Wednesday, January 30, 2019

प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ माँग


जनकपुरधाम, १५ माघ । नेपाली काँग्रेसका नेता तथा पूर्व गृह एवं उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रदेश नं. २ को नाम ‘मिथिला(भोजपुरा’ नै हुनुपर्ने भन्दै यो नामाकरण नभएमा नेपाली काँग्रेस विरोध गर्ने बताएका छन् ।
शहीद दूर्गानन्द झाको ५५ औ पुण्य तिथिको अवसरमा आयोजित ‘पुष्पाञ्जली’ कार्यक्रममा नेता  निधिले यस प्रदेशको संस्कृति, संस्कार, भाषा सहितको आधारमा प्रदेशको नाम ‘मिथिला(भोजपुरा’ हुनुपर्ने जिकिर गरेका छन् । उनले प्रदेश २ को राजधानी ‘जनकपुर’ हुनुपर्ने, अधिकारिक भाषा ‘मैथिली’ तथा जनकपुर चुरोट कारखाना यस प्रदेशको परियोजनको लागि मात्र रहने छ । अन्य प्रयोजनमा जचुकालिलाई प्रयोग गरेमा बाध्य भएर नेपाली काँग्रेस विरोध का साथै आन्दोलन समेत गर्न सक्ने ठोकुवा गरेका छन् ।
उनले भने, ‘वर्तमान सरकार मधेश विरोध, संघीयता विरोधी, संविधान संशोधन विरोधी रहेको छ ।’  उनले नेपाली काँग्रेस संविधान संशोधनको पक्षमा रहेको र त्यसका लागि सरकारमाथि दवाव सृजना गरेपनि अन्य दलले चुप लागेर बसेकोले जनताले यी कुरा बुझ्नुपर्ने बताएका छन् ।
पूर्व मन्त्री निधिले निरंकुश शासनको अन्त्यका लागि तत्कालिन राजा महेन्द्रमाथि शहीद दूर्गानन्द झाले बम प्रहार गरेको भन्दै नेपालको गणतन्त्रका लागि सबभन्दा पहिला शहीद दूर्गानन्द झा नै रहेको जिकिर गरेका छन् । निरंकुश शासनले दूर्गानन्द झालाई फासीमा चढाउका लागि संविधानसम्म संशोधन गरेको छ ।  त्यसैले तराई मधेशमा निर्माणधीन रहेको हुलाकी सडकलाई ‘शहीद दूर्गानन्द झा मध्य तराई पार्क’ राख्न सरकारसँग माँग गरेको बताएका छन् । उनले यसका लागि सबैको सहयोग आवश्यक रहेको औल्याएका छन् ।
उनले जचुकालिको सन्दर्भमा भने, ‘चुरोट कारखानाको जग्गा बेच्न वा कमिशनको लागि नेपाल सरकार सञ्चालन गर्ने दावी गरेका छन् । तर नेपाली काँग्रेस कुनै पनि हालतमा त्यसो हुन दिनेछैन ।’ उनले चुरोट कारखानाको सञ्चालनको नाउँमा सरकारले कुनै कदम चालेमा नेपाली काँग्रेस विरोधमा उत्रिने बताएका छन् ।
उनले भने, ‘चुरोट कारखानाको श्रीसम्पती नरहेमा राजधानी पनि रहँदैन ।’ प्रदेशको प्रयोजनका लागिले नै आफू गृहमन्त्री र गृहमन्त्रालय र उद्योग मन्त्रालयले प्रदेश सरकारको परियोजनाको लागि दिएको उनले बताएका छन् ।
नेपाली काँग्रेस नगर कार्य समिति तथा रामनारायण मिश्र चिन्तन प्रतिष्ठानको आयोजनामा भएको ‘पुष्पपाञ्जली’ कार्यक्रममा पूर्व मन्त्री महेन्द्र यादवले तत्कालिन काँग्रेसको सरकारले धनुषाको विकासका लागि नेपाली काँग्रेस नै २२ अर्बभन्दा बढी बजेट दिएको बताएका छन् । उनले प्रधानमन्त्री केपी ओली र उपेन्द्र यादवमाथि कटाक्ष गर्दै भने, ‘ओली र उपेन्द्र दुबै एउटै गुरुको चेला हो । मधेशलाई गाली गरेर ओली चुनाव जित्ने गरेको र पहाडलाई गाली गरेर उपेन्द्र यादवले । त्यसैले जनतालाई सचेत हुनु आवश्यक छ ।’नेकाँ नगर समितिका अध्यक्ष मनोज कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रममा साँसद स्मृतिनारायण चौधरी, प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, मिनाक्षी झा, प्रमिला दास, महेन्द्र नारायण मिश्र सहितका व्यक्तिहरुले शहीद दूर्गानन्द झालाई पुष्पाञ्जली अर्पण गरेका छन् ।

No comments:

Post a Comment