Tuesday, November 25, 2014

भगवान रामका तिलकोत्सव सम्पन्न

कैलास दास
जनकपुर, मंसिर ९ । सप्ताहव्यापी रामजनकी विवाहपञ्मी महोत्सव अन्तर्गत मंगलवार भगवान रामको तिलकोत्सव सम्पन्न भएको छ । जानकी मंन्दिरबाट एक सय एक भार सहितको कोशेली राममन्दिरमा लगेर भगवान रामको मिथिला विधि अनुसार तिलकोत्सव भएको हो ।
तिलकोत्सव समारोहका लागि श्री महावीर युवा कमिटीले आकर्षक एवं कलात्म मञ्च निर्माण गरेका थिए । यसवर्ष अयोध्याबाट आएका साधुसन्तहरु सहभागी रहेकाले तिलकोत्सव समारोह अलौकिक देखिन्थ्यो । नेपाल—भारतबाट हजारौ नरनारीहरु राममन्दिर आएका थिए ।
राजर्षि जनकको भूमिका जानकी मंन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र  दशरथको भूमिका भारत अयोध्याका महन्थ सुरेश दासले गरेका थिए । कार्यक्रममा राममन्दिर जनकपुरका महन्थ राम गिरी र जनकी मंन्दिरका महन्थ रामतपेश्वर दासले सम्धी मिलन गरेका थिए ।
भारतको अयोध्याबाट आएका साधुसन्तहरुले नौ लाख वर्ष पूर्व पनि भगवान राम र सीताको विवाहोत्सव कार्यक्रम यस्तै प्रकारले भएको र यसलाई मिथिलावासी तथा अवधवासीले जीवित राखेकोमा खुशी व्यक्त गरे ।
बशिष्टको भूमिका निर्वाह गरेका डा रामेश्वर दास वैष्णवले भगवान राम र सीता विवाहको स्मरणमा प्रत्येक वर्ष विवाहोत्सव मनाएर मिथिला र अवधले आफ्नो सम्वन्धलाई अझ बढी सुमधुर बनाएको बताए । जानकी मंन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जनकपुरवासी रामजानकीको विवाहलाई ठूलो उत्सवको रुपमा मनाएको र अनन्तकालसम्म मनाई रहने बताए ।

साधुसन्तहरुले मिथिलामा अयोध्यावाट आएका जन्ति झुकिएर डोमको आलिसान घरमा गएपछि डोमले आफू जनकको दरवारमा काम मात्र गर्ने भएको भनेपछि जन्ती छक्क परेका थिए ।
कार्यक्रममा ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र जनकपुरकी सञ्चालिका गंगामाता, धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले पनि बोलेका थिए । कार्यक्रममा सहभागि भएका विशिष्ट व्यक्तिहरुलाई विश्वहिन्दु परिषदका राजेन्द्र सिंह पंकजले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाली सेनाको व्याण्ड टोलीले मंगलधुन बजाएर भारतबाट आएको जन्तिको स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा धनुषा जिल्लाका प्रशासक तथा प्रहरी प्रमुखहरु पनि सहभागि रहेका थिए । कार्यक्रममा सहभागिहरुलाई मिथिलानीहरुले मिथिलाको परम्परा अनुसार गाली पनि गरेका थिए ।
विवहपञ्चमी महोत्सव अन्तर्गत भोली तर्थात बुधवार मटकोर तथा विहिवार विवाहउत्सव कार्गक्रम रहेको छ । नेपाल भारतको सम्वन्धलाई अझ बढी मजवुद वनाउनमा विवाहपञ्चमी महोत्सवले महत्वपूर्ण गोगदान पुर्याएको छ । यस महोत्सवमा खास गरेर नेपाल भारतको लाखौ व्यक्ति पनि सहभागि रहेका थिए । 

No comments:

Post a Comment