Wednesday, February 13, 2019

फर्जी कागजात पेश गरी जागिर गर्दै कामु प्रशासक पाण्डे

जनकपुरधाम, १ फागुन ।  नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित जानकी आँखा अस्पतालका कामु प्रशासक रामनरेश पाण्डेले फर्जी कागजात पेश गरी अहिलेसम्म जागिर गरिदै आएको कर्मचारी युनियनले आरोप लगाएका छन् ।
कर्मचारी युनियनले अस्पताल परिसरमा नै बुधवार पत्रकार सम्मेलन गरी कामु प्रशासक पाण्डेको जागिरि अबधि पुरा भएपनि फर्जी कागजातहरु राखेर अहिलेसम्म अस्पतालमा कार्य गर्दै आएको कुरा दोहोर्याएका छन् ।
युनियनका अध्यक्ष नुतन कुमार झाले पहुँच नभएका तल्लो तहका स्थायी कर्मचारीलाई जागिरबाट अवकाश दिएका छन् । त अस्पतालको प्रशासनिक तथा कर्मचारी नियमावली मिची हालसम्म पदमा कायम रहेको पनि प्रशासक पाण्डेले अहिलेसम्म नदिएपछि युनियनको ध्यानाकर्षण भएको बताएका छन् ।
उनले भने, ‘पहुँच नभएका दुईजना कर्मचारीलाई एकाएक जागिर अवकाश प्राप्त लेटर थमाएर हटाएका छन् । तर पाण्डेको अवकाश पाउने अवधि सात महिना अघि पुगेपनि अहिलेसम्म बसेको छ ।’ पटकपटक पेश गरेको कागजातमा फरकफरक जागिर मिति रहेको अध्यक्ष झाले भने, ‘शुरुमा पेश गरेको कागजातहरुमा २०४५ रहेको र पछि पेश गर्दा २०४८ बाट जागिर शुरु गरेको छ ।’
अध्यक्ष झाले पाण्डेको अषाढ ५ गतेमै अवकाश हुनुपर्ने थियो । त्यसका वावजूद पनि नियम मिचिी हालसम्म पदमा कायम छ । कर्मचारीहरुले त्यसको विरोध गर्दा कथित नागरिक समाजका व्यक्तिलाई बोलाई तालाबन्दी समेत गराउने गरेको आरोप लगाएका छन् ।युनियन अध्यक्ष झाले २१ बुँदे माँगी राखेका छन् । माँग अनुसार पाण्डेलाई अविलम्ब अवकाश गर्नुपर्योर सो ठाउँमा योग्य तथा कुशल प्रशासक÷व्यवस्थापकको व्यवस्था हुनुपर्ने । गरिब निमुखा बिरामीसँग महँगो शुल्क लिई फेको अप्रेशनका नाममा चिकित्सकहरुलाई लाखौ रुपैया अवैधानिक रुपमा दिईदै आएको भत्ता खारेजी हुनु पर्यो । कर्मचारीअनुसार भत्तावृद्धि प्रतिशत फरक फरक हुने गरेकोले रेडक्रसको शिद्धान्तनुसार सबैसँग् समान व्यवहार हुनुपर्यो । औषधी तथा चश्मा पसलको खरिद लगायत सम्पूर्ण प्रक्रिया पारदर्शी तथा व्यवस्थित हुनुपर्यो । अस्पतालको ओपीडी तथा शल्यक्रिया सेवाको गुणस्तर घट्दै गईरहेकोले सोमा सुधार गर्नुका साथै कार्यालय समयमा शल्यक्रिया हुनुपर्यो । कुनै पनि पदपूर्ति गर्नुपर्दा विज्ञापनद्वारा मात्र भर्ना गर्नुपर्यो । अस्पतालमा रहेको शौचालयहरु सरसफाई तथा व्यवस्थित हुनुपर्यो लगायतका माँगहरु रहेका छन् ।सो अस्पतालमा कर्मचारी युनियनका एउटा अध्यक्ष मनोज कुमार तिवारी रहेका छन् भने अर्को नुतन कुमार झा छन् । दुबैले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।कामु प्रशासक रामनरेश पाण्डे र कर्मचारी युनियनको आन्तरिक विवादको कारण मंगलवार जानकी आँखा अस्पतालमा ताला बन्दी गरिएको थियो । तालाबन्दीको कारण विरामीहरु मर्कामा परेका थिए ।


No comments:

Post a Comment