Thursday, November 13, 2014

माथवर हत्यारालाई २० वर्षको जेल

कैलास दास
जनकपुर, कार्तिक २७ । नेकपा एमाले निकट युथ फोर्स जनकपुरका नगर अध्यक्ष माथवर मुखियाको हत्यामा संलग्न ५ जनालाई धनुषा जिल्ला अदालतले दश वर्षदेखि बीस वर्षको जेल सजाय फैसला विहिवार सुनाएको छ ।
हत्याका प्रमुख अभियुक्त जनकपुर नगपालिका वडा नं १२ कुवा वस्ने धर्मनाथ खत्वे र सर्लाहीको मलंगवा नगपालिका घर भएका मुकेश पण्डितलाई २०÷२० वर्ष जेल सजाय सुनाएको छ । यी दुई जनालाई गोली प्रहार गरेर भाग्दै गरेको अवस्थामा नै स्थानीयवासीले नै पक्राउँ गरेका थिए ।
 यसैगरी सोही हत्यामा संलग्न धनुषा लक्ष्मीपुर वगेवाका पृथ्वी सिंह भनिने श्याम यादव, अन्दु पट्टी कटरैतका माओवादीका नेता श्रीचन मुखिया र जनकपुर वडा नं १२ कुवा घर भएका रामबाबु महतोलाई जनही १०÷१० वर्ष कैद सजाए सुनाएको छ ।
धनुषा जिल्ला अदालतका ईजलास नं ३ का न्यायाधिश लोकचन्द शाहको एक्कल ईजलासले सो फैसला सुनाएको हो । २०६७ साल श्रावण २३ गते जनकपुरको कुवामा नै तत्कालिन युथ फोर्सका जनकपुर नगर अध्यक्ष माथवर मुखियाको गोली हानेर हत्या गरेका थिए । उनीहरु मध्ये २ जनालाई धनुषा प्रहरीले तत्कालै तथा अन्य तीन जनालाई केही दिनपछि पक्राउ गरेका थिए । सोही हत्यामा संलग्न भएका शिवहरे हालसम्म फरार नै छ ।

No comments:

Post a Comment