Sunday, January 27, 2019

‘प्रदेश २ मा १० प्रतिशत बजेट पनि खर्चिएन’


जनकपुरधाम, १२ माघ । प्रदेश नं. २ मा यस आर्थिक वर्षको बजेट मध्ये १० प्रतिशत बजेट पनि खर्चिएको छैन । संघीय सरकारले प्रदेशको विकासका लागि ३० अर्ब रुपैया बजेट दिएको छ । तर बजेट मध्ये ५देखि १० प्रतिशतको बीचमा नै बजेट खर्चिएको अनुमान गरिएको छ ।
नीति आयोगले शनिवार राखिएको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताइएको छ । आयोगका सदस्य सुरेन्द्र झाले कर्मचारीको अभाव तथा दक्षताको अनभुव नहुँदा विकास कार्य तिव्रगतिमा नभएको बताएका छन् ।
सदस्य झाले यो प्रदेश निक्कै पिछडिएको प्रदेश रहेको छ । यस प्रदेशलाई समृद्ध प्रदेश निर्माणका लागि संघीय सरकारसँग अझै बजेट ल्याउन सकिन्थ्यो तर बजेट नखर्चिएकोले थप बजेट माग्न नमिल्ने बताएका छन् । उनले भने, ‘प्रदेश सरकार सञ्चालकलाई पनि अनुभवको अभाव रहेको छ । कर्मचारीले सहयोग गरिरहेको छैन ।’ प्रदेशमा चाहिएको जति कर्मचारी पनि हुन नसक्दा कार्यमा तिव्रता नदेखा परेको हुन नसक्ने उनले बताएका छन् ।
आयोगका सदस्य झाले नीति आयोगले बनाएको नीति अनुसार विकास कार्य नहुने गरेको आरोप लगाउँदै भने, ‘धेरै यस्ता कमीकमजोरीहरु छन् जसलाई सुधार र छलफल मार्फत समाधान गर्नुपर्ने छ ।’
त्यस्तै अर्का सदस्य राजकुमर लेखीले लिडरसीपको तादरुकताको कमीले पनि विकास कार्यमा तिव्रता नदेखिएको बताएका छन् । नीति आयोगले ल्याएको नीतिमा कार्य नभएमा प्रदेश असफल हुँदैन भन्न सकिन्न ? प्रदेश सरकारले एजेण्डामा उत्रिएमा संघीय सरकारले दवाव समेत खोज्ने बताएका छन् । उनले एकवर्षमा तीनतीनवटा सचिव फेरिएमा विकासमा अवरुद्ध पुग्नु स्वभाविकै रहेको जिकिर पनि गरेका छन् ।

No comments:

Post a Comment