Sunday, November 16, 2014

प्रम मोदीको ‘नागरिक सम्बोधन’ गर्न नदिएका कारण

कैलास दास

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न ‘जनकपुर भ्रमण र नागरिक सम्बोधन’बाट धनुषा, महोत्तरी सहित तराईका जिल्लावासी उत्साहित एवं स्वागतका लागि देखाएका तत्परता उदास र आक्रोशमा परिणत भएका छन् । धार्मिक पर्यटकीय नगरीमा उहाँको ‘जनकपुर दर्शन’ले आवश्य नै जनकपुर शिखरमा पुग्ने छ । भारत जस्ता शक्तिशाली राष्ट्रका प्रधानमन्त्री मोन्दीले मधेशी जनतालाई कुन शब्दले कसरी प्रभावित एवं उत्साहित गर्ने छन् सुन्नु भन्दा पहिला नै उहाँद्वारा गरिने ‘नागरिक सम्बोधन’ स्थगित हुनु बहसको विषय बनेको छ । प्रम मोदीको सम्बोधन पछाडि के राज हुनसक्छ ? जसलाई सरकारमा सम्मलित केही नेता एवं जिम्मेवार व्यक्तिहरुले विरोध जनाई उहाँको ‘नागरिक सम्बोधन’ नै स्थगित तुल्याएका छन् । मधेशी जनताका लागि एउटा बहसको सवाल मात्र होइन यस्ता व्यक्तिहरु मधेशप्रति कस्ता भावना प्रस्तुत गर्न खोजेको हो जिज्ञासा पनि जागेको स्वभाविक हो ।
भारतीय प्रम मोदीको आसन्न जनकपुर भ्रमण एवं नागरिक सम्बोधनलाई नेपाल सरकारबाटै ‘नागरिक सम्बोधन’ रोकिनु ? नेपाल—भारत मैत्री समाजद्वारा आयोजना गरिएको साइकल वितरण गर्न नदिनु ? जनकपुर भ्रमण निश्चित भईसकेपछि नेपाली काँग्रेसका रामशरण महत र गगन थापा जस्ता ठूला नेताहरु दिल्ली गएर यहाँका बारेमा गलत किसिमले प्रचार गर्नु । एमालेका केही नेताद्वारा जनकपुर धार्मिक स्थल होइन एउटा टोल होे दुष्प्रचार गर्नु ? मधेशप्रति कस्ता मानसिकता उपब्जाएको छ त्यसबाट अब मधेशी जनता अनभिज्ञ छैन र यो कुरा भारतले नबुझेको पनि होइन ? वर्षोदेखि अपेक्षित राखिएको जनकपुरलाई शिशा (आइना) जस्तो मोदीको भ्रमणमा आएको कुराहरुबाट स्पष्ट झल्काई सकेका छन् ।
भारतले नेपाल सरकारलाई दिएको प्रहरी भ्यान, विभिन्न संघ संस्थाको नाउँमा एम्बुलेन्स, भारतमा अध्ययनका लागि नेताहरुको सोर्स उचित हो भने एउटा संस्था द्वारा प्रम मोदीको भ्रमणमा साइकल वितरण गर्ने कार्यक्रम मर्यादा विपरित एवं राजनीतिक हस्तक्षेप कसरी हुन सक्छ यसको जवाफ यहाँका जनताहरु खोज्न थालेका छन् । जनकपुरका महाकुम्भ मेला अर्थात् विवाह पञ्चमीमा सीमावर्ती क्षेत्रबाट ठूलो संख्यामा दर्शनार्थीहरु आउने गर्दछन् । यसपाली सोही बेलामा प्रम मोदीको सम्बोधन रहेको हो । विवाह पञ्चमीमा बिना निम्ताको लाखौं दर्शनार्थीहरु आउने गर्दछन् । यसलाई देखेर प्रम मोदीले राजनीतिक हस्तक्षेप गर्छन कि वा जनकपुरबाटै मधेशको विकास गर्न खोजेको तो होइन् । वर्षोदेखि अपेक्षित जनकपुरको भाग्योदय त हुने छैन । मधेशप्रति हुँदै आएको विभेदकारी नीति खुल्ने त होइन ? मोदीको भाषणले मधेशी जनता आफ्ना अधिकार खोजिने त होइन ?विभिन्न शंका उपशंका हस्तक्षेपका कारण हुन सक्छ ? जुन बहसको विषय हो ।
अब सवाल उठ्छ यस्तो घडीमा यहाँका जनताहरुले के गर्लान त ? मधेशका प्रतिनिधित्व गर्ने सभासद् एवं राजनीतिक दलहरुले कस्ता आवाज उठाउने छन् । यसका प्रतिक्षा जनकपुरवासी गरिरहेका छन् । अब राजनीतिक विचारमा आफ्ना दृढता प्रस्तुत गर्ने समय आई सकेको छ । मोदीको नागरिक सम्बोधन उचित हो कि होइन यो कुरा पनि मधेशका प्रनिनिधित्व गर्नेबाट आउनु प¥यो । नागरिक सम्बोधनबाट यहाँका विकास को बाटो खुल्छ र देशका लागि पनि हितकर हो भने आवाज उठानु पर्दछ । होइन भने जनता सामु तार्किक विचार दिनु पर्ने आवश्यकता हो ।
