Tuesday, January 22, 2019

‘कर मिन्हा र भन्सार सुविधा यथावत राख्न व्यापार संघको माँग’


जनकपुरधाम, ७ माघ । जनकपुर उद्योग वाणिज्य संघले सडक विस्तारको क्रममा नगरभित्रको भत्काएको घर सम्बन्धित जग्गा र घरधनीहरुलाई न्यूनतम २ वर्षको घर जग्गा कर, बहाल कर मिन्हा गर्ने व्यवस्थाका लागि जनकपुरधाम उपमहा नगरपालिकासँग माँग गरेको छ ।
संघले जनकपुरधाम उपमहानगरपालिकालाई सोमवार ज्ञापनपत्र बुझाउँदै नगर क्षेत्रभित्र सडक निर्माणको क्रममा नगरवासीहरुले स्वेच्छाले करोडौ मूल्यको जग्गा सडकमा दिए, आफ्नो घर आफैले भत्काएर पुनः निर्माण गरे । उपमहानगरपालिका क्षतिपूर्ति दिन र दिलाउन नसकेपनि करोडौको नोक्सान भएको सर्वविदित नै रहेको छ । सोही क्रममा कम्तिमा दुई वर्षसम्मको कर मिन्हा गर्न संघले आग्रह गरेका छन् ।
संघका अध्यक्ष ललित कुमार साह र महासचिव जितेन्द्र कुमार महासेठको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीले तीन सुत्री माँग राख्दै नगरभित्र भित्रको सडक तथा नालहरु यथाशीघ्र कार्य सम्पन्न गर्न अपील पनि गरेका छन् । नगरक्षेत्र भित्रको कार्य सम्पन्न हुन नसक्दा आम नागरिक लगायत उद्योगी व्यवसायी निक्कै मर्कामा परेको ज्ञापनपत्रमा उल्लेख छ ।
त्यस्तै २०७४।०७५का लागि निर्धारण गरेको घर जग्गा कर÷सम्पति कर÷व्यवसाय कर सम्बन्धमा उपमहानगरपालिकाले लगाएको कर बारेमा बैठक बसी करको दर परिमार्जन गर्ने निर्णइ गरिसकेकोले सो निर्णय यथाशीघ्र कार्यान्वयनमा ल्याउन ध्यानाकर्षण समेत गराएका छन् ।
संघले धार्मिक एवं साँस्कृतिक नगरी जनकपुरधामको सर्वाङ्गिन विकासको लागि नगरका उद्योगी, व्यापारी, आमनागरिक पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै आम नागरिक उद्योगी एवं व्यवसायीहरुले विभिन्न किसिमको कर राजस्व  उपमहानगरपालिकालाई तिर्दै अएको र नगरमा विकास सडक, निर्माण, सरसफाई एवं अन्य सुविधाको अपेक्षा राखेको र उपमहानगरपालिकाको गरेको कार्य राहनीय पनि उल्लेख छ ।
यता उपमहानगरपालिकाका मेयर लालकिशोर साहले ज्ञापनपत्र बुझ्दै यथाशीघ्र बोर्ड बैठकबाट परिणाम दिने बताएका छन् ।ज्ञापनपत्र बुझउन वरिष्ठ उपाध्यक्ष जितेन्द्र कुमार महासेठ, पूर्व अध्यक्ष निर्मल कुमार चौधरी, फुलगेन साह सहितका व्यक्तिहरु पुगेका थिए ।
त्यसैगरी जनकपुर उद्योग वाणिज्य संघले जनकपुर भन्सार कार्यालयलाई पनि दुई सूत्रीय माँग राखी ज्ञापनपत्र बुझाएको छ । सवारी साधन लिएर जनकपुर आउने पर्यटकहरु भन्सार छुट पूर्जी लिएर यहाँ आएपछि बाँस बस्ने ईच्छा भएमा भन्सारको वर्तमान नियमले पुनः नाकामा नै फिर्ता गराउने गरेकोले यसले असहज परिस्थिति सृजना भएको उल्लेख छ । त्यसैले जनकपुरधाम स्थित भन्सार कार्यालयले नै भन्सार काटने व्यवस्था मिलाई दिन अनुरोध गरेको छ । रेल्वे सञ्चालन पश्चात् रेल्वेबाट जनकपुरधाम आउने मालसामानहरुको भन्सार यस कार्यालयबाट नकाटने योजना रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् । अहिलेसम्म प्राप्त गर्दै आएको सुविधा यथावत राख्न भन्सारसँग आग्रह पनि गरेका छन् ।

No comments:

Post a Comment