Tuesday, November 18, 2014

जनकपुरवासी फेरी अन्यौलमा ?

कैलास दास
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत तथा नागरिक अभिनन्दका लागि उत्सुक जनकपुरवासी सरकारको रवैया देखेर फेरी ओझेलमा परेका छन् । यसभन्दा पहिला काँग्रेस र एमालेका केही नेताहरु उनका भ्रमण रोकिन प्रयासमा लागेका थिए । यसबाट पनि यहाँका जनताहरु मोदी ज्यू जनकपुर भ्रमणमा आउनु हुन्छ कि हुँदैन जस्ता असमन्जस्तामा थिए । उनका भ्रमण सुनिश्चित भएपनि अर्को ओझेलको रुपमा उहाँको नागरिक अभिनन्दन रहेछ ।
करीब चार महिनो अघि काठमाण्डौ भ्रमणकै क्रममा मोदी ज्यूले जानकी दर्शनका लागि इच्छा जाहिर गरेका थिए । त्यतिबेलादेखि नै प्रतिक्षारत जनकपुरवासी शक्तिशाली राष्ट्रका मात्र होइन, मित्र राष्ट्र भारतका प्रधानमन्त्री मोदी ज्यूको प्रत्यक्ष रुपमा अनुभूति गर्न पाउने जिज्ञासा राख्दै आएका छन् ।
तर सोमवार धनुषा जिल्ला प्रमुख कृष्ण प्रसाद ढुंगानाको अध्यक्षता एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधिको प्रमुख आतिथ्यमा भएको एउटा कार्यक्रममा आएका कुराहरु शंशकित एवं अन्यौलमा पारी दिए । नेपाल सरकार मोदी जी ज्यूको स्वागत तथा नागरिक अभिनन्दन जानकी मन्दिरकै परिसरमा गर्ने अडान लिएका छन् भने यहाँका नागरिक समाजले सरकारको विभेदकारी नीति एवं मधेशको विकास नचाहेका आरोप लगाउँदै रंगभूमि मैदान (बाह्र विघा)मा गरिने दावी गरिदा स्वागत एवं अभिनन्दन कहाँ हुने स्पष्ट हुन सकेको छैन ।
मोदी ज्यूको जनकपुर भ्रमण निश्चित भएपनि नेपाल सरकारले उनका स्वागतको तयारी एवं जनकपुरको सौन्दर्यीकरणमा किन अगाडि आएन ? अहिले असुरक्षा, मर्यादा विपरित, राजनीतिक हस्तक्षेप जस्ता शंका उपशंका गरी नागरिक अभिनन्दनलाई एउटा सीमित घेरामा राख्ने प्रयासलाई यहाँका नागरिक समाज तयार हुन्छ त । कदापि होइन ! जनकपुरमा मोदी भ्रमणका साथसाथै महाकुम्भ मेला जस्ता विवाह पञ्चमी पनि छ । जसमा लाखौं जनता भारत—नेपालका विभिन्न जिल्लाबाट बिना निम्तोको आउने गर्दछन । यसपाली उनीहरुको इच्छा अकांक्षा पनि मोदीको प्रत्यक्ष दर्शन हो । एकतर्फ आम जनता बारह विघा (रंगभूमि मैदान)मा हुने रोजिरहेका छन् भने अर्कोतर्फ नेपाल सरकार मन्दिर परिसरमा । यस्तामा सुरक्षाकर्मीहरुले के गर्ने सोच्नै पर्ने अवस्था सृजना हुनसक्छ । मोदीको सुरक्षाका साथसाथै जनतको भीड समुद्री लहर जस्तै उर्लिने सम्भवना पनि छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, प्रशासनका लागि पनि चुनौती नै हो । यस्ता बेलामा जनताको भावना अनुरुप रंगभूमि मैदानमा नै गरिनुपर्ने उचित हुन्छ ।
भारतीय प्रम मोदीको जनकपुर भ्रमण धार्मिक एवं साँस्कृति हुनेछ, राजनीतिक होइन । यहाँका धार्मिक एवं साँस्कृतिक क्षेत्रमा भारत सरकारले प्रत्यक्ष रुपमा लगानी गरेका छन् । त्यति मात्र होइन, यसका संरक्षण, सम्बद्र्धन तथा बेलाबेलामा सक्रिय रुपमा मेला एवं धार्मिक कार्यक्रमको आयोजना यहाँका युवाहरु, नागरिक समाजले गर्दै आएका छन् । तसर्थ मोदी ज्यूको स्वागत तथा नागरिक अभिनन्दनको अधिकार पनि यस रुपमा यहाँकै नागरिकको हुनुपर्दछ । नेपाल सरकारले स्वागत तथा अभिनन्दन कार्यक्रमलाई मोड्न खोजियो भने द्वन्द सृजना हुने सम्भावना पनि झल्किन्छ । सरकारमा सम्मिलित दलका नेताहरुले पहिला नै जनकपुर भ्रमणमा रोक लगाउने प्रयास गरी जनकपुरप्रतिको विभेदकारी नीति बाहिर ल्याई सकेका छन् । अब स्वागत तथा नागरिक अभिनन्दन यहाँका नागरिकहरुले गर्न नपाए द्वन्द सृजना हुने र यसका प्रभाव नेपाल—भारतको मन्त्री सम्बन्धमा पर्ने निश्चित देखिन्छ ।
धनुषा महोत्तरीका सभासद् एवं पार्टी जिल्ला प्रमुखहरु पनि जानकी मन्दिर परिसरमा मोदी ज्यूको स्वागत तथा नागरिक अभिनन्दन गर्न मानि रहेको छैन । नेपाल सरकारले धनुषाकै भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि ज्यूलाई मोदी ज्यूको सुरक्षा तथा स्वागत तयारीका लागि पठाएका छन् । मन्त्री निधि ज्यू धनुषाको हुँदा पनि धनुषावासीको भावना एवं चाहना विपरित कार्य गर्न लागेको आरोप लागि रहेको छ । अब कम्तिमा धनुषाकै मन्त्री भएकोले यहाँका नागरिक समाजको भावनालाई नेपाल सरकार समक्ष पु¥याएर मोदीको नागरिक अभिनन्दन एवं सम्बोधन रंगभूमि मैदानमा नै होस् मन्त्री निधिको प्रयास नै सबैको लागि हितकर हुनेछ । मोदी ज्यूको स्वागत तथा नागरिक सम्बोधन कार्यक्रमलाई छ्टिटो भन्दा छिट्टो द्वन्द्व रहित सार्वजनिक होस् ताकि जनकपुरवासी ओझेलमा नरहोस् ।

No comments:

Post a Comment