भारतीय प्रम मोदीको सम्बोधन साँस्कृतिक—धार्मिकका साथै यहाँका विकासमा आधारित हुन्थ्यो होला । राजनीतिक द्वन्द होइन ? एक तरफ नेपाल—भारतबीच मित्रताको सम्बन्ध, बेटी—रोटीको सम्बन्ध, धार्मिक एवं साँस्कृतिक सम्बन्ध, सँगसँगै हिडने र विकास गर्ने सम्बन्ध जोडिएको छ भने राजनीतिक द्वन्द जस्ता भाषण गर्लान यसको कल्पना पनि कसरी गर्न सकिन्छ । तर नागरिक सम्बोधन मधेशी जनतालाई भडकिलो पार्ने होला शंका उपशंका गरेर नेपाल सरकारले ‘नागरिक सम्बोधन’ नै रोकिने उचित होइन ?
भारतीय प्रम मोदीको भ्रमणले ‘जनकपुरलाई विश्वमा चिन्हाउने’ छ र उहाँको नागरिक सम्बोधनबाट यहाँका साँस्कृतिक झल्किने छ । नेपालको काठमाण्डौ शहर मात्र बुझने विश्व अब जनकपुर पनि एउटा धार्मिक पर्यटकीय स्थल हो उहाँको जनकपुर भ्रमण र नागरिक सम्बोधनबाट झल्किन्छ । नेपाल सरकारले यहाँका जानकी मन्दिरलाई विश्व सम्पदामा पु¥याउन त सकेन तर भारतीय प्रम मोदीको भ्रमणले जनकपुरलाई चिन्हने कार्य आवश्य हुन्छ । यस्ता मौकामा चौका लगाउने हो कि खस शासकको जालझेलमा पछि पार्ने हो नेपाल सरकारको अभिव्यक्तिले प्रष्ट पार्दछ ।
नेपाल सरकार द्वारा ‘नागरिक सम्बोधन होइन, अभिनन्दन’ गर्ने कार्यक्रम तय गरिएको छ । जसको अभिभारा धनुषाकै यातायात तथा पूर्वाधार मन्त्री विमलेन्द्र निधिलाई दिएको हो । जुन ‘नागरिक अभिनन्दन’ जानकी मन्दिर परिसरमा हुने र त्यसमा सात सय व्यक्तिको उपस्थिति रहने कुरा बाहिर आएको छ । जसमा मन्त्री तथा सभासद्हरुको उपस्थिति हुन्छ । यो कस्तो निर्णय हो । ‘नागरिक अभिनन्दन’ यहाँका जनताहरु बुझेको छैन वा नेपाल सरकारले बुझाउन सकेको छैन । मोदी ज्यूको यो नागरिक अभिन्दन हो कि नेताहरुसँग भेटघाट यसको निर्णय त जनताले नै गरिने छ । नागरिक अभिनन्दन आम जनताहरुले गर्नुपर्ने कुरा हो । तर नेपाल सरकारले नै सरकारको जिम्मेवार व्यक्ति र केही ठूल्ठूला नेताहरुलाई भेटभाटलाई नागरिक अभिनन्दनको संज्ञा दिने हो भने आम नागरिकका लागि दुराभाव नै भन्नु पर्दछ ।
आज फेरी मधेशी जनता राणा शासन र राजतन्त्र जस्ता अनुभव गर्न थालेका छन् । नेपालका धार्मिक पर्यटकीय नगरीको रुपमा ‘जनकपुरधाम’ को एउटा आफ्नै मार्यादा र शिखर भएपनि नेपाल सरकारले अहिलेसम्म यहाँको विकास त्यस किसिमले गरेको छैन । राजा महेन्द्रकालदेखि अपेक्षित जनकपुर अहिलेपनि अपेक्षित नै छ । यहाँका मठ मन्दिर निर्माण, सडक निर्माणदेखि सौन्दर्यीकरणसम्म भारतले सहयोग गर्दै आएका छन् । त्यसैले यहाँका जनताहरु विकासका लागि भारतकै आशामा पर्खिरहेको हुन्छन् । तर नेपाल सरकारले नागरिक सम्बोधनलाई नागरिक अभिनन्दनमा भनेर यहाँका जनतालाई ठेस पु¥याएको छ ।
राणा शासन र राजतन्त्रमा मधेशको विकास र मधेशी जनतालाई सम्झेको नेपालको दोस्रो नागरिक लोकतन्त्रमा पनि प्रमाणित खसवादी शासकले गरेर देखाएको छ । भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणले एक साथ अनेक कुराहरुलाई जोडिन्छ । नेपाल—भारतको साँझा साँस्कृति, रहन—सहन, भेषभुषा, धार्मिक एवं ऐतिहासिक पहिचान,बेटी—रोटीको सम्बन्धलाई प्रगाढ हुने सम्भावना । नेपालमा बस्ने मधेशी जनताप्रति खसवादीको दृष्टिकोण उजागर हुन्छ । लोकतन्त्रमा पनि विभेदकारी नीति अन्त्य भएन भने अभिव्यक्ति स्वतन्त्रलाई अब कसैले रोक्न सकिने छैन । प्रम मोदीज्यूको ‘नागरिक सम्बोधन’ जनकपुर विकासका लागि केही सहयोग दिने हो । न कि जनकी मन्दिर परिसरमा पूजापाठ र सुन्दरकाण्ड जस्ता प्रवचनका लागि । प्रम मोदी धार्मिक स्वभावको व्यक्तित्वका साथै राजनीतिक व्यक्ति एवं प्रखर वक्ता पनि हुन र उहाँसँग यहाँका जनता विकासको अपेक्षा पनि राखेका छन् ।  तर उहाँलाई सुन्दरकाण्डमा (जानकी मन्दिरकै पसिरारमा सीमित पारिनु) भयो भने हात मल्नुका साथै केही भेटिदैन । त्यसर्थ नागरिक सम्बोधनका लागि आम जनताबाटे रंगभूमि मैदानमा हुनुपर्ने अडान राख्नु पर्दछ । जहाँ लाखौ जनताहरुसँग भेटघाट एवं उहाँको भाषण सुन्न सकोस् ।

No comments:

Post a Comment