Sunday, December 30, 2018

पिकनिकको ‘हव’ मणिपाल


जानकी मन्दिर भन्दा करीब ३ किलोमिटर उत्तर र दक्षिणमा रहेको मणिपाल (कभर्ड हल) अग्रेजीको नयाँ वर्षको पिकनिकको ‘हव’ बनेको छ । नेपालीहरुले बैशाख १ गते मनाउने गरेको नयाँ वर्षमा जति रमाइलो गर्नेहरुको भीड हुँदैन त्योभन्दा तीनचार गुणा बढी अग्रेजीको नयाँ वर्ष मनाउनेहरुको भीडभाड देखिन्छ  ।
ठूलो क्षेत्रमा रहेको मणिपालमा दिसम्वरको पहिलो हप्तादेखि नै त्यहाँ पिकनिक मनाउनेहरुको घुइचो लाग्ने गरेको छ । तर जनवरी नजिकदै जाँदा झण्डै पिकनिक र रमाइलो गर्ने युवायुवतीहरुको संख्या बढ्दै गएको हो । त्यहाँ नै खाना बनाउने,, गीतमा रमाउने र झुम्नेहरु विहानदेखि बेलुकासम्म हेर्न सकिन्छ ।
भारतको सीमावर्ती क्षेत्र तथा नेपालको परोसी जिल्लाहरुबाट पिकनिक बनाउनेहरुको संख्या मणिपालमा बढी देखिन्छ । नयाँ वर्षको सुरुवात सँगै रमाइलो गर्नेहरुको संख्या बढेको हुन्छ ।
जनकपुरधाममको दोस्रो पिकनिकको ‘हव’ धनुषाधाम रहेको छ । जनकपुरधामबाट करीब ९ किलोमिटर पूरव र उत्तरमा रहेको धनुषाधाममा पनि पिकनिक गर्नेहरुको संख्या बढी रहेको छ । पिकनिक गर्नेहरु धनुषाधाम मन्दिरमा पूजापाठ गरी भोजभतेर गरेर रमाइलो गर्ने गरेको देखिन्छ । मन्दिरभन्दा नजिकै रहेको जंगलमा पिकनिक हव समेत निर्माण गरेकोले त्यहाँ पनि अग्रेजीको नयाँ वर्षमा वनभोजन गर्नेहरुको संख्या उल्लेखनीय रहेको छ ।

No comments:

Post a Comment