन् । उनले वर्तमान अवस्था संकटग्रस्त छन यसमा कुनै दुईमत छैन । तर उपचार गर्न अस्पताल वा चिकित्सक मान्दैन यस्ता कुरा सुन्नु दुर्भाग्य रहेको बताएका छन् ।

No comments:

Post a Comment