Friday, February 8, 2019

जनकपुरधामको न्यायिक समितिमा १७ वटा सम्बन्ध विच्छेदको मुद्दा पुरुषद्वारा १६ र महिलाद्वारा एक निवेदन दर्ता



कैलास दास
जनकपुरधाम, २४ माघ । जनकपुुरधाम उपमहानगरपालिकामा गठित ‘न्यायिक समिति’मा अहिलेसम्म १३६ वटा विभिन्न मुद्दा दर्ता भएको छ । ती मध्ये १७ वटा सम्बन्ध विच्छेदको मुद्दा रहेको न्यायिक समितिका संयोजक तथा उपमेयर रिता कुमारी मिश्रले बताएकी छन् ।
न्यायिक समितिमा जग्गा विवाद, बिना नक्सा घर निर्माण, सडक मिचेको, घरेलु हिंसा समान्य भएपनि सम्बन्ध विच्छेदको मुद्दा निक्कै जकरिएको हो । ७० वटा दर्ता भएको मुद्दा मध्ये २० वटा मुद्दालाई मेलमिलाप मार्फत समाधान गरिसकेका छ भन्ने १० वटा तामेली (वादीप्रतिवादी) बाट एकपक्ष नआउँदा समाधान गर्न अप्ठ्यारोमै छ । न्यायिक इजलासमा परेको मुद्दा मध्ये १३ वटा मुद्दा अहिलेसम्म धनुषा जिल्ला अदालतमा पठाई सकेको हो ।
स्थानीय सरकार अघि नै ५९ वटा परेको मुद्दा मध्ये अधिकांशलाई मेलमिलाप मार्फत समाधान समेत गरिसकेको समितिका संयोजक मिश्रले बताएकी छन् । १३६ वटा मध्ये २७ वटा मुद्दा अन्तिम निर्णयसम्म पुगी सकेको उनले बताएकी छन् ।
संयोजक मिश्रले भनिन, ‘ इजलासमा परेको मुद्दा मध्ये सबभन्दा बढी जटिल सम्बन्ध विच्छेदको मुद्दा हो ।’ सम्बन्ध विच्छेदको परेको मुद्दा मध्ये एकजना महिला र १६ जना पुरुषले मुद्दा दर्ता गराएका छन् । पाँच जनालाई मेलमिलाप गराई जोड्ने कार्य भई सकेको छ भन्ने १२ जनाको मुद्दा निक्कै जटिल रहेको छ ।
पुरुषले दर्ता गराएको मुद्दालाई इजलासले महिला पक्षलाई पत्र पठाएपनि उपस्थित नहुनु, अर्कोसँग विहे गरी भागेको, महिला पक्षका अभिभावकले समेत वास्ता गर्नु, राजनीतिक स्रोस लगाउनु, लडकापक्षलाई नै धाकधम्की दिनु जस्ता समस्याहरु देखा परेको छ ।
संयोजक मिश्रले स्थानीय स्तरमा इजलास गठन पश्चात् सर्वसाधारणहरुलाई धेरै सहज भएको छ । अधिकांश पीडितहरु अदालत नगई यहाँ आउने गरेका छन्, यो सुखद पक्ष हो । बढी पुरुषहरु अदालत नगई इजलासकै सहारा लिने गरेको महसुस भएको छ । तीन महिना भित्रमा इजलासले मेलमिलाप गराउन नसकेमा मात्र अदालतमा मुद्दा पठाउने गरेको बताएकी छन् ।
चुनौती र समस्या
जनकपुरधाम उपमहानगरपालिकाको मंगलवार र शुक्रवार बाहेक प्रत्येक दिन दिउँसो १ बजेदेखि ६ बजेसम्म इजलास सञ्चालन हुन्छ । इजलास सञ्चालनमा विभिन्न प्रकारको समस्या नआएको होइन, तर पीडितको पक्षमा सधैं फैसला गर्ने गरेको संयोजक मिश्रले बताएकी छिन् । उनले आन्तरिक समस्या भन्न नरुचाएपनि कार्यालयमा म्यानपवारको समस्या, नगर प्रहरी अपुग हुनु, चाहिए जस्तो इजलासका लागि हल उपलब्ध नहुनु, सम्बन्धित निकायसम्म कर्मचारीको अभावको कारण पठाउन नसक्नु लगायतको समस्याहरु रहेको उनले बताएकी छन् ।
सम्बन्ध विच्छेदको कारण
जनकपुरधाम उपमहानगरपालिकाको इजलासमा परेको ‘सम्बन्ध विच्छेद’को मुद्दामा अधिकांश महिलाको उमेर १४देखि २३ वर्ष र पुरुषको उमेर १७देखि २७ वर्षसम्म रहेको छ । विहे पश्चात् एक दुई महिना श्रीमतीसँग बसेर वैदेशिक रोजगारीमा गएकाहरुसँग यस्ता घटना प्रायः देखा परेका छन् ।
श्रीमान् वैदेशिक रोजगारीमा रहेको र महिला ‘पर’ पुरुषसँग सम्बन्ध बनाइएको बढी पाइएको छ । यस्ता घटना सम्पन्न तथा शिक्षित परिवारमा समेत देखिएको छ । श्रीमानले विदेशबाट श्रीमतीकै नाउँमा पैसा, मोवाइल लगायत सामाग्रीहरु पठाउने र पछि घर फर्किदा श्रीमती समेत गुमाएको व्यक्तिले उजुरी दिने गरेको इजलासका संयोजक एवं उपमेयर रिता कुमारी मिश्रले बताएकी छन् । उनले अधिकांश पुरुषहरु श्रीमती होइन, सम्पति पनि फर्काई देऔ निवेदनमा उल्लेख गरेको हो । सम्बन्ध विच्छेदको मुद्दामा श्रीमान विदेशबाट घर फर्केपछि श्रीमतीसँग दुईचार दिनसँगै बसेको पनि पाइएको छ । तर श्रीमतीको चरित्र राम्रो नदेखिएपछि सुधार्न खोज्दा वादविवाद गरी गरगहना र नगद सहित भागेको परेको निवेदनमा देखिएको उनले बताएकी छन् । संयोजक मिश्रले प्रतिपक्षी (महिलापक्ष)लाई पटकपटक उपस्थितिका लागि पत्र काटेपनि नआएपछि बाध्य भएर त्यस्ता मुद्दालाई अदालतसम्म पठाउने गरेको बताएकी छन् । इजलासबाट पत्र लिएर जाँदा प्रायः महिलाहरु अरु पुरुषसँग भागेको, आमाबुवाले आउने नमानेको र छोरीसँग आफूलाई कुनै रिस्ता नरहेको जस्ता जवाफहरु आउने गरेको उनले बताएकी छन् ।

No comments:

Post a Comment