Sunday, February 3, 2019

मेयर साहले भने– मसँग ‘प्रमाण’ छ, जनकपुरधामलाई धरासायी गर्ने षडयन्त्र हु“दैछ


जनकपुरधाम, १९ माघ । जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लालकिशोर साहले जनकपुरधामलाई धरासायी गर्ने दलकै नेता लागेको आरोप लगाएका छन् ।
जनकपुर उद्योग वाणिज्य संघको ५२ औ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा मेयर साह सो कुरा बताएका हुन । उनले काँग्रेस तर्फ संकेत गर्दै भने, ‘मसँग प्रमाण छ । जनकपुरधामको विकासलाई रोक्न प्रयास हुँदैछ, भएको कार्यलाई पनि धरासायी गर्ने षडयन्त्र भई रहेको छ ।’ अहिले नाम नभन्ने, तर समय आएमा नाम पनि भन्छौ, राजनीतिक लडाई राजनीतिक तवरबाट हुनुपर्छ, नकि विकासको कार्यलाई अवरोध वा षडयन्त्रपूर्वक धरासायी गरे उनले भने ।
मेयर साहले जनकपुरधामका लगानी गर्नका लागि ठुलठूल्लाहरु व्यापारीहरु आतुर छन् । तर त्यसको लागि वातावरण सृजना हुन नसक्दा हिच्कीचच्याई रहेको बताए । संघीय सरकार र प्रादेशिक सरकारलाई त्यस्ता वातावरण बनाई दिनुपर्ने जिकिर गरेका छन् । उनले पोखरा र जनकपुरधामको विकासका लागि ४० अर्ब रुपैया विनियोजन हुने थियो । तर पोखरामा भएको छ, जनकपुरधाममा भएन, यसपछाडि पनि ठूलै षडयन्त्र रहेको बताएका छन् ।
उनले श्रीलंका र जनकपुरधामबीच रिलेशनशीप छ्ट्टिै बन्ने छ, दुई चारदिनमै सो कुरा अगाडि बढ्ने दावी समेत गरेका छन् । जनकपुरधामको विकासका लागि जनकपुर उद्योग वाणिज्य संघ जनकपुरधाम उपमहानगरपालिका काँधमा काँध मिलेर हिड्न सधै तयार रहने बताए । उनले यहाँको विकासका लागि १६ वटा कार्यविधि तयार गरिसकेको र अझै धेरै बाँकी रहेको र त्यो पनि केही दिनमै तयार गर्न लागेको दोहोर्याएका छन् ।
संघका अध्यक्ष ललित साहको अध्यक्षतामा भएको सो कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रले जनकपुरधाम राजधानी भएपनि सबै खालको मान्छे अटाउने ठाउँ नरहेको बताएका छन् । उनले जथाभावी रुपमा यहाँका व्यापारीहरुले बाहिरबाट आउनेहरुसँग रकम असुली गर्ने गरेको दावी समेत गरेको छ । जनकपुरधाम महँगो शहरको रुपमा हल्ला फैलिएपनि कसैको ध्यान त्यसतर्फ नजानु दुःखद कुरा रहेको बताएका छन् ।
रमण कन्स्टूक्शनका सञ्चालक बलराम महतोले जनकपुर उद्योग वाणिज्य संघको हलमा ६ वटा एसी प्रदान गर्ने घोषणा गरेका छन् ।
जउवा संघको ५२ औ वार्षिक साधारणको अवसरमा तीनजना व्यापारीलाई मनार्थ सदस्यता प्रदान गरेको छ । मनार्थ सदस्यता बलराम महतो, रामनरेश प्रसाद साह र रमेश साहलाई प्रदान गरिएको छ ।  वार्षिक साधारण सभामा महासचिव जितेन्द्र कुमार महासेठले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
कार्यक्रममा पूर्व मेयर एवं जउवा संघ अध्यक्ष बजरंग प्रसाद साह, निर्मल कुमार चौधरी, जनकपुर भन्सारका प्रमुख रामेश्वर मिश्र सहितका व्यक्तिहरुले विचार राखेका छन् ।

No comments:

Post a Comment