Tuesday, January 22, 2019

विकासका लागि सुशासन अति आवश्यक ः अष्टे«लियन राजदूत बड


जनकपुरधाम, ७ माघ । नेपालका लागि राष्टूेलियन राजदूत पिटर बडले मुलुक विकासका लागि सुशासन अति आवश्यक रहेको बताएका छन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १० हारसरमा आयोजित दुई दिवसीय ‘सुशासन र विकास’ सम्बन्धी तालिममा उनले सो कुरा बताएका हुन । राजदूत बडले नेपालमा संघीयताले ठूलो अवसरको सृजना गरेको भन्दै अब काठमाडौं मात्र नभई बाहिरपनि विकासले तिव्रता पाएकोले खुशी लागेको बताएका छन् ।
उनले शिक्षा, स्वास्थ्य, कृषि, वातावरण लगायतमा सुशासनले ठूलो भूमिका खेलेको औल्याउँदै नागरिक सुरक्षा तथा हरेक समुदायको विकासमा सुशासनले महत्वपूर्ण भूमिका खेल्ने छ विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार राजेश्वर नेपालीले कृषिमा लगानी भएमा, शिक्षा स्वास्थ्यमा राज्यको समान व्यावहार भएमा मुलुकको विकास हुने बताएका छन् । उनले राज्यले नै गर्दै आएको विभेदको अन्तयका लागि पनि गम्भीर हुन आवश्यक रहेको बताएका छन् ।
वरिष्ठ पत्रकार नेपालीले उद्योग धन्दा सञ्चालन गरेमा, भ्रष्टाचारको अन्त्यका लागि सबैतिरबाट आवाज उठाएमा तथा मात्र सुशासनको अनुभूति हुने जिकिर गरेका छन् । वरिष्ठ पत्रकार नेपालीले मुलुकमा अहिलेपनि संविधान संशोधनलाई लिएर द्वन्द चलिरहेको भन्दै संविधान संशोधन गर्नु राज्यको पहिलो दायित्व रहेको बताएका छन् ।
उनले भने, ‘पत्रकारिता समाज र राष्टूको आँखा हो । सत्यतथ्य समाचार प्रकाशन÷ प्रसारण गर्नमा हिचकिचाहट गर्नु हुँदैन ।’ उनले निर्भिर भएर कलम चलाउनका लागि पत्रकारहरुसँग आग्रह पनि गरेका छन् ।
अष्टूेलियन राजदूतको आर्थिक सहयोग तथा राष्टिूय सञ्चार विकास केन्द्रको आयोजनामा आयोजित दुई दिवसीय तालिम कार्यक्रममा आठवटै जिल्लाबाट दुईदुईजना पत्रकारहरु सहभागी भएका छन् ।नेपाल पत्रकार महासंघ धनुषाका कोषाध्यक्ष अबधेश कामतको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्टिूय सञ्चार विकास केन्द्रका प्रमुख विष्णु प्रसाद शर्मा पराजुलीले स्वागत तथा कार्यक्रमको बारेमा प्रकाश पारेका छन् । त्यस्तै कार्यक्रमको बारेमा प्रमुख प्रशिक्षक डा. रामकृष्ण रेग्मीले जानकारी गराएका छन् ।
कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका १० का वडा अध्यक्ष रामपदार्थ यादव, जीवन केन्द्रका अध्यक्ष कारी यादव सहितका व्यक्तिहरुले विचार राखेका छन् । कार्यक्रमको संचालन पत्रकार कैलास दासले गरेका छन् ।


No comments:

Post a Comment