Sunday, February 3, 2019

‘गुणस्तरीय शिक्षा ल्याउन सुझाव’


जनकपुरधाम, १९ माघ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले निजी विद्यालयहरुलाई गुणस्तरी शिक्षा दिनका लागि आग्रह गरेका छन् ।
जनकपुरधाममा शनिवार प्याब्सनको जिल्ला कार्य समिति धनुषाद्वारा आयोजित ‘विद्यालय सदस्यता तथा निर्वाचन पदाधिकारीहरुको प्रमाणपत्र वितरण’ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कणेलले शैक्षिक क्षेत्र बलियो भएमा समाजिक, आर्थिक क्षेत्र स्वतः बलियो हुने बताएका छन् ।
प्याब्सनका धनुषा अध्यक्ष गणेश कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारी कणेलले अहिले तीन तहको सरकार रहेको भन्दै गुणस्तरीय शिक्षा कसरी ल्याउने तथा कुनै पनि बालबालिकाहरु विद्यालय बाहिर नरहोस् प्याब्सन लगायत सबैले जिम्मेवारी बोध गर्नुपर्ने बताएका छन् ।
त्यस्तै प्याब्सन अध्यक्ष गणेश साहले सरकारी विद्यालयहरुले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सर्टिफिकेट नै नलिई दुबै ठाउँमा अभिभावकहरु विद्यार्थीहरुलाई नामाकरण गर्ने गरेको भन्दै निजी विद्यालयले दिने गरेको छात्रवृतिको लोभमा यस्तो हुने गरेको बताएका छन् ।
उनले यस्तोमा निजी विद्यालयमा पढने विद्यार्थीहरु फिसे नतिरी जाने गरेकोले विद्यालयलाई नोक्सान हुने गरेको बताएका छन् । उनले स्थानीय तहको शिक्षा समितिमा संस्थागत प्रतिनिधिको सहज सहभागिता, कक्षा थपमा सहजता, बिना दर्ता संचालित विद्यालयहरुलाई नियमन गराउने, दर्ता लिएका तह कक्षाभन्दामाथि सञ्चालित विद्यालय सम्बन्धमा विद्यालय वर्गिकरण सम्बन्ध्मा, विद्यालय अनुगमन सम्बन्धमा प्रकाश पारेका छन् ।कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेको छ भने केही विद्यालयहरुलाई प्याब्सनको सदस्यता प्रदान गरेको छ ।
कार्यक्रममा प्याब्सन प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साह, शैक्षिक तालिम केन्द्रका प्रदेश प्रमुख यमबहादुर खड्का, राष्टिूय परीक्षा बोर्ड प्रमुख चुडामढिा फुयाल सहितका व्यक्तिहरुले विचार राखेका छन् ।


No comments:

Post a Comment