Monday, February 4, 2019

असहायको लागि सहायक बन्दै मञ्च


जनकपुरधाम, २० माघ । असहायहरुलाई सबैले सहयोग गर्नुपर्ने भन्ने गरेका छन् । केही ठाउँमा नगरेको पनि होइन । तर यसलाई निरन्तरता दिनु धेरै कम संघ संस्था वा व्यक्ति भेटिन्छ । बोल्ने र गर्नेमा कतिको फरक होला कसैलाई भन्नु पर्ने छैन । स्वार्थरुपी सहयोग, निस्वार्थ सहयोग तथा लोकप्रियताका लागि पनि असहायलाई सहयोग गर्ने संघ संस्था वा व्यक्तिको कमी छैन । जहाँ असहाय हुन्छ त्यहाँ नै सहयोगी हाथहरु अगाडि बढ्ने गर्छन ।

असहायलाई छुटै बेडको माँग
असहाय संरक्षण मञ्च’ले जनकपुर अञ्चल अस्पतालमा कम्तिमा १० वटा बेड असहायहरुका लागि छुट्याउन माँग गरेका छन् ।
मञ्चका अध्यक्ष वैद्यनाथ साहले संघीय सरकारको स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै असहायहरुका लागि छुट्टै बेडको व्यवस्था गरिदिनका लागि आग्रह गरेका छन् । प्रदेश २ मा गरिबी, विपन्नता निक्कै छ । सबैलाई अस्पतालसम्म पुग्ने आँटसम्म छैन, उनीहरुलाई छुट्टै बेडको व्यवस्था भएमा उपचारमा तिव्रता आउने बताएका छन् ।

 

धनुषाको विभिन्न ठाउँका असहायलाई निःस्वार्थ रुपमा सहयोग गर्नेमध्य ‘असहाय संरक्षण मञ्च’ पनि एक हो । वि.सं. २०७३ सालदेखि सहरदेखि गाउँसम्म पुगेर दलित, गरिब, पिछडिएका समुदायलाई सहयोगी हाथको रुपमा सावित बन्दै आएका छन् । चिसोमा कम्बल वितरण, बाढीमा खद्यान्न वितरण मात्र होइन, घर निर्माणदेखि लिएर असहाय रोगीहरुलाई अस्पतालसम्म पुर्याएर उपचार समेत गराउने गरेको हो ‘असहाय संरक्षण मञ्च’ ।
मञ्चका अध्यक्ष वैद्यनाथ साहले थोरै पढेलेखेको भएपनि असहायहरुको क्षेत्रमा सहायक बन्दै आएका छन् । उनी भन्छन् ‘म आफै गरिबीबाट उठेको छु । गरिबी के हुन्छ, आफूलाई थाहा छ । मैले आफै केही गरेको छैन, यहाँकै व्यक्तिहरुबाट सहयोग लिई गरिब, अपांग, दलित लगायतलाई सहयोग गर्दै आएका छौं ।’
उनले लक्ष्मीनिया गाउँपालिका वडा नंं ७ सिनुरजोडा बस्ने ठकाई सदालाई यहाँकै बुद्धिजीवि व्यापारीको सहयोगमा २०७४ जेठमा पक्कीघर निर्माण गरिदिएका छौं । उनलाई बस्ने घर थिएन, छ सातवटा बालबालिकाका आमावुवा आफू सहित आकाशमुनि सुत्ने गरेको थियो ।
त्यस्तै ०७४ जेठ मसान्तमा जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने जुल्मा महतोको आगलागीबाट पसल जलेको थियो । उनलाई खानसम्म अवस्था थिएन, उनीलाई पसल सञ्चालनको लागि पूजीको व्यवस्था गरेको हो ।
त्यसैगरी जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने राजकुमार साहको छोरीलाई आर्थिक सहयोग गरी विहे गराएका छौं । उहाँको बुवा अपांग हुनुहुन्छ । ०७४ बैशाखमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा बस्ने धर्मनाथ पासमानको छोरीलाई आर्थिक सहयोग उपलब्ध गराई विहे गराएका हौं । धर्मनाथ पासमान आफै परालाइसिस रोगले विदेशै छन् । त्यहाँ अस्पतालको पैसा तिर्न नसक्दा नेपाल फर्कि रहेको छैन ।
त्यसैगरी २०७५मा धनुषाकैकान्ति देवीलाई घर निर्माणका लागि बाँस र मजदुरी उपलब्ध गराई दिएका छौं । उनी लगायत करीब आधा दर्जन घर निर्माणमा असहाय संरक्षण मञ्चले कार्य गरेको छ । अस्तव्यस्त जनकपुर अञ्चल अस्पताललाई व्यवस्थित पार्न तथा असहायलाई निःशुल्क रुपमा उपचारको लागि अस्पताल भित्रै लड्दै आएको अध्यक्ष साहले दैनिक जनकपुरलाई बताएका छन् ।

No comments:

Post a Comment