Wednesday, November 19, 2014

प्रहरी र नागरिक समाजबीच झड्प, रंगभूमिमा नै मोदीको नागरिक सम्बोधन माँग

कैलास दास
जनकपुर, मंसिर ३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणको क्रममा हुने नागरिक अभिनन्दन रंगभूमि मैदानमा हुनुपर्ने माँग गर्दै जनकपुरमा प्रदर्शन गरिएको छ ।

जानकी मन्दिरको प्राङ्गण भित्रै नागरिक अभिनन्दन गर्ने सरकारी निर्णयको विरोध गर्दै आएका संघीय गणतान्त्रिक मोर्चा सहितको सर्वपक्षिय समितिले रंगभूमि मैदानमा नागरिक अभिनन्दन हुनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
मोर्चा आवद्ध विभिन्न दलका सभासद, पूर्व मन्त्रीहरु तथा पूर्व सभासद सहितको सहभागितामा जानकी मन्दिरबाट शुरु भएको विरोध जुलुस सहितको रैली नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो । प्लेकार्ड सहित निस्केको जुलुसमा भारतीय प्रधानमन्त्रीको सम्बोधन बाह्र विघामा हुनुपर्ने, वर्तमान सरकारको निर्णयको कडा विरोध गरिएको थियो । 
उनीहरुले भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन जानकी मन्दिर भित्र गरेर मोदीको सिंगो नेपाल भ्रमणलाई संकुचित तुल्याउने प्रयास सरकारले गरेको भन्दै यस क्षेत्रका जनभावनाको कदर गर्दै रंगभूमि मैदान बाह्र विघामा नागरिक अभिनन्दको व्यवस्था मिलाउन सरकारसंग मांग पनि गरेका छन् । सरकारले आफनो नीति परिवर्तन नगरे सरकारी अभिनन्दनलाई अवहेलना गर्दै सडकमै भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दन गर्ने चेतावनी समेत उनीहरुले  दिएका थिए ।
ज्ञापन पत्र बुझाउने क्रममा एमाओवादीका मधेश व्युरो इन्चार्ज एवं पूर्व मन्त्री रामचन्द्र झाले सरकारी अभिनन्दन समितिलाई आफुहरुले कुनै पनि हालतमा स्वीकार नगर्ने भन्दै जनभावना अनुरुप सर्वपक्षीय समिति गठन गरेर स्थान परिवर्तनको मांग गरे । सोही क्रममा तमलोपाका सभासद डा. विजयकुमार सिंहले पाहुनालाई स्वागत गर्ने मैथिली परम्पराको आफनै विशिष्टता रहेको भन्दै भारतीय प्रधानमन्त्रीको मोदीको स्वागत पनि जनस्तरबाटै सोही परम्परा अनुरुप हुनु पर्ने मांग गरे ।
त्यस्तै पूर्व मन्त्री हरिनाराय(ा यादवले मधेशप्रतिको विरोधी रवैया सरकारले फेरी दोहो¥याएको भन्दै समयमै सचेत हुन आग्रह गरे ।
ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले बाह्र विघामै नागरिक अभिनन्दन हुनुपर्ने, जनभावनामा आफनो कुनै विमति नरहेको र यसका लागि माथिल्लो निकायमा कुरा गर्ने आश्वासन समेत दिएका थिए ।

यस अघि सर्वपक्षिय टोलीले मंगलवार मात्र विरगंज पुगि भारतीय महावाणिज्य दुतावास मार्फत भारतीय सरकारलाई जनकपुरको अवस्थाबारेमा अवगत गराउने काम भएको थियो । उता ज्ञापनपत्र दिनका लागि मोर्चा निकट दलका नेताहरु नारा लगाएर जिल्ला प्रशासन कार्यालयमा गएका थिए । सर्वपक्षिय समितिले मोदीको अभिनन्दन बाह्र विघामा हुनुपर्ने मांग गर्दै आएपनि सरकारी पक्षले भौतीक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिको संयोजकत्वमा अभिनन्दन समिति गठन गरेर तैयारी जानकी मन्दिर परिसरमै गरिरहेको छ ।
विरोध प्रदर्शन तथा ज्ञापनपत्र बुझाउनका लागि सभासद रामसिंह यादव,  सभासद् माधवी रानी साह, पूर्व मन्त्री अरविन्द साह, पूर्व मन्त्री सुरिता साह, पूर्व मन्त्री चन्दा चौधरी, पूर्व सभासद् कौशल यादव एमाओवादीका केन्द्रिय सदस्य रामचन्द्र मण्डल, गणतान्त्रिक मञ्चका संयोजक झल्कु यादव, फोरम लोकतान्त्रिकका जिल्ला  उपाध्यक्ष संजय चौधरी, तमलोपाका परमेश्वर साह, फोरम नेपालका शेषनारायण यादव, सद्भावना पार्टीका संजय सिंह, तराई मधेश सद्भावना पार्टी, महिला सञ्जाल अध्यक्ष रेणु झा लगायत विभिन्न संघ संस्था तथा दलका नेताहरु सहभागी थिए ।
जिल्ला प्रशासन कार्यालयको मूल गेटमा जुलुस पुगेपछि प्रवेशद्वारा नखोलेपछि केही बेर चर्काचर्की पनि भएको थियो । प्रहरीले प्रदर्शनकारीलाई भित्र प्रवेश गर्नबाट केही समय बल प्रयोग गरेर रोके पनि प्रजिअको आदेशमा भित्र छिर्न दिईएको थियो ।  

No comments:

Post a Comment