Monday, January 27, 2014

जनकपुरको जानकी र झारखण्डको देवघर

कैलास दास

जनकपुर धार्मिक पर्यटकीय स्थल हो बराबर मैले आफ्नो कलम चलाउँदै आएको छु । एउटा पत्रकारको नाताले स्थानीय पत्रपत्रिकादेखि राष्ट्रिय पत्रिकाहरुमा यहाँका सम्पदाहरुलाई कसरी संरक्षण गर्न सकिन्छ र बढीभन्दा बढी पर्यटकलाई कसरी तान्न सकिन्छ मेरो उद्देश्य हुन्छ । तर मैले जनकपुर बाहेक अन्य कुनै धार्मिक स्थलमा गएका थिएन ।
साउन २१ गते सोमवारको राति ८ बजे तिर फोन आयो । कैलास, तिमी बाबाधाम जान्छौं, साँच्चिकै भन, जान्छौं भने रेलको रिजवेशन अहिले नै हुन्छ । आफ्नो नाम र बुवाको नामसँगै कति वर्षका छौं त्यो पनि लेखाई देऊ । फोन थियो, राष्ट्रिय मिथिला ऋतु साप्ताहिकका सम्पादक एवं आदरणीय उमेश भाई जीको । केही बेला म अलमलाए । बाबाधामका लागि कम्तिमा एक हप्ता त लाग्ला । मैले भने भाई जी, को–को जान्छ र आउने जानमा कति दिन लाग्छ । उहाँले तुरुन्त जवाफ फर्काउनु भयो श्याम जी र म ।  चार दिनभन्दा बढी लाग्दैन । मैले जान्छु, हा.. भन्दै आफ्नो बुवा र आफ्नो उमेर लेखाई दिए ।
बाबाधामका लागि भाद्र ८ गते शनिवार (२३ अगस्त २०१३) को रिजवेशन पक्का भयो । यो मेरो लागि पहिलो धार्मिक स्थल नै मान्नु पर्दछ । हुनतः सानै उमेरमा भारत गुवाहाटीको कालीकमेक्ष्छीयाको दर्शन गरेको छु । तर केही स्मरण छैन । जानुभन्दा एक हप्ता अगाडि जनकपुरको धनुषसागर पोखरीमा बसेर यहाँबाट कसरी जाने र के—के लिनु पर्दछ म र उमेश भाई जी बसेर छलफल गरे । उहाँले पौने बारह बजे यहाँबाट जसरी पनि जयनगरको लागि हिडी सक्नुपर्दछ भन्नुभयो ।
२०७० भाद्र ८ गते शनिवारका दिन ११ः१५ मा मैले श्याम भाईजीलाई फोन गरे । भाई जी तपाई कहाँ हुनुहुन्छ । डेराबाट कतिबजे निस्कनु हुन्छ । उहाँले भन्नुभयो, सावा बारहबजेसम्म घरबाट निस्किन्छु । यहाँबाट निस्किँदा तिमीलाई फोन गरी दिन्छु । तिमी भानु चौकमा बस्नु होला । १२ः१५ बजे श्याम भाईजीको फोन आयो । म सीता चौकमा छु, तिमी भानु चौकमा बस । म पनि झट् कपडा लगाए र एउटा बैंग बोकर भानु चौकमा आए । श्याम भाईजी रिक्सामा आई रहेका थिए । म पनि रिक्सामा बसेर उमेश भाईजी को घर पुगे । उमेश भाई जी रिक्सा हेर्न वितिक्कै भने, गाडी घरसम्म पठाई दिएको छु, रिक्सामा किन आउनु भयो । केही छिन हासिलो कुराकानी भयो र हामी तिनै जना उमेश भाईजीको गाडीमा बसेर जयनगरको लागि प्रस्थान गरे ।
जयनगरबाट भारतीय समय ४ः०५ बजे गंगा एक्सप्रेस रेल रिजवेशन थियो । समय धैरै भएकोले हामी तिनै जना इन्ज्वाई गर्दै थिए । श्याम भाई जीको राजनीतिक कुरामा उमेश भाईजीको टिप्पणी मलाई हसाई रहेका थिए । धार्मिक, राजनीतिक एवं समाजिक कुरा सँगै नेपालको बाटघाटको चर्चा गर्दै हामी जयनगर पुगे । रेल खुल्नमा डेढघण्टा बाँकी थियो । गाडीका चालक अखिलेशले जयनगरमा गाडीका केही पाटपूर्जा लिनुपर्छ भने र सोही क्रममा जयनगर बजार पनि गरे । श्याम भाईजी आफ्नो लागि एउटा गम्छा र गँजी लिए । उमेश भाई जीको सबैभन्दा प्यारो नास्ता मुडही र बदामको घुघनी रहेछ । बाटैमा एउटा घुघनी मुडहीको पसल हेर्न वितिकै उहाँले यसमा नास्ता गर्नुपर्छ भने । हामी तिनै जना नास्ता गरेर रेल्वे स्टेशन पुगे ।  जयनगर रेल्वे २ प्लेट फर्ममा गंगा एक्सप्रेस पहिलादेखि नै लागेको थियो । तीनै जना रेलमा बसे ।
भारतीय समय ४ बजेर १० मिनेटमा जमीन र गाछवृक्षलाई पछाडि छोड्दै रेल तीव्र गतिमा चल्न थाले । पहिला त हामी तीनैजना तलकै सिटमा बसेर हाँसिलो कुराकानी गरे । चारजनाको सीटमध्ये तीनजना हामी र एकजना अपरिचित वृद्ध थिए । मैथिली भाषा र संस्कृतिको कुरा चल्दा हामीसँगै बसेका त्यो वृद्धले पनि जोशिला स्वरमा केही आक्रोश पनि व्यक्त गरे । दुई तीन स्टेशनसम्म तीनचार कप चिया खाए सके । रेलमा श्याम भाईजी झ्याल तिर र म र उमेश भाईजी साइडमा बसेका थिए । उमेश भाई जीको अगाडि अर्को सीटमा एउटी सुन्दर आईमाई बसेकी थिइन । उसको एक्टिभीटी हेरेर भाईजीले त्यो सीटमा मलाई र मेरो सीटमा उहाँ बसेर एकदमै हासिलो कुरा गर्न थाले । राति करीब ९ बजेसम्म हासिलो कुराकानी भई नै रह्यो । फेरी म र उमेश भाईजी माथिल्लो सीटमा श्यामभाईजी बीचको सीटमा सुतिसके ।
केही क्षिणको विश्राम पछि हामी बरौली स्टेशनको नजिक पुगे । रेलमा नै खानाका लागि एकजना आँर्डर लिई रहेका थिए । उमेश भाईजीले तीनैजनाको खानाको अँर्डर दिए । बरौली स्टेशनमा रेल रुक्यो र प्लास्टिकको थालमा भात, दल,सब्जी र दुईवटा सलादसँगै दुईवटा रोटी दिए । हामी तिनैजना आ आफ्नै सीटमा बसेर खाना खाए । बरौली स्टेशनमा करीब १५।२० मिनेटसम्म रेल रुक्यो । खानाखाएपछि स्टेशनमा नै तीनैजना घुमफिर गरे । त्यसपछि आ आफ्नै सीटमा आई बसे । म र श्यामभाईजी निर्भिक भएर सुते तर उमेश भाईजीको आँखामा निन्द्रा थिएन । उहाँले बीचबीचमा सोधपुछ गर्दै थिए । यो कुन स्टेशन हो, अब जडीसी स्टेशनमा आउन कतिसमय लाग्छ । त्यति मात्र होइन, बीचबीचमा हामीलाई पनि जगाउने कार्य गर्दथे । अल्प निन्द्रमा नै हामी जडीसी स्टेशन पुगे । रेलबाट झरेपछि श्यामभाई जी र म रेल्वे बुक स्टाँलमा पुगे ।  श्यामभाईजीको नजर एउटा बुकमा प¥यो । बुकको नाम थियो ‘अष्टाबक्रको महाभारत’ । उहाँले आश्चर्य व्यक्त गर्दै भने, यो किताबलाई म कतिदिनदेखि खोजी रहेको छु भन्दै झट् आफ्नो गोजीबाट पैसा निकालेर बुक स्टाँलवालालाई दिए र किताब आफ्नो बैंगमा राखे ।
