Wednesday, March 4, 2020

‘जनकपुरधाको २० वर्षिय योजना तर्जुमा’

जनकपुरधाम, २१ फागुन । जनकपुरधामलाई २० वर्षे योजना तर्जुमा तयार पारिएको छ । अहिलेको जनकपुरधाम र अगामी २० वर्षपछि देखिने जनकपुरधामको परिकल्पना गरी विज्ञहरुले योजना तर्जुमा तयार पारिएको हो ।
जनकपुरधाम उपहानगरपालिकाद्वारा आयोजित दुई दिवसीय ‘जनकपुरधाम सन् २०४० ः दूरगामी सोच निर्धारण तथा समावेशी आर्थिक योजना तर्जुमा गोष्ठीबाट सो योजनाहरु तयार पारिएका छ ।
तयार पारिएको योजनाहरुमा दिगो लक्ष्य, उद्देश्य, समस्या, चुनौती,  अवसर, बाधकलाई समेत समेटिएको छ ।
सहभागी विज्ञहरुले विभिन्न समूहमा विभाजित भई विभिन्न बुँदामा आ आफ्ना विचारहरु सुझाएका छन् । जनकपुरधामको चौतर्फी विकासका लागि पहिलो प्राथमिकता पर्यटन क्षेत्रलाई दिनुपर्ने र त्यसका लागि जनकपुरधामलाई हिन्दुहरुको ‘वैवाहिक हँव’को विकास गर्ने, यहाँका धार्मिक महत्वलाई उजगार गरी देशविदेशमा प्रचारप्रसार गर्ने रहेछ । त्यस्तै मूर्त साँस्कृतिक सम्पदाहरुको पहिचान गरी संरक्षण गर्ने, मूर्त तथा अमूर्त साँस्कृतिक सम्पदाहरुको दिगो विकासका लागि दैनिक जीवनोपयोगी बाउने र आर्थिक दिगोपन हुने किसिमको विकास गर्ने रहेछ ।

त्यस्तै सम्पदाहरुको उपयोग र प्रयोगको मौलिकता, मूल्य मान्यता प्रतिकुल प्रभाव नपर्नेगरी भावी सन्ततिले समेत वर्तमान पुस्ता उपयोगिताको तह र हदसम्म नै उपयोग गर्ने। जातिगत लैगिंक सीमान्तकृत,अल्पसंख्यक, तेस्रो लिंगी समुदाय समेतको प्रतिनिधित्व र सहभागिता गराउने, संस्कृति सम्पदाको क्षेत्र निर्धारण गरी त्यसको वरिपरि प्रदूषण उत्र्सजन नगर्ने र सोबाट बचाउने । संस्कृति सम्पदाहरुको परिसरभित्र फोहरमैला उत्पन हुने किसिमको सामाजिक संस्कृतिक, व्यवसायिक क्रियाकलापमाथि रोक्न लगाउने, सम्पदा गुठी मन्दिरको व्यवस्थापन र सोसँग सम्बन्धित आर्थिक क्रियाकलाप जनसहभागिता बढाउने, सम्पदाहरुको आवश्यक उपयुक्त मर्मत संभार, संरक्षण, पुनर्निर्माण र पुर्नस्थापन गर्ने ।  पुननिर्माण र व्यवस्थापन र्दा दक्ष, विज्ञ इन्जिनियर, संस्कृतिविद्को परामर्शसेवा प्राप्त गरी मात्र उक्त कार्य गर्ने रहेको छ ।
त्यस्तै जनकपुरधामलाई आर्थिक रुपमा सवल पार्नका लागि यहाँका कृषि क्षेत्र, शैक्षिक क्षेत्र, उद्योग धन्दा, संस्कृतिक संरक्षण, गुणस्तरीयतालाई पनि योजना तर्जुमा राखिएको छ ।
जनकपुरधामको माछादेखि लिएर कृषि र पहिरणसम्मको योजना तयार पारिएको छ । अगामी २० वर्षमा जनकपुरधामको विकास गर्ने हो भने तयार पारिएको लक्ष्यमाथि जनकपुरधाम उपमहानगरपालिका सहितको निकायलाई अगाडि बढनुपर्ने सहभागीहरुले सुझाएका छन् ।
सहभागी विद्हरुले जनकपुरधाममा पर्यटन मात्र होइन, यहाँका मठ मन्दिर, सरसरोवर संरक्षण सम्बद्र्धन तथा सौन्दर्यीकरण र महत्वलाई उजागार गर्ने, कृषि, कलकारखाना, उद्योग धन्धा, स्कूल÷कलेज, जानकी मन्दिर दर्शन  र सीताको स्टेचु लगायतका योजनालाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले यहाँबाट तयार पारिएको योजना तर्जुमामाथि लक्षित भई कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । उनले यसका लागि प्रदेश र संघीय सरकार लगायत अन्य मुलुकका दातृहरुलाई गुहार्ने प्रतिबद्धता जनाएका छन् ।

No comments:

Post a Comment