Sunday, January 27, 2019

जचुकाली सञ्चालनको सम्भावना न्यून ः उद्योगमन्त्री यादव


जनकपुरधाम, १३ माघ । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले जनकपुर चुरोट कारखाना सञ्चालनको सम्भावना निक्कै न्यून रहेको संकेत गरेका छन् ।
जनकपुर चुरोट कारखानामा आईतवार पत्रकार सम्मेलनको आयोजना गरी उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूसँग सरसल्लाहै नगरी प्रदेशका मन्त्रालयहरु राखिएको बताएका छन् । उनले सञ्चालनको लागि तयारी गरिरहेको बेला मुख्यमन्त्री राउतले विमर्श नै नगरी जचुकालीको भवन अगाडी मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका बोर्ड झुण्ड्याएको बताएका छन् । जचुकालीको सञ्चालनका लागि आफू मुख्यमन्त्री राउतसँग पनि छलफल गरेको हो । तर सञ्चालनमा आउने छ त्यो सम्भावना निक्कै न्यून रहेको उनले दोहोर्याएका छन् ।
उनले प्रदेश सरकारले जचुकालीको परिसरलाई मधेश भवन नामाकरण समेत गरिसकेको छ । आफुलाई जचुकालीको मुख्य कार्यालयमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्थापना, जचुकालीको मुल गेटमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको बोर्ड झुण्ड्याउँदा र मधेश भवन नामाकरण गर्दा समेत मुख्यमन्त्री राउतले कुनै विमर्श नगरेको गुनासो पोखेका छन् ।
‘जचुकाली संचालनमा अवरोध नगर्न पहिला पनि भनिसकेको छु । तर मुख्यमन्त्री राउतले त जचुकाली संचालनको बारेमा गम्भिर नभई पहिला विरगंज स्थित चिनी मिल संचालन गरेर देखाउन भने ।’ उनले अगाडि भने ‘जचुकाली संचालनका लागि ४ जना चाईनिज र २ जना भारतीय लगानीकर्ताहरुसंग निरन्तर संवाद र सम्पर्कमा रहेको रहेका छन् । विदेशी लगानीकर्ताहरु जचुकाली अनुगन गर्न जनकपुर आईरहेको बेला जचुकालीको बोर्ड समेत हटाएर कारखाना संचालन प्रति गम्भिर नहुनु दुखद हो ।’
धनुषाको सबैलामा गत शुक्रबार साँझ जन्ती चढेको बसमा करेन्ट लागेर ६ जनाको मृत्यु र १० जना गम्भीर घाइते भएको घटना विषयमा मन्त्री यादवले विद्युत प्राधिकरणको चरम लापरवाहीको कारण उक्त दुर्घटना भएको बताएका छन् । घटना विषयमा छानविन समिति गठन हुने जानकारी गराउँदै मन्त्री यादवले मृतकहरुलाई उचित क्षतिपुर्ति र घटनामा संलग्न दोषीमाथि कार्वाही समेत हुने दावी गरेका छन् ।

No comments:

Post a Comment