Tuesday, November 25, 2014

कहिल्यै न टुटोस यो....!

कैलास दास
त्रेता युगीन पुरुषोत्तम भगवान राम र आदर्श नारी सीताको तिलकोत्सव हास्य, व्यङ्ग र साँस्कृति झल्काउँदै मंगलवार तिलकोत्सव सम्पन्न भएको छ । मिथिला परम्परा र संस्कृति अनुसार भएको तिलकोत्सवमा नेपाल—भारत सहितका साधुसन्ध एवं भक्तजनहरुबीच मैथिलानी महिलाहरुले गरेकी गालीगलौज सबैलाई भावविभोर पारेका  थिए ।
दुबै देशको साँझा संस्कृतिलाई नेपाल—भारतका मिडियाहरुले क्यामरामा क्याच गर्न आतुर देखिन्थ्यिो भने मैथिलानी महिलाद्वारा गीत गायनका स्वर र दृशय कहिले हास्य त कहिल्यै ब्यङ्ग भरिरहेका थिए । तालीको गडगराहट थमिरहेको थिएन । भगवान राम की जय, सीता मैया की जाय जयकारका उद्घोषले राममन्दिर परिसर गुन्जमय बनेका थिए ।
तुलसी दास द्वारा लिखित रामायणको आधारमा भएको तिलकोत्सव नेपाल—भारतबीचका साँस्कृति एउटै छ र रहिरहन्छ सबैले फेरी अनुभूति गरे । महिला श्रद्धालुहरुको आँखामा देखिएको भावुकता देश दुईवटा भएपनि आत्मा एउटै रहेको बुझियो । नेपाल—भारत बीचमा सीमा भएपनि रहन—सहन, भेषभूषा तथा साँस्कृति मात्र होइन, आत्मा पनि एउटै रहेको जसलाई कसैले तोड्न सक्दैन सबैको आँखामा झल्कि रह्यो ।
भारत अयोध्याबाट भगवान रामको पिता दशरथका भूमिकामा (सुरेश दास) र सीता मैयाको पिताको भूमिकामा रामतपेश्वर दास वैष्णवबीच तिलकोत्सव पश्चात् सम्धी मिलनका दृश्य देखर ताली बजाउँदै खासगरी महिलाहरु भावुक बनेकी थिइन । बेटीको विदाईभन्दा पहिला जसरी आमालाई चिन्ताले सताई रहेको हुन्छ । त्यस्तै तिलकोत्सवमा देखियो ।
राम—सीता विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा विवाहोत्सवमा मनाउने गरिन्छ । जसमा महाकुम्भ मेला जस्तै दर्शनार्थीहरु सहभागी हुन्छ । श्रद्धा एवं साँस्कृतिका पर्व विवाहोत्सवमा बिना निम्तोको लाखौं व्यक्ति सहभागी हुन्छ । विश्वमा यस्ता कुनै पनि देश नहोला जहाँ बिना निम्तोको लाखौं जन्तिहरु आउने गर्दछ् । तर त्रेता युगका यी संस्कृति नेपाल —भारतबीचका सम्बन्ध अहिले पनि अटुट छ  र रहिरहन्छ ।
दुई देशलाई जोड्ने यो साँस्कृतिलाई नेपाल सरकारले बुझ्न सकेको छैन । सुमधुर एवं अझै व्यवस्थित गर्नका लागि कुनै बजेट नदिएपछि स्थानीय युवाहरुले नै   अहिलेसम्म भव्यता प्रदान गर्दै आएका छन् । खासगरी यस विवाहोत्सवमा व्यवस्थापन गरेका राम युवा कमिटी, महावीर युवा कमिटी तथा गणेश युवा कमिटी सबैभन्दा धन्यवादका पात्र हुन । यो साँस्कृति कहिल्यै नटुटोस माता जानकीसँग कामना छ । साथै विवाहोत्सवमा पाल्नु भएका सबै श्रद्धालुहरुप्रति स्वागत तथा शुभकामना ।

No comments:

Post a Comment