Tuesday, January 29, 2019

‘रेलबाट आउने समानहरुको भन्सार कहाँ काट्ने अन्यौल’


जनकपुरधाम, १४ माघ । नेपाल रेल सञ्चालन पश्चात् भारतबाट रेलद्वारा आउने मालसामानहरुको भन्सार कहाँ काट्ने अन्यौलमा रहेको छ ।
रेल्वे प्लेट फर्मको निर्माण हुँदा पनि मालसामान राख्नका लागि गोदम भवन निर्माण गरेको छैन । रेल्वे बोगीबाट आउने सामानहरुको भन्सार कहाँ काटिन्छ यस विषयमा जनकपुर उद्योग वाणिज्य संघ पनि अन्यौलमा रहेको छ ।
माघ ७ गते संघका अध्यक्ष ललित कुमार साहले जनकपुर भन्सार कार्यालयमा यस सन्दर्भमा ज्ञापनपत्र समेत बुझाएका छन् । तर जनकपुरधाममा भन्सार काटिएन भने अन्यत्र कहाँ काटिन्छ यस सन्दर्भमा अध्यक्ष साहसँग कुरा गर्दा आफूलाई पूर्ण जानकारी नभएको बताएका छन् ।
भन्सारको छेउँमा रेल्वेबाट आउने सामानहरुका लागि गोदाम घरको निर्माण हुने गरेको छ । तर जनकपुरधाममा प्लेट फर्म निर्माण भएपनि गोदाम घरको पत्ता छैन । जनकपुरधाम उपमहानगरपालिका मै पर्ने गरेको कुर्थामा रेल्वे स्टेशन निर्माण भएपनि त्यहाँ पनि गोदाम घरको निर्माण नभएकोले भारतबाट आउने सामानहरुको भन्सार कहाँ काटिने अन्यौलता नै देखिन्छ ।
जनकपुर भन्सारका प्रमुख रामेश्वर मिश्रले यो सही कुरा हो कि जबसम्म रेल्वेले गोदाम घरको निर्माण गर्दैन तबसम्म जनकपुरधाममै भन्सार काटिने छ भन्न सकिन्न । भन्सार कार्यालयको आफ्नो गोदम घर छैन, रेल्वेबाट आउने मालसामानहरु रेल्वे कै गोदाम घरमा राख्ने ऐन कानून रहेको छ । तर त्यस्तो अहिलेसम्म नदेखिएकोले आफै नै अन्यौलमा रहेको बताएका छन् ।
धनुषाकै इनर्वामा रेल्वे प्लेटफर्मसँगै गोदाम घरको निर्माण गरिएको छ । अहिले पनि त्यहाँ भन्सार काटिने गरिन्छ । अहिलेसम्म सबभन्दा बढी इनर्वा भन्सारबाट नै बढी राजस्व उठेको भन्सार कार्यालयले दिएको तथ्यांक अनुसार स्पष्ट
देखिन्छ । यता जनकपुर उद्योग वाणिज्य संघका अध्यक्षले जनकपुरधाममा आउने मालसामानको भन्सार जनकपुरमै काटनु पर्ने अहिलेदेखि अडान राख्दै आएका छन् । उनले भन्सारलाई बुझाएको ज्ञापनपत्रमा  रेल्वेबाट जनकपुरधाम आउने मालसामानहरुको भन्सार जनकपुर भन्सारमै काटनुपर्ने भन्दै भन्सारलाई ध्यानाकर्षण गराएका छन् ।


No comments:

Post a Comment