प्लेट फर्मको पूर्व र दक्षिणतिर हामी तिनैजना आए, जहाँ टेक्सी र टेम्बुहरु लागेका थिए । तीनैजना टेम्पोमा चढेर देवघरका लागि प्रस्थान गरे । जडीसी जक्शन र देवको दूरी १० किलोमिटर होला । राति १२ बजेर १९ मिनेट भएको थियो । उमेश भाईजीले टेम्पो चालकसँग सोधे रातिको किराया र दिनको किराया बेग्ला बेग्लै छ कि एउटै । टेम्पो चालकले भने होइन जति हामी दिनमा लिन्छौं उतिकै रातिमा पनि । यहाँ त्यस्तो छैन दाजु । त्यसो भए पुलिस समाति हाल्छ । यहाँ कुनै किसिमको गडबडी हुँदैन । तीनजनामा हामी ३० रुपैया टेम्पो चालकलाई  दिए । एउटा लाँज तिर बढे ।
उमेश भाईजी पहिलादेखि नै लाँज पनि बुक गराई सकेका थिए । जुन हामीलाई थाहा थिएन । राति करीब साढे १२ बजे एउटा लाँजको नजिक पुगे । गुप्ता लाँज । लोहाको ग्रील लागेका थिए र भित्र एउटा व्यक्ति सुतेका थिए । उमेश भाईजी त्यो सुतेको व्यक्तिलाई उठाए र फोन पनि गरे । उमेश भाईजीले म नेपालबाट आएको छु । हिजै नै लाँज बुक गराई सकेको भन्दै त्यो व्यक्तिलाई उठाए । हा...हा... गर्दै त्यो व्यक्ति उठे र साँचो खोज्दै भने, एकछिन रुकनुस् सर, साँचो लिएर आउँदैछु । त्यो व्यक्तिले साँचो र एउटा रजिष्टर लिएर कोठा नं. १७ मा हामीलाई लिएर आए । रजिष्टरमा नाम, पता र ठेगाना दर्ता गरी फेरी उनी आफ्नो कोठामा गई हाले ।
श्याम भाईजीको रजनीगन्धा र तुलसी खाने बानीसँँगै सुत्ने बेलाम मुख सफा गरी सुत्ने बाणी पनि छ । उहाँले हातमुख साफ गरी तीनैजना बेडमा गएर केही बेर हासिलो कुराकानी भई नै रह्यो । उमेश भाईजीको त कुरै छाडौ त्यति रातिमा पनि बाबाको गुणगान गर्न छाडेका थिए । उहाँले जनकपुरको वातावरण र देवघरको वातारणमा पनि केही बेरसम्म निक्कै तर्कविर्तक गरे । जनकपुरमा आपर सम्पदा भएपनि वातावरण र शिष्टता जुन देवघरमा देखियो त्यो साँचिकै जनकपुरमा त्यसको अभाव देखिन्छ ।
आईतवार विहान फ्रेस भएर हामी तिनैजना कोठाबाट तल झड्दा लाँजका मनेजर काउण्टर अगाडि उभेका थिए । उमेश भाईजीलाई हेर्न वितिक्कै हात जोडेर विनम्र स्वरमा भने सर, कुनै कठाई भएको त छैन । कस्तो रहयो तपाईको यात्रा । सबै सन्चै त छ नि ! कुनै कठिनाई भयो भने हामीलाई स्मरण गर्नु होला । उमेश भाईजीले पनि विनम्र स्वरमा नै भने, सबै सन्चै छ । मेनेजरको त्यो व्यवहार हेरेर म र श्याम भाईजी छक्क परे । एउटा अतिथिसँगको व्यवहार यस्तै हुनुपर्छ । त्यो लाँजमा बस्दासम्म उहाँका स्टाफदेखि लिएर मेनेजरसम्मको व्यवहार हामी तिनैजनालाई प्रभावित गरे । बिजली जाँदा उमेश भाई जी झट् फोन गर्दथे र उनी जेनेरेटर स्टाट गरी दिन्थे । त्यतिकै मात्र होइन लाँज भित्र चियाको सुविधा नभएपनि लाँजका स्टापले बाहिरबाट चिया ल्याई दिन्थे ।
आईतवार विहान ८ बजे स्नान गरेर नयाँ बस्त्र लगाएर हामी तिनैजना देवघरका लागि प्रस्थान गरे । देवघर पुग्नुभन्दा अगाडि नै उमेश भाईजीले एउटा पण्डालाई फोन गरे । पण्डाजीले म मन्दिर भित्र छु तपाई आउनुस् भने । हामी तिनैजना पण्डाजीले भनेको ठाउँमा पुगे । उनी भेटेपछि उमेश भाई जी र पण्डासँग नमस्कारपाति भयो । त्यसपछि बेलपत्र, गंगा जल पण्डाजीले किनाई दिए र मन्त्रउचारण गरी भने..........बाबाको दर्शन लाइनमा लागेर गर्नु हुन्छ वा टिकट कटाई दिउ । होइन, धर्म गर्न आएको छु, लाईन लागेर नै बाबाको दर्शन गर्छु श्याम भाईजीले भने । पण्डाजीले पनि बिना जिक्र गरेर भने ठिक छ, दुई घण्टा जति लाग्ला दर्शन गरेपछि मलाई फोन गर्नु होला ।
बाबाको दर्शनका लागि लाइन लाग्न जाँदा जति लाईन पछाडि छोड्दै जान्थे त्यतिकै भक्तजनहरुको लाइन अगाडि बढी नै रहेको थियो । करीब २ किलोमिटरको दूरीमा हामीलाईमा लागे । घाम पनि कडा नै थियो । देवघरका लागि मेरो पहिलो दर्शन भएकोले यति ठूलो लाइन हेरेर आश्चर्य हुन्थ्यो । कम्तिमा चारबजेभन्दा कम समयमा दर्शन हुँदैन जस्तो मलाई अनुभव हुन्थ्यो । तर लाइनमा बस्दा मलाई सबैभन्दा आश्चर्य के लाग्यो भने कुन महिला, कुन पुरुष र कुन समुदायको हो कसैको केही मतलव छैन । सबै एउटै बम हो । बम भाईजी, बम बहिनी, बम माताको नाउँले एक अर्कालाई सम्बोधन गर्दथे । त्यहाँका प्रहरीहरु पनि तपाईहरु धर्म गर्न आउनु भएको छ । तपाई कसरी फलित हुनुहुन्छ त्यही अनुसार धर्म गर्नु बमभाई, बम बहिनी र बम माता जी भन्दै थिए । लाइनभरि बस्दा कोही पनि ठूलो र सानो अनुभव भई रहेका थिए । बाबाको दरबारमा सबै एक समाना देखिन्थ्यो । बीच बीचमा बाबाको जयजयकार अलिकति पनि थकान महसुस भई रहेका थिएन । करीब अढाई घण्टा पश्चात् बाबाको दर्शन भयो ।
बिलकुलै शान्त वातावरण, धर्ममय स्थल रहेछ देवघर । त्यो भन्दा पनि आश्चर्यको कुरो छ त्यहाँका एउटा होटलमा पनि मांस मछरी मात्र होइन, खानामा प्याज र लहसुन पनि देखिएन । विशुद्ध शाकाहारी भोजन पाउँथे देवघरमा । भनिन्छ भोजनको प्रभाव पर्छ मानिसहरुमा त्यही कारण हो कि त्यहाँका मानिसहरुमा सेवा र आदर देखिन्थ्यो । भक्ति र श्रद्धा देखिन्थो । त्यहाँका वातावरण हेरेर मलाई जनकपुर स्मरण भयो । चार धाम मध्ये जनकपुर पनि एउटा धाम रहेछ । तर यहाँ र जनकपुरको वातावरणमा आकाश पतालको अन्तर रहेछ । यहाँ प्रत्येक होटलमा मांस मच्छरी र मदिरा सजिलैसँग पाउन सकिन्छ । यहाँका मानिसहरु तामसी अत्यधिक देखिन्छ । सरसफाई र श्रद्धा र भक्तिको तुलनामा पनि देवघर अगाडि छ ।
भक्तिमा शक्ति हुन्छ देवघरको दर्शनपछि स्पष्ट देखियो । मलाई लाग्छ त्यहाँ साउन र भदौमा पेडाको बिक्री एकदिनमा ५० लाख भन्दा कम नहोला । यसबाट स्पष्ट हुन्छ महिनामा करोडौंको कारोवार हुन्छ देवघरमा । एक दिनमा पाँच लाख श्रद्धालुहरु त्यहाँ पुग्ने गर्छन । तर जनकपुरमा भगवती सीताको जन्म र पुरुषोत्तम भगवान रामको ससुराली, ऋषिमुनिको तपोभूमि भएपनि त्यहाँका अनुपातमा कति कम रहेछ सहजै अनुमान लगाउन सकिन्छ ।
हामी तिनैजना बाबाको दर्शन पश्चात् कृष्ण मन्दिरमा कृष्ण भगवानको दर्शन गरे । त्यहाँ लस्सी पनि खाए र फेरी घुमफिर गर्दै लाँजमा आए । करीब तीन घण्टाको थकाईका कारणले सो दिन हामी एकै चोटी साँझ ६ बजे खाना खानका लागि निष्के । झिसी पानी परिरहेका थिए । लाँजबाट सिधै हामी बाबाको मन्दिर पुगे र आरतीमा सहभागी भए । त्यसपछि केही समानहरु किने र भोजन गरी लाँजमा फर्के ।
रेलको टिकट सोमवार राति ११ बजेको थियो । समय धेरै भएकोले सोमवार विहान ८बजे हामीहरु एउटा टेम्पो गरे र त्यहाँबाट नन्दी पहाड गए । पहाड हेर्न वितिकै म छक्क परे । सानो आकारको पहाड भएपनि पहाडको आफ्नो केही विशेषता नभएपनि शिवको महिमालाई दर्शएको थियो । पहाडको दर्शन शुल्क ५ रुपैया तिरी सबैभन्दा पहिला हामीले शिवको सबैभन्दा नजिक बस्ने नन्दीको ठूलो आकारको मूर्तिको दर्शन मात्र होइन तीनैजनाले पालोपालो फोटो पनि खिचाए । केही डेग अगाडि जाँदा शिव तपस्यामा लिन, बानर, भूतनाथ, सुन्दरी, सर्प अर्थात शिवको महिमामा जति देखाएको छ त्यो सबैको तस्वीर नन्दी पहाडमा मैले हेरे । पहाडको दक्षिणतिर शिव महिमा संस्कृति देखाएको थियो भने उत्तरतर्फ सुरक्षा कैम्प रहेका थिए ।
नन्दी पहाड देखेपछि जनकपुरको स्मरण नहुनु कुरै छैन । जहाँ ५२ कुट्टी ७२ कुण्ड रहेछ । मन्दिरै मन्दिरले भरिएको छ । भगवती सीताको जन्म, राजा जनकको राजदरबार, भगवान रामको ससुराली जस्ता सम्पदाहरु भएपनि पर्यटका लागि केही दार्शनिक छैन । कम्तीमा नन्दी पहाड जस्तै यहाँका एउटा स्थलमै यिनीहरुको दर्शाउने काज भयो भने जनकपुर देवघरभन्दा ठूलै साँस्कृति एवं धार्मिक स्थल हुन्थ्यो जस्तो मलाई लाग्छ । तर, देवघरको दर्शनपछि जनकपुरमा त्यो भन्दा ठूलो आधार भएपनि राज्यको उदासिनताले देवघरभन्दा कतिगुणा सानो स्थल जनकपुर रहेको छ हामीहरु आफै अनुमान लगाउन सकिन्छ ।
त्यहाँका दर्शनपश्चात हामी तिनैजना जनकपुरको स्थलका बारेमा चर्चा गर्दै कतिबेल सुतिसके थाहा भएन । निन्द्रा खुलेपछि साँझ ४ बजिसकेको थियो । फेरी हामीहरुले बाबाको आरती एवं डोलको दर्शन गरे । केही क्षिण घुमफिर गरे । एक तर्फ देवघरको विकास र अर्को तर्फ जानकपुरको दूरदशाका बारेमा चर्चा गर्दै हामीहरु राति ९ बजे लँज छाडि दिए । लाँजबाट निस्केपछि केही दूरीमा जाँदा पानी पर्न थाले । वर्षा कम हुन्छ सोचर एउटा पसल अगाडि केही बेला रुके । तर वर्षा कम नभएपछि तीनैजना भिज्दै एउटा टेम्पोमा बसेर जडीसी जक्शनमा आए । जक्शनमा करीक २ घण्टासम्म बसे । ११ बजे गंगा एक्सप्रेस आयो र हामी तीनैजना त्यसमा सवार भई जयनगरका लागि हिडी सके ।

No comments:

Post a Comment