Tuesday, January 1, 2019

कार्यपालिका सदस्य यादवलाई वडा अध्यक्ष सिंहको धम्की

जनकपुरधाम,१७ पुस । जनकपुरधाम उपमहा नगरपालिका कार्यालय सदस्य एवं वडा नं. ४ का सदस्य पुष्पा यादवलाई सोही वडाका वडा अध्यक्ष सुन्दर्शन सिंहले धम्की दिएका छन् ।
पुस ९ गते भएको कार्यपालिका सदस्यको बैठकमा आफू जान लाग्दा वडा अध्यक्ष सिंहले कुनै पनि निर्णयमा सही छाप नगर्न चेतावनी दिएका थिए । सही छाप गरेमा परिणाम राम्रो नहुने भनेपनि आफूले सही लागेको बुँदामा सही छाप गरेपछि झण्डै धम्की दिने गरेको सदस्य यादवले प्रेस विज्ञप्ति जारी गरी आरोप लगाएका छन् ।
सदस्य यादवले जनकपुरधाम उपमहानगरपालिकाको नाउँमा प्रेस विज्ञिप्ति जारी गर्दै भने, ‘बोर्ड बैठकबाट फर्किदा वडा अध्यक्ष सिंहले तपाईले सही छाप गर्नु भएको छ कि छैन, सोद्धा आफूले सही छाप गरेको ‘हो’ मा जवाफ फर्काएपछि वडा कार्यालयमा नआउन चेतावनी दिएको हो ।’
उनले म कार्यपालिका सदस्यले कानून अनुसार बोर्ड बैठकमा बस्ने कानुनी अधिकार रहेको तथा बोर्डका निर्णयहरुमाथि छलफल गरी सही छाप गर्ने व्यक्तिगत अधिकार भएपनि वडा अध्यक्ष सिंहले विधिको शासन विपरित प्रजातान्त्रिक अभ्यासलाई मिच्दै गुण्डाशैलीमा धम्कीपूर्ण चेतावनी दिएको विज्ञप्तिमा उल्लेख गरेको छ । उनले वडाको बैठकमा लिखित तथा मौखिक जानकारी नगराई भ्रष्ट मानसिकता बोकी गुपचुप तरिकाले निर्णयहरु गरी मेरो अधिकारमा अघात पुर्याएको बताएका छन् । कार्यपालिकाको बैठकमा भएको छलफलबाट निर्णयमा सहीछाप गरेमा आफूलाई वडा कार्यालयको बैठकबाट वन्चित गर्नु अन्याय पूर्ण रहेकोले न्याय पाउँ भने जनकपुरधाम उपमहा नगरपालिका तथा सञ्चारकर्मीहरुलाई गुहारेका छन् ।


No comments:

Post a Comment