Thursday, February 7, 2019

विहान चीनको चिया र बेलुका भारतको चिया खान्छ नेपाली जनता ः मन्त्री महासेठ


जनकपुरधाम, २३ माघ । धनुषाको मिथिला नगरपालिका १० लालगढ स्थित रातुपुलको भव्य समारोहबीच नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उद्घाटन गरेका छन् ।
कालिका–तँुदी–रसुवा जे.भी. काठमाडौले २०७३ असार २९ गते सो पुलको निर्माणका लागि ठेक्का लिएका थिए । २०७६ पौष २८ गतेमा सो पुलको निर्माण हुनुपर्नेमा १५ महिना अगाबै अर्थात यहि मंसिर १६ गतेमा नै निर्माण कार्य पुरा गरिसकेको बताइएको छ । २२५ मिटर लम्बाई र ३७.५ मिटर चौडाई रहेको सो पुल २७ करोड, ७४ लाख ६० हजारमा टेण्डर लिएको छ ।
मन्त्री महासेठले रिवन काटेर पुलको उद्घाटन गर्दै भने, ‘राम्रो र समयमा कार्य गर्ने ठेक्केदारलाई प्रोत्साहन र समयमा कार्य नगर्नेलाई निरुत्साहित सरकारले गर्ने बताएका छन् । ठेक्केदारलाई धन्यवाद दिदै भने, ‘चारवर्ष भित्रमा तीन तहकै सरकारलाई सडक, वायुयान र जल मार्गमार्फत जोड्ने कार्य हुनेछ ।’ उनले दुई तिहाई बहुमतको सरकारले निर्वाचनको पालामा जनतासँग गरेको प्रतिबद्धता पुरा गर्ने विश्वास दिलाउँदै भने ‘एक वर्षमा सरकारले गरेको कार्य यहि फागुन ३ गते सार्वजनिक गर्ने छ ।  चार वर्ष भित्रमा ६ सय देखि ८ सय किलोमिटर सडक निर्माण, चारैतिरबाट रेल सेवा सञ्चालन र पानी जहाज सञ्चालन हुनेछ ।’
उनले विहानको चिया नेपाली जनताले चीनमा खान्छ भने बेलुकाको चिया भारतमा खाने गरी सडक निर्माणको कार्य भई रहेको बताएका छन् ।
मन्त्री महासेठले कुर्था(जनकपुर(जयनगर रेल सेवा सञ्चालनका लागि इन्जिन र डिब्बा  नेपाल सरकार आफै खरीद गर्नेछ । एक हप्ता भित्रमा सम्भवतः त्यो पनि टुंगो लाग्ने भन्दै इन्जिन र डिब्बा खरिद भई सकेपछि कहिलेदेखि सञ्चालनमा आउने पक्का हुने बताएका छन् । उनले वर्तमान सरकार मधेशको विकासप्रति प्रतिबद्ध रहेको भन्दै अहिलेसम्म सबभन्दा बढी बजेट पनि यसै प्रदेशमा दिएको दावी पनि गरेका छन् ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य जुली कुमारी महतो, प्रदेश साँसद शारदा थापा, सोही वडाका वडा अध्यक्ष समिर बिक्रम थापा, बर्दिवास नगरपालिकाका मेयर विदुर कार्की, मिथिला बिहारी नगरपालिकका मेयर हरिनारायणमहतो सहितका व्यक्तिले विचार राखेका छन् ।

No comments:

Post a Comment