Monday, November 17, 2014

मोदी नागरिक सम्बोधन प्रकरण सरकारले जानकी मन्दिरमा ग¥यो भने नागरिक समाज रंगभूमि मैदानमा गर्नेः

कैलास दास
जनकपुर, मंसिर १ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणको तयारी भएपनि उनका स्वागत तथा नागरिक अभिनन्दन कहाँ गरिने विवादमा उल्झेको छ । सरकार पक्षले स्वागत तथा नागरिक अभिनन्दन जानकी मन्दिर परिसरमै गर्ने अडान लिएको छ भने आम नागरिकहरुले बारह विघा मैदानमा हुनुपर्ने जिकिर गरेका छन् ।

जनकपुरमा सोमवार धनुषा जिल्ला प्रमुखको अध्यक्षता तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो । प्रम मोदीको स्वागत तथा नागरिक अभिनन्दन विषयमा भएको वक्ताहरुले नागरिक अभिनन्दन नागरिकले गर्नुपर्ने जिकिर गर्दै रंगभूमि मैदानमा हुनुपर्ने अडान राखेका थिए । अमेरिका, अष्टे«लिया तथा अन्य राष्ट्रहरुमा नागरिक अभिनन्दन  नागरिकले गर्दा मर्यादा विपरित नभएको तर नेपालमा हुँदा कसरी मर्यादा विपरित हुन्छ भन्दै सहभागीहरुले कुनै पनि हालतमा रंगभूमिमैदान हुनुपर्ने जिकिर गरेका थिए । मिथिला कल्चर धोती कुर्तामा पूजापाठ एवं नागरिक अभिनन्दन पत्र मैथिली तथा अँग्रेजीमा हुनुपर्ने माँग गरेका छन् ।
आम जनताले नागरिक स्तरवाट सम्मान हुनुपर्ने कुरा उठाए पनि प्रजिअले मन्त्रीकै अगुवाईमा मूल समिति हुनु पर्ने घोषण प्रजिअले गरेका छन् ।

भौतिकपूर्वाधार तथा यातायातमन्त्रीले भारतीय प्रधानमन्त्रीको जनकपुरमा स्वागत गर्नका लागि नेपाल सरकारले मन्त्री निधिलाई नै जिम्मेवारी दिएकाले उनको अध्यक्षतामा नै मूल समारोह समिति वनाउने घोषणा गरिएको छ ।
सोमवार जनकपुरमा आयोजना गरिएको सर्वपक्षीय वैठकमा सर्वसाधारणहरुले नागरिक अभिनन्दन रहेकोले आम व्यक्तिको अध्यक्षतामा स्वागत समिति गठन हुनु पर्ने आवश्यतामा जोड दिए पनि मन्त्री निधिको अगुवाई गठन गरेपनि नागरिक अभिनन्दन बाह्र विघामा नै हुनु पर्ने माग अघि सारेका छन् ।
सर्वपक्षीय वैठकमा नागरिक अभिनन्दन कार्यक्रम जनकपुरको बाह्र विघामा हुनु पर्ने माग गरेपनि अन्त्यमा वोल्ने प्रजिअले जानकी मंन्दिर परिसरमा नै संवोधन हुने बताएपछि कार्यक्रममा सहभागिहरु स्तव्ध वनेका थिए ।
यस अघि कार्यक्रममा वोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले जनकपुरमा भारतीय प्रधान मन्त्री नेपाल भारतको भिठ्ठामोडबाट महोत्तरीको प्रकौलि स्थित नेपाली सेनाको व्यारेकमा आउने  र त्याहाबाट  नेपाली सेनाको हेलिकप्टरबाट जनकपुरको बाह्र विघामा आएर जानकी मंन्दिरमा विषेश पूजा गर्ने र सोही ठाउँमा नागरिक सम्वोधन हुने जनकारी गराएका थिए ।
मन्त्री निधिले जनकी मंन्दिरमा प्रवेशका लागि विषेश पासको व्यवस्था गर्ने पनि बताउनु भायो । सो कार्यक्रममा सिमित व्यक्तिको सहभागिता हुने पनि सो कार्यक्रममा जानकारी गराईएको थियो । बैठकमा धनुषा महोत्तरी, सर्लाही तथा सिरहाका सभासदहरु पनि सहभागि रहेका थिए ।
यसका साथै जनकपुरका विभिन्न क्षेत्रका प्रबुद्ध नागरिका समाजका अगुवाहरुको पनि सहभागिता रहेको थियो ।
वैठक जिल्ला प्रशासन कार्यालयले अयोजना गरेका थिए । स्वगत समितिमा धनुषा,महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, रौतहट, बारा, पर्षा जिल्लाका सभासद तथा धनुषा महोत्तरीका पूर्व सभासद, पूर्वमन्त्री तथा राजनीतिक दलका नेता, उद्योग वाणज्य संघका अध्यक्ष तथा केही अगुवा संस्थाको प्रतिनिधिमूलक सहभागिता गराउने भएको छ ।

No comments:

Post a Comment