Sunday, February 10, 2019

दलित समृद्ध भए,मुलुक समृद्ध हुन्छ ःसाँसद यादव


जनकपुरधाम, २६ माघ । नेपाली काँग्रेसका प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले दलित समुदाय आर्थिक, शैक्षिक तथा स्वस्थ्यको क्षेत्रमा समृद्ध भएमा समाज, प्रदेश र राष्टू समृद्ध हुने ठोकुवा गरेका छन् ।
जनकपुरधाम उपमहा नगरपालिका २० देवपुरा रुपैठा स्थित अम्बेडकर बचत तथा ऋण सहकारी संस्थाको सातौ वार्षिक साधारण सभाका प्रमुख अतिथि समेत रहेको साँसद यादवले यो प्रदेशमा सबभन्दा बढी दलितको संख्या रहेको छ । तर शैक्षिक, आर्थिक रुपमा निक्कै पिछडिएको रहेको भन्दै उनीहरुलाई अगाडि ल्याउन सबैको दायित्व रहेको बताएका छन् ।
साँसद यादवले भीमराव अम्बेडकरको जीवनमाथि प्रकाश पार्दैै भने, ‘अम्बेडकर दलितका बच्चा थियो, तर शैक्षिक योग्यताकै आधारमा उनले भारतको संविधान लेखेका हुन ।’ दलितहरु शिक्षित भएमा आर्थिक सम्पन्न समेत आउने उनले जिकिर गरे । उनले भने, ‘महिलाहरुमाथि जोड दिदै, महिला अगाडि आएमा उनीसँग पुरै परिवार अगाडि बढ्ने छ ।’
अम्बेडकर संस्थाका अध्यक्ष रविन्द्र दासको अध्यक्षतामा भएको वार्षिक साधारण सभामा साँसद यादवले सहकारीको विकास हाम्रो समाजमा दुईहजार वर्ष अघि भएको भन्दै सहकारी भन्नाले नै सबैको स्वामित्व र सहकार्य हुने बताएका छन् ।
कार्यक्रममा राष्टिूय सहकारी सघका अध्यक्ष धुब्रनारायण यादवले सहकारी मार्फत आर्थिक उन्नति गर्न सकिने ठूलो अवसर रहेको बताएका छन् । उनले थोरै थोरै रकम जम्मा गरी पछि जीविकोपार्जनका लागि राम्रो व्यवसाय गर्न सकिने छ । सहकारीबाट सहज रुपमा ऋण उपलब्ध हुने गरेको भन्दै आज सहकारीको विस्तार विकास नभएको भए वैदेशिक रोजगारी न्यूनिकरण हुन थिएन बताएका छन् ।
कार्यक्रममा संघका कोषाध्यक्ष रामनाथ दासले आ.ब. ०७४।०७५मा यो संस्थाले १२.३७ प्रतिशत वृद्धि गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरेका छन् । यस आर्थिक वर्षमा एक लाख ८८ हजार रहेको छ भने ०७५।०७६मा दुई लाख बढी पुर्याउने लक्ष्य रहेको बताएका छन् ।
कार्यक्रममा दलित नेता रघुनाथ दास सहितका व्यक्तिले विचार राखेका छन् ।

No comments:

Post a Comment