Sunday, February 10, 2019

स्थानीय सरकारले एक लाख जरिवाना प्रहरीमा उजुरी परेमा तीन महिना जेल


जनकपुरधाम, २६ माघ । धनुषाका प्रमुख जिल्ला प्रदीपराज कणेलले जथाभावी रुपमा फोहर गरेमा स्थानीय सरकारले एक लाख जरिवाना गर्न सक्ने बताएका छन् । प्रमुख जिल्ला अधिकारी कणेलले भने, ‘स्थानीय सरकारले एक लाख रुपैया जरिवाना तथा प्रहरीमा उजुरी परेमा तीन महिनासम्म जेल सजाय हुन सक्छ ।’
जनकपुरधाम उपमहानगरपालिका वडा १ रेल्वे स्टेशनमा प्रत्येक शनिवार हुँदै आएको सफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कणेलले फोहर व्यवस्थापन २०६८ ऐन अनुसार यस्ता दण्ड सजाए तोकिएको छ ।
उनले सार्वजनिक ठाउँमा फोहोर गरेको पाइएमा फोहोर साफ गर्न लगाउने तथा अटेरी गरे नजिकको प्रहरीमा वा वडा कार्यालयमा बुझाउन आग्रह गरेका छन् । उनले भने, ‘वडा कार्यालयहरु उपमहा नगरपालिकासँग समन्वय गरी वडामा रहेको पानपराग, रजनीगन्ध लगायतको पसलेहरुसँग मासिक दुई हजार, अस्पताल छ भने ३० हजारसम्म, गृहणीहरुसँग मासिक पाँचसय रुपैयासम्म सरसफाई वापत असुल गर्न सकिन्छ ।’
महिला सफाई अभियानी रूवी झाको अगुवाईमा शनिवार सातौ हप्ता सरसफाइ कार्यक्रममा प्रमुख कणेलले वडा भित्र पार्किङ्ग शुल्क लगाउन सकिन्छ । पसलको आकार हेरेर उनीहरुसँग रकम लिन सकिन्छ । करारमा सफाई कर्तालाई वा ट्याक्टरहरुबाट सफाई गर्न सकिने व्यवस्था समेत रहेको बताएका छन् ।
प्रमुख कणेलले जनकपुरधाम धार्मिक ऐतिहासिक नगरी रहेको भन्दै परिक्रममा सडक भित्रमा माछामासु बिक्रीलाई व्यवस्थित गर्न छिट्टै समन्वय गर्ने बताएका छन् ।
सफाई अभियानमा जनकपुर रेल्वेको इंजीनियर बिनोद ओझा, जनउमपा वडा नं. १ का वडा अध्यक्ष शत्रुध्न साह, सरसफाई अभियानी तथा बन अधिकृत सुरेश शर्मा , युवा तथा सरसफाई अभियानी दिपक कुमार चौधरी, सरसफाई अभियानी अंजू साह,  इंसेकका राजू पासवान, सरसफाई अभियानी बलराम मंडल, आरती मंडल, संगीता ठाकुर,रबी मंडल, ईन्द्रजीत राउत, लगायत टोलबासीहरूको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment