Tuesday, November 25, 2014

भारतीय प्रम मोदीले ःबहुतबाट संविधान बनाऔ, चाँडै जनकपुर आउने आश्वासन

कैलास दास
काठमाण्डौ, मंसिर ९ । नेपालका सत्तारुढ ठूला राजनीतिक दलहरु सहमति नजुटे दुई तिहाइ बहुमतको प्रक्रियाबाटै माघ ८ मा संविधान जारी गर्ने तयारी गरिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहुमतीय प्रक्रिया बाट संविधान नबनाउन सुझाव दिएका छन ।
सत्तारुढ दलहरु बहुमतीय प्रक्रिया बाट संविधान बनाउने चेष्टा गरे त्यो मुलुकको लागी दुर्भाग्यपूर्ण हुने चेतावनी दिदै मोदीले भने,‘ संख्याका आधारमा होइन, सहमतिबाट संविधान बनाउन यहाँका राजनीतिक दलहरुलाई आग्रह गर्दछु ।’

वीर अस्पताल परिसरमा भारतको सहयोगमा निर्मित टूमा सेन्टरको उदघाटन समारोहलाई सम्बोधन गर्दै मोदीले भने,‘नेपालका सबै राजनीतिक दलका नेताहरुलाई आग्रह गर्छु, संविधान निर्माण सहमतिबाट गर्दा नै फाइदा हुन्छ, संख्याको बलबाट संविधान निर्माणले नेपालको कहिल्यै भलो गर्दैन ।’
मोदीले नेपालले कस्तो संविधान बनाउने भन्ने आफैं निर्णय गर्न र त्यसमा भारतको कुनै हस्तक्षेप नहुने प्रष्ट पारे । ‘तर नेपालको संविधान यस्तो गुलदस्ता (फूलबारी) होस, जसमा हरेकले आफ्नो फूल र बासना छ भन्ने अनुभूति गर्न सकुन’ मोदीको भनाई थियो ।
मोदीले मधेसी र माओवादीलाई उत्साहित पार्दै भने(‘नेपालमा चाँडै नै यस्तो संविधान बनोस, जहाँ मधेसीले हामीलाई हेर्ने कोही छैन भन्ने महसुस नगरोस, पहाडीले पनि त्यस्तो नसोचोस् र माओवादीलाई पनि नलागोस कि हामीलाई सोध्ने कोही छैन ।’
उनले एकपटक सहमतिबाट संविधान जारी गरेपछि संसदबाट दुई तिहाइले संशोधन गर्न सकिने भएकाले अहिले सहमतिबाहेक अरु नसोच्न सुझाव दिए ।
मोदीले भने,‘नेपालका हरेक मानिसले यो संविधानमा अपनत्व महसुस गर्न सकेनन्, उनीहरुका सपना समेटिएनन् भने नेपालका लागि त्यसपछि धेरै ठूलो कठिनाइ हुनेछ ।मोदीले प्रष्ट भाषामा उपदेश र चेतावनीको शैलीमा सहमति बाहेक अर्को प्रक्रियाबाट संविधान जारी नगर्न सुझाव दिइरहेका बेला प्रधानमन्त्री सुशील कोइराला ध्यानपूर्वक उनको भाषण सुनिरहेका थिए ।
मोदीले नेपाल खुसी भएमात्रै भारत मुस्कुराउने भन्दै संविधान निर्माणको प्रक्रिया ढीलो भइसकेकोतर्फ पनि नेपालका नेताहरुको ध्यानाकर्षण गराए ।
‘संविधान निर्माणको काममा नेपालको संविधानसभा राम्रोसंग अघि बढेको छ, तर मलाई लाग्छ अब ढिला भरहेको छ’ मोदीको भनाई थियो ।
भारतीय प्रधानमन्त्री आफ्नो भाषणमा नेपालको राजनीतिक मामिलामाथि विना हिच्किचाहट आफ्नो धारणा राखेका छन् । संविधान निर्माण प्रक्रियाबारे देशभित्र ठूलो बहस भइरहेका बेला मोदीले माओवादी र मधेसवादीको मतलाई खुलेआम समर्थन गर्दै बहुमतीय प्रक्रियाबाट संविधान नबनाउन भनेपछि सत्तारुढ दल  अप्ठ्यारो परेका छन् । मोदीको जनकपुर भ्रमणलाई सरकारले अनावश्यक विवादित बनाए पछि भारत सरकार सत्तारुढ दलबाट असन्तुष्ट बनेका बेला मोदीको यस्तो अभिव्यक्ति सार्वजनिक भएका छन ।
ट्रमा सेन्टर उदघाटनमा प्रधानमन्त्री सुशील कोइरालाले अंग्रेजीमा लिखित भाषण पढेका थिए । मोदीले हिन्दीमा अलिखित मन्तव्य दिने क्रममा निकै लामो, अनौपचारिक र उपदेशात्मक अभिव्यक्ति दिए ।
जनकपुरबारे स्पष्टीकरण
मोदीले आफूले चाहेर पनि जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण गर्न नपाएकोमा त्यस क्षेत्रका नेपाली जनतासमक्ष माफी मागे ।
मोदीले भने(‘म तपाईहरुको पीडा भलिभाँती बुझ्छु, तर यसपटक सम्भव भएन, जनकपुर, लुम्बिनी र मुक्तिनाथका लागि म फेरि आउनेछु ।’
स्थलमार्गबाट जानकी मन्दिरको दर्शन गर्दा कतिको समस्या रहेछ भनेर जान्नका लागि आफू स्थलमार्गबाटै जनकपुर आउन चाहेको उनले बताए ।

No comments:

Post a Comment