Sunday, January 26, 2014

जनकपुरको दशै मेलाको आकर्षक र युवाहरुको सक्रियता

कैलास दास

भारत महाराष्ट्रको गणेश पूजा, कलकत्ताको काली पूजा र पटनाको दूर्गा पूजा प्रसिद्ध भए जस्तै नेपाल जनकपुरको दशमी मेला प्रसिद्ध छ । घटस्थापन देखि विजया दशमीसम्म लाग्ने गरेको विजया दशमी मेलाले नेपाल तथा भारतीय सीमावर्ती क्षेत्रका जनताहरुलाई उत्साहित एवं श्रद्धाभावप्रति प्रेरणा उत्पन्न गर्दछ ।
जनकपुर अरु बेला ठूलो शहर लागेपनि विजया दशमीभरि धार्मिक सरसजावट तथा भक्तिगानसँगै जनकपुरको प्रत्येक चौक चौराहाहरुमा झिलीमिली विद्युतीय डेकोरेशन बलहरु बाहिरबाट आएका श्रद्धालु एवं स्थानीयवासीहरुको मनमुग्ध पर्दछ । खासगरी राममन्दिरको भित्री चौकमा गंगासागर र धनुषासागरको छेउमा रहेको राजदेवी मन्दिर, अमर खाना, बौधीमाई र देवीका अन्य मन्दिरहरुका साथै स्वर्गद्वार र शिव मन्दिरमा गरिएको विद्युती बल डेकोरेशन विहान र बेलुका पोखरीको शितल पानी को छायाँमा बलहरु अति आकर्षित देखिन्छ ।
सर—सरोवर तथा मठ मन्दिरका इतिहास बोकेका जनकपुरका घटस्थापनदेखि छठ पर्वसम्म रमाइले हुन्छ । दशमी मेलाको थप आकर्षण जनकपुरको दशै बजार (सस्तो बजार) पनि हो । धनुषसागर पोखरीको दक्षिणपट्टी स्थित गोपाल धर्मशालामा विगत ४० वर्ष भन्दा बढि समयदेखि लाग्दै आएको सो बजारमा सामान खरिदका लागि जनकपुर अञ्चल लगायत भारतीय सीमावर्ती क्षेत्रका उपभोक्ताहरु आउने गर्छन । सस्तो एवं गुणस्तरीय समाग्रीको कारण दशै भरि लाग्ने गरेको दशै मिला उपभोक्ताबाट खचाखच भरिएको हुन्छ । यस मेलामा काठमाडांैदेखि विभिन्न जिल्लाका व्यापारीहरु स्टाँल राख्ने गर्छन ।
जनकपुरको दशै मेला हेर्न नेपाल भारत मात्र होइन, अमेरिका, अष्ट्रेलिया तथा अन्य मुलुकका पर्यटकहरु यहाँका धरोहरहरुलाई आफ्नो क्यामरामा उतार्न मन्दिरहरुमा हतारिदै रहेको देखिन्छन् ।
राजा जनकको कुल देवताको रुपमा पूजदै आएका राजदेवी माताको मन्दिरलाई एक महिना अगाबैदेखि स्थानीय महावीर युवा कमिटीका युवाहरु श्रृगारिंनमा व्यक्त रहन्छ भने श्री राम युवा कमिटी गणेश युवा कमिटीका युवाहरु अन्य—अन्य देवी देवताका मन्दिरहरु सजावटमा सक्रिय रुपमा लागेको हुन्छ । राम मन्दिर, राजदेवी मन्दिर, बौधीमाई, फुलेश्वर माई, भैरवबाबा मन्दिर, जनक मन्दिर एवं शिव मन्दिरमा गरिएको सजावटले विजया दशमीमा कृतम स्वर्गको अनुभूति दिन्छ ।
राजदेवी मन्दिरको वरिपरि छैठौं शताब्दीका लोकसंस्कृति झिझिया गायन तथा नृत्य सबैलाई आकर्षित गर्छन । झिझिया नृत्य संसारकै नृत्यभन्दा बेग्लै किसिमको नृत्य रहेछ । यो नृत्य घैटोमा अनगिनित प्वाल पारी घैटोको बीचमा बल्दो दीप (डिविया) राखीे माथिमुनि माटोको कै ढकन राखेर झिझिया नृत्यकी टाउँकोमा राखी बोक्सी (डाइन) लाई गाली दिंदै नृत्य गरिन्छ । जस्तै
‘कोठा के उपरी डैनिया, खिड्की लगैले ना
खिड्की ओतबे डैनिया, गुणबा चलैलेना
आगे किछु होएतो डैनिया, गदहा पर बैठबौ ना
गदहा चढाए डैनिया, नमुआ हँसैबौ ना’
(घरको माथिल्लो तल्लामा बोक्सी झ्याल थुनेर बसेकी छ । सम्भव छ ऊ लुकेर टुनामुना गर्न सक्छे । हेर बोक्सी हो यदि केही भयो भने गदहामा चढाएर घुमाउने छौ र तिमीलाई बेइज्जती गर्नेछौं ।) हुनतः पहिले दशैभरि ग्रामीण क्षेत्रमा यो नृत्य अत्यधिक लोकप्रिय थियो । तर अब झिझिया नृत्य कुनै उत्सवमा मात्र गाइने गरेको छ ।
राजदेवी मन्दिरमा सप्तमी तिथिको राति दुई बजेदेखि अष्टमीको २ बजेसम्म कम्तीमा पाँच लाख भन्दा बढि श्रद्धालुहरु प्रसाद चढाउने गर्छन भन्ने अष्टमी तिथिका दिन कम्तिमा १२—१५ हजारसम्म बोकी हुन्छ । अर्थात् नवरात्री भरि जनकपुरमा अगान्तुकहरुबाट खचाखच भरिएको हुन्छ ।
त्यहाँदेखि मुश्किलले २०० मिटर उत्तर पूर्वमा रहेको जानकी मन्दिरको भित्र र बाहिर शान्त भक्तिगानसँगै मन्दिरमाथि अन्ध्यरोमा बलिरहेको विद्युतीय डेकोरेशन बलहरु हिन्दी सिरियलमा देखाइएको स्वर्गद्वार जस्तै लाग्छन् ।
फेरी जनकपुरको रामानन्द चौकमा स्थानीय रामानन्द युवा क्लवद्वारा आयोजित दूर्गा पूजा प्रत्येक वर्ष भव्य रुपमा गर्ने गरिन्छ । अष्टमी देखि दशमीसम्म विभिन्न किसिमका साँस्कृति नाचगानसँगै भव्य प्रदर्शन पनि गर्ने गर्छ । खासगरी जनकपुरको मुख्य द्वार पिडारी चौक, रामानन्द चौक, विश्वकर्मा चौक, विद्यापति चौक, कदम चौक लगायतका चौकहरुमा युवाहरु सक्रियताले जनकपुरलाई चार चाँदबाट सजाइएको हुन्छ ।
युवाहरुको सक्रियतामा धार्मिक पर्व त्योहारहरुमा जनकपुर आर्टिफिशियल जस्तै लाग्ने गरेको देखिन्छ । अर्थात् भन्नका उद्देश्य रहेछ युवाहरु यसै सक्रियताका साथ विकासको गतिमा निरन्तरता दियो भने पर्व त्योहारमा मात्र होइन सबै दिन जनकपुरमा बाहिरबाट आएका पाहुनाहरुका लागि धार्मिक मेला नै लागेको हुन्छ ।  जनकपुर धार्मिक पर्यटकीय स्थल हो तसर्थ यहाँका सर—सरोवर तथा मठ मन्दिरहरुलाई कृतम सजावटले हुँदैन यसलाई अन्तर्राष्ट्रिय स्तरको सौन्दर्यीकरण गर्नुपर्ने आवश्यकता छ ।
अब जहाँसम्म राजधानीको कुरा हो भने मिथिलाको भावी राजधानी जनकपुर बन्ने छ । यसका लागि यहाँका युवाहरु सक्रिय रुपमा नाला, सडक लगायतका पूर्वाधाराको विकासका कार्य गर्नु पर्दछ । जनकपुर धार्मिक पर्यटकका साथै राजधानीको लागि पनि अपार सम्पादा भएपनि विकासको लागि तत्पता देखाउन मात्र बाकी छ । यहाँ राजधानीका लागि आपर क्षेत्रफल तथा यातायतको सुविधा छ भने पर्यटकहरुका लागि मिथिलाकै कला संस्कृति प्रदर्शन ग¥यो भने पर्यटकहरु यहाँबाट मनमुग्ध भएर जाने छन् । जनकपुरलाई धार्मिक पर्यटक र मिथिलाको राजधानी बनाउनका लागि वातावरण सृजना गर्न यहाँका युवाहरु सक्रिय हुन आवश्यक छ ।

No comments:

Post a Comment