Friday, November 21, 2014

मोदीको जनकपुर भ्रमण रद्द भएको छैन ः गृहसचिव जनकपुरमा स्वागतका लागि प्रधानमन्त्री कोईराला आफै उपस्थित हुने

कैलास दास
जनकपुर, मंसिर ५ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले प्रेस विज्ञप्ति जारी भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको २४ घण्टा भित्रमा गृह सचिव सूर्य सिलवालले भारत सरकारबाट मोदीको जनकपुर भ्रमण रद्द भएको खबर नआएको बताएका छन् । शुक्रवार जनकपुरमा पत्रकार सम्मेलन गर्दै सचिव सिलवालले मोदीको सम्बोधन बाह्रबिघामा गराउन तयारी सुरु गरिएको जानकारी दिएका छन् । उनले जनकपुरको रंगभूमि मैदानमा जोरसोरले मञ्चको तयारी भईरहेको पनि बताए ।
गृह सचिव सूर्य सिलवालले भारत सरकारबाट मोदीको जनकपुर भ्रमण रद्द भएको खबर नआएको बताउँदै मोदीको सम्बोधन बाह्रबिघामा गराउन तयारी सुरु गरिएको जानकारी दिए । परराष्ट्र मन्त्रालयमार्फत गृहलाई खबर आउनुपर्ने हो, हामीलाई खबर आएको छैनु, गृह सचिव सिलवालले भने, मोदीको भ्रमण ९ गते हुन्छ ।
गृह सचिव सिलवालको साथमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीसमेत जनकपुर पुगेका छन् । स्थानीयको माग अनुसार नै मोदीको सम्बोधन जानकी मन्दिरको प्राङ्गणको सट्टा बाह्रबिघामै गर्ने तयारी भइरहेको बताए ।
मन्त्री बिमलेन्द्र निधीले मोदीको काठमाडौं बाहिर तय भएको सबै भ्रमण रद्द भएको भन्दै बिहीबार विज्ञप्ती जारी गरेपछि विरोधमा विपक्षी २२ दलीय मोर्चाले शुक्रवार विहान जनकपुर बन्द गरेका छन् ।
परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै मन्त्री निधीले मोदीको भ्रमण रद्द भएको विज्ञप्ती जारी गरेका थिए । तर, जिम्मेवारी सरकारी अधिकारीको फरक फरक अभिव्यक्तिले मोदी भ्रमणबारे द्विविधा उत्पन्न गराएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण रद्द गरिएको सुचना पाए पछि प्रधानमन्त्री सुशील कोइरालाले टेलीफोन गरेर भारतीय प्रधानमन्त्री मोदीलाई आफ्नो भ्रमण रद्द नगर्न आग्रह गरेका छन। बिहिवार अबेर राति प्रधानमन्त्री कोइरालाले आफ्ना समकक्षी मोदीलाई टेलीफोन गरि भ्रमण रद्द बारे गरेको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार कोइरालाले मोदीलाई जनकपुर भ्रमण रद्द नगर्न, साथै लुम्बिनी र मुक्तिनाथको पनि भ्रमण कार्यक्रमलाई यथावत राख्न आग्रह गरेका छन । प्रधानमन्त्री कोइरालाले जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमणमा कुनै पनि अड़चन न आउने र सरकारले यस भ्रमणलाई सफल बनाउन बताएको कोइराला निकट स्रोतले जानकारी दिएका छन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागतको जिम्मा पाएका सरकारका वरिष्ठ मंत्री बिमलेन्द्र निधिले त्यहाँको अवस्थालाई सँभाल्न नसकेको भन्दै प्रधानमन्त्री कोईरालाले आफै जनकपुरमा भारतीय प्रधानमन्त्रीको
मोदीको धार्मिक भ्रमण स्थगनबारे भारतीय पक्ष अनभिज्ञ
नेपालका लागि भारतीय राजदूत रणजीत रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौं बाहिरको धार्मिक भ्रमण रद्द भएको बारे दूतावासलाई कुनै जानकारी नरहेको दाबी गरेका छन् ।
उनले यसबारेमा नेपाल सरकारको कुरा जे आएको छ, मलाई आधिकारिक जानकारी छैन,’ रेले भने, ‘हामी छलफलमै छौं, कसरी यस्तो कुरा बाहिर आयो हामी बुझ्दैछौं ।’
भारतीय राजदूतले मोदी भ्रमण स्थगनको सूचना नेपाल सरकारले जसरी बाहिर ल्यायो, त्यसप्रति असन्तुष्टि जनाएको धमलाले बताए ।
भारतीय प्रधानमन्त्री मोदीको भ्रमण रद्द भएको आफूलाई भारतीय दूतावासले जानकारी दिएको भन्दै भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधीले विहीबार विज्ञप्ति जारी गरेका थिए।

No comments:

Post a Comment