Sunday, February 3, 2019

आदिवासी जनजातीद्वारा आन्दोलन गर्ने चेतावनी


जनकपुरधाम, १९ माघ । नेपाल सरकारले पाँच वर्षिय नीति योजनामा आदिवासी जनजातिको मुद्दालाई समावेश नगरेको आरोप लगाएका छन् । उनीहरुले हामीहरुको मुदालाई समेटिएन भने आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
जनकपुरधाममा नेपाल अदिवासी महासंघद्वारा आयोजित समसामयिक परिस्थितिमा आदिवासीका सवालहरु, दिगो विकास र १५ औ पञ्चवर्षिय योजना विषयक प्रदेश स्तरीय ‘अन्तरक्रिया’ कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन । नीति योजनामा आदिवासी जनजातिको अधिकार कटौती गर्ने गरी बनाइएको भन्दै अधिकारको सुनिश्चिताका लागि यसै कार्यक्रम मार्फत नीति आयोगमा ज्ञापन पत्र समेत बुझाएको बताएका छन् । उनीहरुले नीति आयोगले आदिवासी जनजातिको भावनालाई समेट्ने छ विश्वास छ । तर नीति आयोगले हाम्रो भावनालाई नसमेटिएमा बाध्य भएर आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।
महासंघका अध्यक्ष मनोज सिंह दनुवारको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा प्रदेश भरिकै आदिवासी जनजातिका अगुवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा साँसद रामचन्द्र मण्डल, नीति आयोगका सदस्य डा. सुरेन्दू झा, राजकुमार लेखी, मानव अधिकारकर्मी वीर बहादुर बुढाथोकी, जमुना भुजेल सहितको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment