Sunday, January 27, 2019

जनकपुरधाम नगरभित्र जथाभावी विद्युतीय तार प्रदेशमा ६ महिनामा ४५ को मृत्यु


जनकपुरधाम, १३ माघ । जनकपुरधाम उपमहा नगरपालिका नगरभित्र जथाभावी रुपमा विद्युतीय पोलबाट तानिएको तारले जुनसुकै बेलामा पनि दुर्घटना हुन सक्ने सम्भावना देखिएको छ ।  शिवचौकदेखि रेल्वे स्टेशनसम्मको सडकमा दुबै तर्फ विद्युतीय तारलाई हेर्दा जुनसुकै बेलामा पनि दुर्घटना हुन सक्ने स्पष्ट देखिएको छ ।
धनुषामा एक सप्ताह नवित्दै विद्युतीय तारमा करेन्ट प्रभाव हुँदा ८ जनाको घटना स्थलमै मृत्यु भएको छ भने डेढ दर्जनबढी घाइते भएका छन् । त्यस वावजूद पनि नगरभित्र जथाभावी रुपमा विद्युतीय पोलमा देखा परेको तारलाई व्यवस्थित गर्न तर्फ सम्बन्धित निकायको ध्यान गएको छैन । उपमहानगरपालिकाको कार्यालयमा पस्ने मुख्य बाटोमै यस्तो समस्या देखा परेको भएपनि नत उपमहानगरपालिकाले चासो देखाएका छन नत्र विद्युत प्राधिकरणले सचेतना अपनाएको छ ।
प्रदेश २ को तथ्यांकन अनुसार ६ महिनामा ४५ जनालाई करेन्ट लागेर मृत्यु भएको जनाइएको छ । विद्युतीय उपकरण चलाउने सामान्य ज्ञान नहुँदा धेरैले करेन्ट लागेर ज्यान गुमाउनु परेको छ । प्रदेश २ का गाउँ शहरका गल्ली(गल्लीमा विजुलीका तार लत्रिएका छन्। पोलहरु जिर्ण छन् । हावा चल्दा पिङ्गजस्तो मच्चिन थाल्छ । विजुली सर्ट भएर धेरै पटक आगो लागेको छ । तैपनि नेपाल विद्युत् प्राधिकरण वितरण शाखा कार्यालयले लत्रिएका तार, पुराना पोल व्यवस्थापन गर्न चासो दिएको छैन ।
लत्रिएको विजुलीको तारबाट करेन्ट लागेर शुक्रबार धनुषाको सबैला नगरपालिका(४ बाल्टियामा ६ जनाले अकालमै ज्यान गुमाए। त्योभन्दा दोब्बर घाइते भए । गाउँभरी लत्रिएका विजुलीका तार र झुकेका पोल व्यवस्थापन गर्न स्थानीयले विद्युत प्राधिकरण कार्यालय वितरण केन्द्र महेन्द्रनगरलाई आग्रह गर्दै आएको नगरपालिका मेयर बिजयशंकर साहले बनाए । ‘सडकमै तार लत्रिएकाले शुक्रबार जन्ती सवार बसमा करेन्ट लाग्यो। पोलको तार लत्रिएकाले तन्काउन पहिलादेखी नै विद्युत् प्राधिकरणलाई भनेका हौं तर वास्तै गरेन’, मेयर साहले भने ।
लत्रिएको विजुलीका तारबाट करेन्ट लागेर जनकपुर उपमहानगर(१२ मा माघ ५ गते दुई युवाको मृत्यु भएको थियो । मोटरसाइकलमा रहेका एक युवकलाई करेन्ट लागेर छट्पटाइ रहेका बेला बचाउन गएकासमेत गरी दुवै जनाको घटना स्थलमै ज्यान गयो। लत्रिएको तार व्यवस्थान गर्न विद्युत् कार्यालयलाई स्थानीयले जानकारी दिएका थिए। तर, कर्मचारीले त्यसमा कुनै चासो देखाएनन्। दोषी कर्मचारीलाई कारवाही माग गर्दै स्थानीयले माघ ६ गते विद्युत प्राधिकरण कार्यालय घेराउ गरेका थिए।
एक सातामा धनुषामा मात्रै ८ जनाको करेन्ट लागेर ज्यान गुमाए। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार ६ महिनायता करेन्ट लागेर ४५ जनाको मृत्यु भइसकेको छ। प्राधिकरणले विद्युत प्रयोगबारे उपभोक्तमा सचेतना कार्यक्रम सञ्चालन गर्छ न त लत्रिएका तार र जीर्ण पोल व्यवस्थापनमा ध्यान दिन्छ। विद्युत् चुहावट नियन्त्रण गर्न कम्मर कसेर लाग्ने कर्मचारी लत्रिएको तार र ढल्न लागेका पोल व्यवस्थानमा ध्यान नदिएको सिरहाको विसनपुरमा दिनेशकुमार महतो गुनासो गर्छन्। ‘एक पटक पोल गाडेर तार टाँगिसकेपछी विद्युत कार्यालयले कहिल्यै मर्मत गर्दैन’, उनले भने, ‘कर्मचारीको चरम लापर्वाहीले आमनागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ।’
प्राधिकरणको लापरवाहीले करेन्ट लागेर ठूला मानवीय क्षति भइरहेकोप्रति धनुषाका प्रदेश सांसद् रामअशिष रामअशिष यादवले चिन्ता व्यक्त गरे। ‘जस्तो शर्तकता विद्युत प्राधिकरणले अपनाउनु पथ्र्यो त्यसो गर्न सकेको छैन’, उनले भने, ‘उचित टूाफिक व्यवस्थान र चालकको लापरवाहीले पनि यात्रु सवार गाडीमा तारले छोएर मानवीय क्षति भइरहेको छ ।’


No comments:

Post a Comment